siddhartha

चुनावको ‘थ्रेट’ विप्लव समूह : सरकार अन्योलमा


Wednesday, 15 Nov, 2017 7:24 AM
२९ कात्तिक ,काठमाडौँ ।  सरकारले प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाको मुख्य चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपालाई ठहर गरे पनि कारबाहीका स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेका छन्। स्थानीय तहको चुनावमा पक्राउ गरिएका तीन सय बढी विप्लवका कार्यकतालाई प्रहरीले राजनीतिक दबाबमा ‘निसर्त’ छाड्नु परेपछि अहिले कुन मोडलमा जाने भन्ने विषयमा प्रहरी नेतृत्व रुमल्लिएको छ।

स्थानीय तहकै निर्वाचनलाई आधार मानेर केही काँटछाँट गरेर बनाइएको ‘एकीकृत सुरक्षा रणनीति’ अनुसार प्रहरी परिचालन भए पनि विप्लवका पछिल्ला गतिविधिका कारण प्रहरी परिचालनमा व्यापकता दिनुपर्ने निष्कर्षमा प्रहरी मुख्यालय पुगेको छ। चुनावी सुरक्षाको मुख्य चुनौतीबारे सात वटै प्रदेश प्रहरी कार्यालयबाट प्रहरी मुख्यालयमा बुझाइएका प्रतिवेदन र विप्लवको फेरिएको कार्यशैलीले प्रहरीले आफ्नो रणनीति परिवर्तन गरेको हो। स्थानीय तहको चुनावमा स्वेच्छाले धरपकड दिएका विप्लवका कार्यकता अहिले भूमिगत जस्तै छन्।

विप्लव माओवादीले स्थानीय तहमा आफ्नो वर्चस्व नदेखिएपछि हाल हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा चुनावमा भौतिक कारबाहीसम्म योजना बनाएको रिपोर्ट प्रहरीको विशेष इन्टेलिजेन्स ब्युरोले पाएको छ। विप्लवले माओवादी केन्द्र र एमालेलाई केही नगर्ने तर कांग्रेस र राप्रपाविरुद्ध कारबाही गर्ने एजेन्डा पारित गराए पनि ठिक उल्टो गतिविधि गरेपछि प्रहरीको इन्टेलिजेन्स नीति फेरिएको छ।

