esewa
kantipur mall

चीन स्थापना दिवस : कम्युनिस्ट पार्टीले कसरी देशमा शासन गर्छ


Wednesday, 2 Oct, 2019 9:38 AM
१५ असोज, काठमाडौं । अक्टोबर १, १९४९ देखि चीनमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) को एकछत्र राज चल्दै आएको छ।
अध्यक्ष माओको बेलादेखि नै कम्युनिस्ट पार्टीले नेतृत्व गर्दै चीनलाई आजको आर्थिक महाशक्ति बनाइदिएको हो । तर त्यसक्रममा त्यो दलले कुनै विपक्षीलाई सहेको छैन र विद्रोहलाई दबाउँदै आएको छ ।

जनवादी गणतन्त्र चीनले भर्खरै आफ्नो स्थापनाको ७० औँ वार्षिकोत्सव मनाएको छ  देशको प्रहरीदेखि सेनासम्म जोडेर पूरै देश कम्युनिस्ट पार्टीको पूर्ण नियन्त्रणमा छ ।नौ करोड सदस्य रहेको कम्युनिस्ट पार्टीलाई तल फराकिलो र माथि साँघुरो हुँदै जाने पिरामिड शैलीमा सङ्गठित गरिएको छ । सबैभन्दा माथि पार्टीको पोलिटब्यूरो छ र शीर्षस्थ स्थानमा चाहिँ राष्ट्रपति सी रहेका छन् ।

न्याश्नल पीपल्स कङ्ग्रेस नाम गरेको संसद् पनि छ तर त्यसले पार्टीको नेतृत्वले गरेको निर्णयलाई सदर गर्ने काम मात्र गर्छ । कम्युनिस्ट पार्टीले सञ्चारमाध्यम र इन्टरनेटमाथि कडा नियन्त्रण कायम गर्छ । त्यसबाट विद्रोहलाई मत्थर पार्न सहयोग पुगेको छ ।

चीनलाई माया गर्छु भन्नु नै चिनियाँ कम्युनिस्ट पार्टीलाई माया गर्नु हो । त्यस क्रममा बहुलवादी र प्रजातान्त्रिक ढाँचाका शासन पद्धतिलाई अस्वीकार गर्दै राष्ट्रिय एकता र आर्थिक वृद्धिमा विशेष जोड दिइएको छ । चीन वास्तवमा एकदलीय सरकार भएको राष्ट्र हो । कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकालाई संविधानमा समेटिएको छ।

देशमा कयौँ साना दलहरू रहेका छन् तर तिनले कम्युनिस्टहरूलाई समर्थन गर्नैपर्छ । चीनका निर्माता माओको नेतृत्वमा कम्युनिस्ट पार्टीले देशमा कडा अधिनायकवादी समाजवाद लागु गर्यो । तथापि ’ग्रेट लीप फोर्वर्ड’ अर्थात् अग्रगामी छलाङ भनिने कार्यक्रम, भोकमरी र सांस्कृतिक क्रान्तिका कारण देशभरि दशौँ लाख मानिसको ज्यान गयो ।

सन् १९७६मा माओको निधन भएपछि देङ स्यायोपिङले सुधारको काम थाले र त्यसपछि देशले बिस्तारै मन्दीको अवस्थाबाट मुक्ति पाउन थाल्यो ।

सन् २०१२ मा सत्ता सम्हालेका वर्तमान राष्ट्रपति सी जिन्पिङले चीनलाई विश्व शक्ति बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । करिब सात प्रतिशत जनसङ्ख्या कम्युनिस्ट पार्टीका सदस्य रहेका छन् । राजनीति, व्यापार वा मनोरञ्जन क्षेत्र नै किन नहोस् ( आफ्नो पेसामा अघि बढ्नका लागि पार्टीको बफादार सदस्य हुनु अनिवार्य हुन्छ ।

अभिनेत्री फ्यान बिङ्बिङलाई सार्वजनिक रूपमा क्षमा माग्न बाध्य बनाइएको थियो । त्यो चीनको प्रसिद्ध ई–कमर्श कम्पनी अलिबाबाका ज्याक मा, टेलिकम ह्वावेईका संस्थापक रेन झेङ्ग्फेई वा ख्यातिप्राप्त चलचित्र नायिका फ्यान बिङ्बिङको हकमा पनि लागु हुन्छ ।

यदि पार्टीको सिद्धान्तविपरीत हिँडेको पाइएमा उनीहरूले सार्वजनिक रूपमा क्षमायाचना गर्नु पर्छ वा गोप्य रूपमा बन्दी अवस्थामा रहने गरी मुद्दा खेप्नुपर्छ । गत वर्ष नायिका फ्यानले त्यस्तै गर्नुर्पयो ।

