चोर र लुटेरालाई संरक्षण दिंदै चितवन प्रहरी


Friday, 25 Mar, 2016 12:04 PM
१२, चैत चितवन ।
चितवनमा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिएका चितवन प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवर आफ्नै दुई बद्नाम घुमुवा प्रहरीका कारण संकटमा पर्न लागेका छन् । कुँवरले विश्वास गरेका घुमुवा प्रहरीहरु असई सिकेन्दर शाह र जवान सुरेन्द्र कार्कीको चोर र लुटेरासँगको रहस्यमय सम्बन्ध बाहिर आएको छ । प्रहरीले नै मादक पदार्थ सेवन गरेर होहल्ला गर्दा कारबाही गरी चर्चा बटुलेका एसपी कुँवर आफूले विश्वास गरेका दुई बद्नाम घुमुवाबारे किन जानकार छैनन् रु चितवनका सर्वसाधरण नागरिकहरु प्रश्न गर्छन् । प्रसंग हो, बाइक चोर र लुटेराको प्रहरीसँगको सम्बन्धको कुरा ।

असई शाह र जवान कार्कीले ना२७प ८८९ नम्बरको २२० सीसीको निलो पल्सर एक लुटेराबाट खोसी प्रहरी कार्यालयलाई जानकारी नै नदिई अवैध असुलीमा प्रयोग गर्दै आइरहेका छन् । स्रोतका अनुसार भरतपुरको आषिश गेष्ट हाउसका अषिश श्रेष्ठबाट उक्त चोरीको मोटरसाइकल बरामद गरी शाह र कार्कीले २५ हजार असुलेर उनलाई छाडेका थिए । उक्त मोटरसाइकल चोरीको रहेको पुष्टि भइसक्दा समेत घुमुवाद्धयले ६ महिनादेखि आफू खुसी प्रयोग गरी प्रहरीमा जानकारी नै दिएका छैनन् । त्यसो त यसअघि पनि उनीहरुले चोरीको बोलेरो गाडी प्रयोग गर्दै आइरहेका थिए । 



चितवनमा खुङखार लुटेराका रुपमा परिचित आरमन अलिमिया नाम गरेका व्यक्तिबाट शाह र कार्कीले ल्यापटप, मोवाइल तथा अन्य इलेक्ट्रोनिक्स सामान हात पारी उन्मुक्ति दिएको घटनाले थप चर्चा पाएको छ । केही दिन अघि यो समाचार सार्वजनिक भएपछि आफूहरु फस्ने डरले घुमुवाद्धयले अलिमियालाई प्रहरीमा झिकाएका थिए भने उक्त बाइक पनि प्रहरीमा दाखिला गरिएको छ । यसरी समाचार सार्वजनिक भएपछि घुमुवाद्धयले प्रहरी कार्यालयमा उक्त बाइक दाखिला गरेर आफूलाई पानी माथिको ओभानो देखाउन खोजेका छन् । यो कुरालाई मध्यक्षेत्रका डिआईजी पशुपति उपाध्यायले कसरी लिन्छन् त्यो भने पर्खाइको विषय बनेको छ । चितवनमा वर्षौंदेखि बसेर लुट धन्दा मच्चाउँदै आएका शाह र कार्कीको विषयमा एसपी जानकार नहुनु आफैमा रहस्यमय हो । 

अझ चाख लाग्दो कुरा त के छ भने वडा प्रहरी कार्यालय नारायणगढमा रहेका घुमुवा सिपाहीहरु प्रविन तिवारी र सुमन थनेतलाई पोल खुल्ने डरले उनीहरुका विरुद्ध एसपी कुँवरसामु कुरा लगाएर नारायणगढबाट हटाउन शाह र कार्की सफल भएका छन् । शुरुमा तिवारी र थनेतले लुटेरा अलिमियाबाट रकम असुल्दै आएकोमा शाह र कार्कीले आफू मातहतमा अलिमियालाई ल्याएर पैसा असुल्दै आएको प्रहरीमा चर्चा छ । 

तर, लुटेरा अलिमियाले बाहिरी व्यक्तिहरुलाई प्रहरीलाई नै ल्यापटप र मोवाइल दिएर आफूले काम गर्न छुट पाएको बताउन थालेपछि यो कुरा बाहिर आएको हो । असई शाह र कार्कीले पदम तामाङ भन्ने हवल्दारमार्फत लुटेरा अलिमियाबाट मासिक रकम असुल्दै आइरहेका छन् । अलिमिया यसअघि पनि लुटपाट अभियोगमा प्रहरीमा पटक–पटक पक्राउ परी छुटेका व्यक्ति हुन् । यसअघि मध्यक्षेत्रले सर्लाहीमा असई शाह र रौतहटमा जवान कार्कीको सरुवा गरिसक्दा समेत शक्तिकेन्द्रबाट दबाब दिन लगाई उनीहरुले चितवनमा थमौती पाउ“दै आएका छन् । कार्की हेटौडामा रह“दा गा“जा तस्करस“ग मिलेर तस्करी गर्दागर्दै प्रहरीले नै चलाएको गोली लागि जोगिएका थिए । तर, उनलाई गत वर्ष प्रहरीले पुरस्कार दिएर दुनिया हसाउने काम गरेको थियो । एउटा राम्रो काम गरेर हल्ला गर्ने र भित्रभित्रै असुली धन्दा चलाउने यस्ता बद्नाम घुमुवा बारे मध्य क्षेत्रका डिआईजी पशुपति उपाध्याय सामु कुरा पुगिसक्दा समेत उनीहरु कारबाहीमा पर्न सकेका छैनन् । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीलाई हटाउने तयारी

१५ फागुन, काठमाडौँ ।
नेकपाका स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ‍ओलीले  बुधबार बसेको सचिवालय बैठकको निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने गृहकार्य भएको छ ।

संकटमा प्रधानमन्त्री, निर्णय उल्टाए गम्भिर अवस्था आउने चेतावनी

१५ फागुन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीले भने मेराविरुद्ध खेल भए, मुकाबिला गर्न तयार छु

१४ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको बताएका छन् । बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली षड्‌यन्त्रपूर्वक चालिएका खेलहरूको  मुकाबिला गर्न आफू तयार रहेको बताए । 

अन्तर्राष्ट्रिय

इटालीमा कोरोना २५ प्रतिशतले वृद्धि, बहराइनमा पनि संक्रमण

१५ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वभर देखिन थालेको छ ।  कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण भेटिएको छ। कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ ।

दिल्ली हिंसामा ज्यान गुमाउने २० पुगे, मुख्यमन्त्री केजरीवालद्वारा सेना परिचालनको माग

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। 
 

दिल्ली तनाव साप्रदायिक हिंसामा परिणत, १३ को मृत्यु, १ सय ५० बढी घाइते

१४ फागुन, काठमाडौँ ।
भारतको राजधानी दिल्लीमा जारी नागरिकता कानूनविरुद्ध चर्किएको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भएको छ । भारत सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोध र समर्थन गर्नेहरुबीच उत्पन्न तनाव, हिन्दु र मुस्लिम समुदायबीच को हिंसामा बदलिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top