विप्लवका कार्यकर्ताले माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट गराउँदै आएको छ। मंगलबार भने कांग्रेसका उम्मेदवारलाई समेत लक्षित गरी बम विष्फोट गराएको छ। घटनाको जिम्मेवारी कसैले नलिए पनि विप्लवका कार्यकर्ताले नै गराएको प्रहरी दाबी छ। विशेषगरी रोल्पा, रुकुम, जाजरकोट, सल्यान, सुदूरपश्चिमका कैलाली र कञ्चनपुर, पूर्वको भोजपुर, इटहरी, धरान, संखुवासभामा विप्लवका कार्यकताको पहुँच रहेको प्रहरीको गोप्य रिपोर्टमा उल्लेख छ। यी जिल्लामा जिल्ला प्रहरी कार्यालय र केन्द्रबाट खटिएका इन्टेलिजेन्सले अहिले विप्लवका कार्यकताको खोजी गरिरहेको छ।
चुनावी विराेधी घटनाहरू
– कात्तिक २४ मा जनार्दन शर्मालाई लक्षित गरी बम विष्फोट।
– कात्तिक २५ र २६ मा रोल्पामा वर्षमान पुनमाथि पुनलाई लक्षित गरी गोली र बम प्रहार।
– कात्तिक २८ मा संखुवासभामा बाम गठबन्धनका नेतालाई लक्षित गरी बम प्रहार।
– कात्तिक २८ मा म्याग्दीमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम प्रहार।
– कात्तिक २८ गते पूर्वमन्त्री एवं एमाले नेता शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार
प्रहरीको गोप्य रिर्पोटमा कपन, बौद्ध, बालाजुको फुटुङ, थानकोट, बलम्बु र नाङ्लेभारेमा विप्लव कार्यकताको केही जमात रहेको उल्लेख छ। अहिले विप्लवले आफ्ना कार्यकर्तालाई सकभर ‘पक्राउ नपर्नू’ भन्दै प्रशिक्षण दिँदै आएको प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खुलेको छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट चोइटिएर छुट्टै संगठन खोलेका विप्लवले अहिले प्रहरी प्रतिवेदनको ठिक उल्टो माओवादी केन्द्र र एमालेका उम्मेदवारमाथि भौतिक आक्रमणका प्रसास गर्दै आएका छन्।
शृंखलाबद्ध आक्रमणमा उत्रिएपछि प्रहरीले विप्लवका कार्यकर्ताले यति धेरै हतियार कहाँबाट नेपाल भित्र्याए भन्ने विषयमा समेत निगरानी बढाएको छ। उच्च स्रोतका अनुसार प्रहरीको इन्टेलिजेन्स ब्युरोले प्रहरी मुख्यालयमा बुझाएको प्रतिवेदनमा विप्लवका कार्यकर्ताले नेपालगन्ज नाकाबाट हतियार भित्र्याइरहेका छन्। छिमेकी मुलुक भारतको सीमा नाकाबाट धमाधम जिलेटिन र डेटोनेटर नेपाल भित्र्याउँदै विप्लवका कार्यकर्ताले आफ्नो वर्चस्व भएका जिल्लामा लुकाएर बम बनाउँदै पड्काउँदै आएको प्रतिवेदन प्रहरीले बनाएको छ। तर प्रतिवेदन आए पनि बम बनाउने कच्चा पदार्थ कुन बेला भित्र्याउँदै आएका छन् भन्नेबारे जानकार नभएपछि पक्राउ गर्न प्रहरी असफल बनेको छ।
विप्लवको कार्यविधि मान्छे मार्ने नरहे पनि तर्साएर चुनाव बिथोल्नेसम्म रहेको बुझाइ प्रहरीको छ। प्रहरीको गोप्य प्रतिवेदनअनुसार विप्लवका कार्यकर्ताले यसपटक सबै बुथमा नभएर केही विकट पहाडी जिल्लाका निर्वाचन बुथमा बम विष्फोट गराउने योजना बनाएका छन्। ‘उनीहरू यतिसम्म पुगिसके कि केही बुथमा रिमोटबाट समेत बम पड्काएर चुनाव बिथोल्ने योजनामा छन्’, एक उच्च प्रहरी अधिकृतले अन्नपूर्णसँग भने, ‘वार–पारको परिस्थितिमा पुगे भने सरकारले पनि कडै कदम चाल्नुपर्ने अवस्था आउन सक्छ।
प्रहरी चुप लागेर बस्ने अवस्था आउँदैन।’ सरकारले शान्तिप्रक्रियाको कुरा उठाएर विप्लवप्रति कडा कारबाही नगर्ने नीति अबलम्बन गरेकै कारण प्रहरी हच्किनुपरेको ती अधिकृतको दाबी छ। नेपालगन्जमा मंगलबारदेखि प्रदेश ५ र ६ को सुरक्षा गोष्ठी चलिरहेको छ। प्रदेश ६ का प्रायः जिल्ला विप्लव माओवादीको पकड मानिन्छन्।
उक्त बैठकमा प्रहरी महानिरीक्षक अर्याललाई विप्लवप्रति कस्तो कारबाही चलाउने विषयमा एकिन नीति बनाउन गृहमन्त्री समेत रहेका देउवासमक्ष सुझाउने तयारी छ। प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले निर्वाचन विथोल्ने तत्वले हदै सम्मका उपाय अपनाउने आंकलन प्रहरीले गरेको बताए। ‘अहिले जुन प्रकारका घटना गराइएको छ।
जहाँ प्रहरीको पहुँच ज्यादै न्युन छ। पहाडमा आफ्नो उपस्थिति देखाउन बम पड्काइएका छन्, ‘उनले भने, ‘प्रहरीका युनिट नै नभएको स्थान रोजेर गराइएका घटनालाई लिएर अहिले प्रहरीले केही गरेन भन्न त मिल्दैन तर प्रहरीले निगरानी गर्ने र पक्राउ गर्ने काम गरिहरको छ।’
उनले प्रहरीले सबै किसिमका उपाय अपनाएर चुनाव विथोल्ने तत्वमाथि धरपकड र कारबाही गरेको दाबी गरे। उनले कसैलाई सुरक्षा थ्रेट भएको महशुस भए जिल्ला सुरक्षा समितिमा जानकारी गराएपछि सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने जानकारी दिए। प्रहरी उच्च स्रोतका अनुसार अहिले पनि माओवादी र एमालेका अधिकांश उम्मेदवारले पहिला दिएको सुरक्षाकर्मी भन्दा थप गरिदिनु भन्दै गृह मन्त्रालयलाई दबाब दिएका छन्। अन्नपुर्णपोष्टमा खबर छ ।


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top