esewa

बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड


Thursday, 13 Jun, 2019 3:34 PM
३० जेठ, बेइजिङ । मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।  सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । 

गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झुले त्यहाँ रहेका व्यक्ति माथि आक्रमण गरेका थिए । निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालत झुलाई मृत्यु दण्डको सजाय दिइएको समाचारमा जनाइएको छ ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रदेश ३ : मन्त्रीमुखी बजेट ल्याएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार 

कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगको छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

११ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति 

संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन : मन्त्री पण्डित

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा

अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्रीले चीन भ्रमण गर्दै

११ असार, बेइजिङ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छन् । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको  छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए । चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा

भारत: मध्यरातमा २ कार ठोक्किँएर थिन्दा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

११ असार, पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर थिच्दा फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ। फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्। मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

१० असार, सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top