siddhartha

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरियाको जीट्रान्स बीच रेमिट्यान्स सम्झौता


Friday, 10 Nov, 2017 1:31 PM
२४ कात्तिक, काठमाडौ । जापानको  प्रतिष्ठित  रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस  मनी  ट्रान्सफर जापान र  कोरियन  कम्पनीको  संयुक्त लगानीमा  स्थापित  कम्पनी   जीमनी ट्रान्सले यही  नोभेम्बर  ११,  २०१७  गते  शनिबार  देखि  आफ्नो  सेवा  शुरु गर्ने भएको छ । दक्षिण कोरिया सरकारले  जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुलाएको थियो । थुप्रै कम्पनीहरुले आवेदन दिएकोमा  रेमिट्यान्स सेवा सञ्चालनको  अनुमति  प्राप्त  गर्ने  केही  सिमित  कम्पनी  मध्ये   जीमनी ट्रान्स  एक  हो ।
 
हाल कम्पनीको आन्सान शाखाबाट जीट्रान्सले सेवा सञ्चालन गर्ने लागेको भएता पनि केशी दिनमा नै मोबाइल एपबाट पनि सेवा सुरु गर्ने भएको छ । अहिलेको समयमा विधमान रेमिटयान्स कम्पनीबाट अनलाइन सेवा लिनको लागि सेवाग्राहलिे कम्तीमा पनि एक पटक शाखामा जानु पर्ने झनझटिलो प्रक्रियालाई सहज बनाउने अभिप्रायका जीट्रान्सले आफ्नो मोबाइल एप पूणै अनालाइन बनाउन लागेको हो । यो एप सुरु भएपछि सेवाग्राही स्वयमले घरमै बसेर नामभ दर्ता गर्न सक्नेछन् 
 
कोरियाबाट पठाएको १०मिनेट मै नेपालमा रहेका आफन्तजनहरुले  नेपाल  अधिराज्यभरका  सिटी एक्सप्रेस मनी ट्रान्सफरका ५००० भन्दा धेरै भुक्तानी केन्द्रहरु बाट पैसा पाउन सक्नेछन् । साथै नेपालमा कुनै पनि बैंक खातामा पनि सजिलै रकम जम्मा गर्न मिल्नेछ । जीट्रान्सको सेवा उपयोग गर्दा तोकिएको रकम पठाउने न्यूनतम शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन । सरल , सुरक्षित , छिटो ,छरितो र सहज सेवाका साथ सञ्चालनमा आउन लागेको जिमनीको सेवा शुरु भैसकेपछि कोरिया र नेपालमा रेमिट्यान्सको नयाँ आयाम थपिनुका साथै हुण्डी कारोवार पनि उल्लेखित मात्रामा घट्ने अपेक्षा गरिएको छ।
सिटी  एक्सप्रेस  मनी  ट्रान्सफरले अमेरिका, जापान, यूएई ,भारत, साउदी अरब, कतार, मलेसिया, बेलायत लगायत नेपालीहरु कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । 



Ruslan

paicho

bussewa

राजनीति

​काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

९ फागुन, काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

संघीय संसदका सांसदको सपथग्रहण फागुन २० गते

९ फागुन, काठमाडौं । संघीय संसदका सांसदहरुको सपथग्रहण फागुन २० गते हुनेभएको छ । संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी फागुन २० गते अपरान्ह ४ बजे संघीय संसदको प्रतिनिधिसभा बैठक कक्षमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने जनाएको छ । संघीय संसदमा प्रतिनिधिसभाका

मन्त्रालय भागवण्डा गर्न ओली प्रचण्ड छलफलमा

९ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठकलाई पूर्णता दिन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रस्ताविन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय समेत रहेका ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाँडको

अन्तर्राष्ट्रिय

​रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यानमारमा द्विपक्षीय बैठक

९ फागुन, एजेन्सी । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् । 

सिरियामा हवाई हमला, बालबालिकासहित ७७ जनाको मृत्यु

८ फागुन, काठमाडौं । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ ।  ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । 

अमेरिकी राष्ट्रपति बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा

८ फागुन,वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाएका छन् । नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उनले समर्थन गरेका हुन् । ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत 

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top