syangyong

​चुनाव महंगो हँदै गएपछि निर्वाचन खर्च कम गराउने प्रयासमा उम्मेद्धारहरु


Sunday, 12 Nov, 2017 11:25 AM
हुमाकान्त पोखरेल । 
२६ कार्तिक गुल्मी । चुनाव खर्चिलो बन्दै गएपछि गुल्मीका उम्मेदवारले निर्वाचनको प्रचार शैली फेर्न थालेका छन् । बामगठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार दिनेश पन्थीसंग प्रचारप्रसारमा दैनिक बढीमा ४ जना कार्यकर्ता हिड्छन् । उनी कार्यकर्तासँग एउटै जिपमा बस्छन् र दैनिक सँगै भेटघाटमा निस्कन्छन् । किसानको खेतबारीमै मत माग्दै पुग्छन् । जसले गर्दा उनलाई मतदातासँगको निकटता समेत बढाएको छ । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार छन्दबहादुर पहराईले पनि त्यस्तै शैली अपनाएका छन् । पहिलो चरणको घरदैलो अभियान सकेर दोस्रो चरणको भेटघाटलाई निरन्तरता दिएको उनको भनाई छ ।

सोही क्षेत्रबाटै प्रतिनिधि सभाका गठबन्धनका उम्मेदवार गोकर्ण विष्टको प्रचारशैली अझै  फरक छ । उनी जिप तथा गाडीमा कम र पैदल बढी हिंड्ने गरेका विष्ट धान, कोदो काट्दै गरेका मतदातासंग बारीमै पुगेर भोटमाग्ने गरेका छन् । ‘पहिला जस्तो ठुलो भिड लिएर हिंड्दा मतदाता भेट्नै मुस्किल प¥यो,’ उनले भने, ‘धेरै मतदातालाई चुनाव भन्दा कामको चटारो छ । त्यसले पनि पैदलै हिंडेर मतदाता जहाँ छन्, त्यहाँ पुगेर भोट माग्नुको विकल्प छैन,  जसले गर्दा खर्च पनि निकै कम गराएको छ ।’ उनले भने । ४३ वडा मध्ये आधा भन्दा बढी वडामा उनी पैदलै हिँडेर पुगिसकेका छन् ।

क्षेत्र नं. १ मा पनि कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले पनि ठुला सभा कतै आयोजना गरेका छैनन् । उनले आप्mनो क्षेत्रका ५० वडा मध्ये केहि वडाको घरदैलो र भेटघाट सकिसकेका छन् । उनले पनि अहिले धेरै कार्यकर्ता परिचालन गरेका छैनन् । ‘म एउटा जिपमा मात्र हिंडेको छु,’ उनले भने, ‘कामको चटारोले मतदाता भेट्न खेतबारीमै पुग्नुपर्छ ।’ त्यसले गर्दा पनि धेरै पैदल थोरै जिपको यात्रा भएको र कार्यकर्ता कम परिचालन हुँदा खर्चमा पनि मितब्ययीता भएको भण्डारीको भनाई छ । 

उनका प्रतिस्पर्धी एमाले सचिव प्रदिप ज्ञवालीको निर्वाचन प्रचारशैली झनै भुमिगत शैलीको बनेको छ । प्रदेश सभाका गठबन्धनबाट माओवादी केन्द्रका उम्मेवार सुदर्शन बरालसंगै हिंडेका ज्ञवाली मतदाताको घरमा पुगेर मकैभट्ट खाँदै घरघरमै पुगेका छन् । सभामा मतदाता आउनै नखोज्ने र भाषण सुन्ने नखोज्ने मनोविज्ञान रहेकाले घरदैलो नै प्रभावकारी हुने देखेर सम्भव भएका स्थानसम्म घरदैलो र भेटघाटमै रहेको उनले बताए । 
उनले भने –‘मतदाता भाषण सुन्ने मुडमै छैनन्,’ उनले भने, ‘ठुला सभा गरेर आप्mना प्रतिबद्धता सुनाउन नपाएपनि मतदातासंगको निकटतामा जोड दिएको छु ।’ आप्mना योजना र प्रतिबद्धता छुट्टै प्रकाशन गरेर मतदाताको हातमा पु¥याउने उनले बताए ।

स्थानीय तहको निर्वाचनमा टोपी, टिसर्ट देखि झण्डाले रंगिएका गाउँ शहरका घर समेत यस पटक चुनावको रौनकता आए जस्ता देखिन्नन् । कार्यकर्ता पनि सामान्य झण्डामा चुनाव प्रचारमा खटिएका छन् । उम्मेदवारले धेरै प्रचारसामाग्री प्रयोग नगर्ने र ठुला सभा र गित घन्काउने कुनै कार्यक्रम नगर्दा चुनाव आए जस्तो नै नभएको माओवादी केन्द्रका चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका कार्यकर्ता कृष्णबहादुर थापाले बताए 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​चिकित्सा शिक्षा विधेयकमा राय लिइँदै

३ भदौ, काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले उक्त विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारभएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिएका

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top