siddhartha
summy

​रामशरणलाई कार्यकर्ताको प्रश्न, कांग्रेसको झोला कहिलेसम्म बोक्ने ?


Tuesday, 10 Jan, 2017 9:24 AM

• पहिलाद राना

२६ पुस, महेन्द्रनगर । सोमबार दिउँसो नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालय महेन्द्रनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतसहितको एक टोली पुग्यो । 

दिउँसो १२ बजे नै महत आउने कार्यक्रम रहेको भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी लगायत विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा उनको प्रतिक्षामा थिए । झण्डै २ बजेपछि मात्रै महत महेन्द्रनगरस्थित पार्टी कार्यालय पुगेका थिए । 



पटक पटक अर्थमन्त्री हुँदा समेत महिला, बालबालिका, बृद्ध, ज्येष्ठ नागरिकको हितमा काम गर्न नसकेको भन्दै रुष्ट भएका अधिकांश कार्यकर्ताहरुले उनको कामबारे टिकाटिप्पणी गरिरहेका थिए ।
 
स्वागत तथा पत्रकार सम्मेलनमा कांग्रेस कञ्चनपुरका कार्यकर्ताहरुले महतसामु गुनासाका पोका पन्तुरा खोले । पुरुष कार्यकर्ताहरुले कृषि, बृद्धभत्ता, कर्मचारीको तलब लगायत यावत विषयमा गुनासो पोखे । कांग्रेस कार्यकर्ताकै रुपमा जीवन व्यतित् गरेका बृद्ध कार्यकर्ताले पार्टीले आफूहरुको कदरसमेत नगरेको गुनासो पोखे । 


महिला कार्यकर्ताहरुको गुनासो भने अलि पृथक थियो । उनीहरुको भनाइ थियो कांग्रेसले झोला बोकाउने बाहेक अन्य कुनै जिम्मेवारी नदिएको उनीहरुको गुनासो थियो । गाउँ र वडा तहका समितिमा समेत आफूहरुले तल्लो तहमै बस्नु परिरहेको उनीहरुले गुनासो गरे । पार्टीको आन्तरिक प्रतिस्पर्धामा महिलाहरुले झोला बोक्ने मात्रै जिम्मेवारी पाएको उनीहरुको भनाइ थियो । 

नेपाली कांग्रेस कञ्चनपुरकी महिला नेत्री निलम जोशीले महिलालाई झोला बोकाउने बाहेक कुनै पनि अवसर नदिएको गुनासो पोखिन् । ‘नेता ज्यू कञ्चनपुरका महिला कांग्रेसका नेतृपनि समक्ष छन्, तर पनि किन हामीलाई अबसरबाट बञ्चित गराउनुभयो,’ उनले भनिन् ‘हामीले तपाईका झोला कहिलेसम्म बोल्ने ।’ लगातार दुई पटकको संविधान सभा निर्वाचन २०६४ र २०७० मा प्रत्यक्ष तथा अप्रत्यक्षबाट कञ्चनपुरका कुनै पनि महिलाहरुलाई टिकट नदिएको उनको गुनासो थियो । 

नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारतीले पनि कांग्रेसले महिला सशक्तिकरणको क्षेत्रमा केही गर्न नसकेको गुनासो गरिन् । आगामी निर्वाचनमा महिलाहरुलाई विषेश प्राथमिकता दिनुपर्ने उनको माग छ । 

कांग्रेस निकट नेपाल दलित संघ कञ्चनपुरका अध्यक्ष रमेश दयालले वर्तमान मन्त्रीपरिषद्मा कांग्रेसबाट कुनै पनि दलित नेतालाई मन्त्री नबनाएकोप्रति गुनासो गरे । 



ruslann

jagadamba srawan 18

paicho

bussewa

राजनीति

संविधान संशोधन फेल हुने लगभग निश्चित्, पार्टी फुटको बदला लिन राप्रपाले विपक्षमा मतदान गर्ने

