कोरोनाको त्रासमा पनि रोकिएन विवाह, भिडियो कलबाट लगनगाँठो कसियो


Wednesday, 25 Mar, 2020 1:44 PM
१२ चैत, काठमाडौं । कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि अहिले विश्‍वभर २ अर्ब जनसंख्या घरभित्रै बन्धक बनेको छ। भारतमा सबैभन्दा धेरै मानिस घरमा थुनिएका छन्।  प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मात्रै २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। यस्तोमा भारतमा एक अर्ब ३० करोड जनसंख्या घरमै बन्दी बनेको छ। कोरोना भाइरसबाट जोगिन भारतका विभिन्न राज्यमा लकडाउन चलिरहेकै बेला सोमवार बिहारको पटनामा एक अनौठो बिहे भएको छ।  

बिहारको गाजियाबादस्थित साहिबाबादमा बेहुला बसेका थिए भने पटनाको समनपुरमा बेहुली बसेकी थिइन्। दुवैबीच मुस्लिम परम्परा अनुसार अनलाइनबाटै विवाह भएको हो।  बिहारमा कोरोना भाइरसको संक्रमण फैलिएर एकजनाको मृत्यु भएपछि राज्य सरकारले लकडाउन घोषणा गरेको थियो। मंगलबारदेखि भने प्रधानमन्त्री मोदीले देश नै लकडाउनमा लागेका छन्।  

लकडाउन पहिले नै दुई पक्षबीच बिहेको छिनोफानो गरेर सोमबारको लगन जुराइएको थियो। यस्तोमा कोरोना भाइरस बाधक बनेपछि दुवै परिवारको सहमतिमा ठूलो स्क्रिनको डिस्प्लेमा भिडियो कलमार्फत अनलाइन विवाह गराइएको हो।  राजधानीको समनपुरास्थित सादिया नसरीनको घरमा ठूलो स्क्रिन लगाइएको थियो। उता गाजियाबादमा बेहुलको घरमा पनि अनलाइन स्क्रीन राखिएको थियो। दुवै पक्षका नातेदारबीच काजीले बिहेको रीत पुरा गरिदिए। बेहुलीले भिडियो कलमै ‘कबुल छ, कबुल छ, कबुल छ’ भनेपछि दुवै परिवारमा खुसीयाली छायो।  त्यसपछि दुवै परिवारले बधाई छ, बधाई छ भनेर अनलाइनबाटै खुसी साटासाट गर्न लागे। 

लक डाउन सकिएपछि दुवै परिवारले भेट गर्ने वाचा गरे तर बिहारमा मात्रै रहेको लक डाउन अब भारतभर नै २१ दिन थपिएको छ। समाचार अनुसार दुवै पक्षबीच बिहेको छिनोफानो यसअघि नै भइसकेको थियो। २३ मार्चमा दुवैको बिहे हारूण नगरको कम्युनिटी हलमा हुने तय भएको थियो। तर कोरोना संक्रमण र लकडाउनका कारण बाधा उत्पन्न भएको थियो। त्यसपछि दुवै परिवार भिडियो कलबाटै बिहेको टुंगोमा पुगेका थिए। दुवैपक्षको सहमतिमै प्रविधिको सहरामा बिहेको टुंगो गरिएको थियो। 

पटनामा स्क्रीनसामू बेहुलीको पोशाकमा सजिएर  सादिया नसरीन बसिन् भने साहिबाबादमा बेहुलाको पोशाकमा दानिश रजा बसे। दुवै परिवारका मानिस अनलाइनमा आएपछि काजी र नातेदारबीच बिहे गरिएको हो। 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top