स्थानीय तहदेखि नै पार्टीका सङ्गठनहरूले माथिल्ला निकायको चयन गर्छन् । न्याश्नल पार्टी कङ्ग्रेसले केन्द्रीय समितिको चयन गर्छ जसले पोलिटब्यूरो गठन गर्छ । यी चुनावहरूबारे पहिले नै निर्णय गरिएको हुन्छ । तर वास्तविक शक्ति चाहिँ पोलिटब्यूरोसँग हुन्छ ।

शीर्षस्थ स्थानमा राष्ट्रपति सी छन् । सन् २०१७ मा पार्टीले उनलाई आजीवन राष्ट्रपति बन्नका लागि बाटो खोलिदियो । कम्युनिस्ट पार्टीले उनको नाम र विचारधारालाई देशको संविधानमै समेट्नका लागि मत दियो जसले उनलाई संस्थापक नेता माओ जेदोङको हैसियतमा पुर्याइदियो । 

कम्युनिस्ट पार्टीले देशको सरकार, प्रहरी र सेना सबैलाई नियन्त्रणमा राख्छ । शीर्ष स्थानमा रहेको पोलिटब्यूरोले पार्टीको विचारधारालाई सम्मान गरिएको छ कि छैन भनेर सुनिश्चित गर्छ । त्यसका अतिरिक्त उसले अन्य तीन अङ्गलाई पनि नियन्त्रणमा राख्छ । 

स्टेट काउन्सिल (राज्य परिषद्)

सेन्ट्रल मिलिटरी कमिशन (केन्द्रीय सैन्य आयोग)

न्याश्नल पीपल्स कङ्ग्रेस अथवा संसद्

स्टेट काउन्सिल भनेको सरकार हो जसको नेतृत्व अहिले प्रधानमन्त्री ली कचियाङले गरिरहेका छन् । उनी राष्ट्रपतिभन्दा कनिष्ठ हुन् ।
यसको काम दलको नीतिलाई देशभरि फैलाउनु र राष्ट्रिय आर्थिक योजना तथा राज्यको बजेटको व्यवस्थापन गर्नु हो ।

सेना र पार्टीबीचको सम्बन्ध दोस्रो विश्वयुद्ध र त्यसपछिको गृहयुद्धको समयदेखि सुरु भएको हो । उनीहरूबीचको नजिकको नातालाई केन्द्रीय सैन्य परिषद्ले संस्थागत रूप दिएको छ । त्यसले देशको सैन्य फौजको नेतृत्व गर्छ ।

यसले देशको परमाणुअस्त्र भण्डार र देशको २० लाखभन्दा बढी सैनिकको नियन्त्रण गर्छ। चीनको सेना विश्वकै सबैभन्दा ठूलो हो ।
चिनियाँ कम्युनिस्ट पार्टीले विद्रोह सहनै सक्दैन । वास्तविक रूपमै विपक्षी दललाई अनुमति दिइन्न र सरकारका आलोचकले मुद्दा खेप्ने जोखिम हुन्छ ।

सरकारी अधिकारी वा निकायविरुद्ध बोल्ने व्यक्तिहरूमाथि दमन हुने क्रम रोकिएको छैन र वर्तमान राष्ट्रपति सीको कार्यकालमा मानवाधिकारमाथि नियन्त्रण गर्ने क्रम पनि तीव्र भएको छ । 

त्यस्ता कारबाहीले उच्चपदस्थ व्यक्तिहरूलाई पनि छोडेको छैन । एउटा देखावटी अदालती सुनुवाइका क्रममा सन् २०१३ मा क्षेत्रीय पार्टी प्रमुख रहेका बो सीलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको मुद्दामा दोषी ठहर गरियो र उनलाई आजीवन कारावासको सजाय दिइयो ।

मानवाधिकारको सम्मान गरिरहेको बताउने गरेको चीनले विद्रोहलाई दमन गरेरै करोडौँ मानिसलाई गरिबीको रेखाबाट माथि उठाउन सफल भएकोमा गर्व गर्छ । ऊ त्यो सफलतालाई व्यक्तिगत स्वतन्त्रताभन्दा ठूलो मान्छ ।

चीनमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यम र इन्टरनेटको प्रयोग नियन्त्रित छ । चीनको ‘ग्रेट फाइअरवाल’ भनिने इन्टरनेट सेन्सर वा नियन्त्रण गर्ने प्रणालीले पश्चिमा देशका समाचारका वेबसाइटहरूका साथै गुगल, फेसबुक, युट्युब र ट्विटरलाई रोकिदिन्छ ।

दैनिक जीवन डिजिटल बनिरहेको छ जसले गर्दा कम्युनिस्ट पार्टीलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी मानिसहरूको निगरानी गर्न र विभिन्न कार्यक्रम सञ्चालन गर्न पनि सहज भएको छ ।

मिडियामाथिको पूर्ण नियन्त्रणका कारण पार्टीलाई सार्वजनिक विचार आफूअनुकूल निर्माण गर्न र नियन्त्रण लागु गर्न पनि सजिलो भएको छ ।


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top