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै संशोधन प्रस्ताव फेल हुने लगभग निश्चित् भएको छ । यसअघि संशोधन विधेयकमा नैतिक सहमति जनाइसकेको राप्रपा अहिले आएर पछि हटेको हो ।राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान

रामचन्द्र झा पुन: माओवादी केन्द्रमा

४ भदौ, काठमाडौं । नयाँ शक्ति नेपाल परित्याग गरेका रामचन्द्र झा र रामकुमार शर्मा पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजधानीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झा र शर्मालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका छन् ।

जम्बो बन्दै मन्त्रीपरिषद : माओवादीबाट ८ जना राज्यमन्त्रीको नाम सिफारिस, आजै सपथ लिँदै

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले १० राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री बनाउने भएको छ भने रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्रीमा सिफारिस गरेको छ । यस्तै सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङलाई सहरी

अन्तर्राष्ट्रिय

​अमेरिका चीनबीच बौद्धिक सम्पत्ति विवाद

३ भदौ, एजेन्सी । अमेरिकाले चीन विरुद्ध बौद्धिक चोरी गरेको आरोपमाथि औपचारिक अनुसन्धान शुरु गरेको छ। राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही समयपछि ट्रम्प प्रशासनले चिनियाँ व्यापार प्रचलनमाथि गरेको यो पहिलो प्रत्यक्ष कारवाही हो । वाशिङटनले बेइजिङलाई बृहत् चिनियाँ बजारमा व्यापार गर्न पाउनुको मूल्यमा प्राविधिक सूचना उपलब्ध गराउन अमेरिकीहरुलाई बाध्य पार्ने गरेको आरोप लगाउँछ ।

​सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षा गरौँः महासचिव गुटेर्रेस

३ भदौ, काठमाडौ ।  संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन् । उनले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो भएको बताएका छन् ।  

​अमेरिकी राष्ट्रपतिद्वारा रणनीतिक सल्लाहकार टिमका प्रमुख बर्खास्त

भदौ ३, वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेननलाई बर्खास्त गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेननलाई राष्ट्रपतिले बर्खास्त गरेको पुष्टि गरेकी छन् ।बेनन शुक्रबार अन्तिम पटक कार्यालय गएका थिए । 

विचार / ब्लग

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।

मनकामनाका होटल कविहरू : खानाभन्दा कविता मिठो !

शुक्रबार नै काठमाडौंबाट गएर कुरिनटारमा बसियो । सपरिवार थियौं, पाँच जना । यो अघिल्लो शुक्रबार (साउन ७ गते)को प्रसंग हो । छोरी जन्मिँदा, अन्तिम क्षणमा मनकामना माईलाई स्मरण गरेकी थिएँ । त्यसैले, मेरै जोडमा यो यात्रा भएको थियो । र मेरा लागि यो नै मनकामनाको पहिलो यात्रा थियो । शनिबार बिहान झिसमिसेमै उठेर नुहाइधुवाई गरियो । कुरिनटारमै पूजाका सरदम तयार पारियो । मुखमा पानीसमेत हालिएको थिएन । अनि, केबलकारको पहिलो लटमै मनकामना मन्दिरका लागि हाम्रो यात्रा सुरु भयो ।

समृद्ध लुम्बिनीका लागि समृद्ध बुद्ध सर्किट

नेपाल भ्रमणमा आएकी फ्रेन्च महिला पर्यटक मोनिक्यू बुद्धजन्मभूमि लुम्बिनी पुगेपछि नेपाली टुर गाईडसँग भनेकी थिइन, ‘तिमीहरु त हरेक दिन लक्की रहेछौं ।’ स्तन क्यान्सरबाट पीडित ती पर्यटक कमजोर स्वास्थ्य अवस्थाका बावजुद पनि नेपाल भ्रमणमा आएकी थिइन । उनको चाहना मृत्यु अघि शान्ति भूमिमा पुग्नु थियो । ट्रेकिङका लागि सातपटक नेपाल आइसकेकी ति पर्यटकको आठौं पटकको चाहना लुम्बिनी भ्रमण रहेको थियो ।
Top