cg electronics
nlic

​ट्रम्पले गराएको निर्णय अदालतले उल्ट्याइदियो, ८ लाख आप्रवासी युवा देश निकाला हुनबाट जोगिए


Wednesday, 10 Jan, 2018 12:18 PM
२६ पुस, काठमाडौं । युवा आप्रवासीहरुलाई देशनिकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना तत्कालका लागि विफल भएको छ । आप्रवासी युवा जोगाउने एउटा कार्यक्रम अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई संघीय अदालतले अस्थायी रुपमा उल्टाइदिएको हो ।

क्यालिफोर्निया र अन्यवादीहरुले डीएसीए कार्यक्रम अन्त्य गर्नबाट राष्ट्रपति ट्रम्पलाई रोक्न अनुरोध गर्दै हालेको रिट निवेदनमाथि न्यायाधीश विलियम एल्सुपले यस्तो आदेश दिएका हुन् ।

डीएसीएको पक्षमा रहेका वकिलहरुले अदालतले कदम नचालेमा युवा आप्रवासीहरु गम्भीर र अपूरणीय हानीको शिकार हुन सक्ने सम्भावनालाई प्रष्टरुपमा व्यक्त गरेको एल्सुपले बताएका छन् ।

डीएसीएले बालबालिकाका रुपमा अवैध तरिकाले अमेरिका ल्याइएका वा परिवारसँग आएर भिसा अवधिभन्दा बढि बसेका ८ लाख युवालाई संरक्षण गरेको थियो । यो कार्यक्रमले हजारौं कलेज पढ्ने विद्यार्थीलाई समेत समेटेको थियो ।

अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सले पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर २०१२ मा यो कार्यक्रम लागू गरेको भन्दै यसलाई ‘फेज आउट’ गर्ने घोषणा सेप्टेम्बरमा गरेका थिए । यो घोषणालगत्तै राष्ट्रव्यापी रुपमा मुद्दाको ओइरो लागेको थियो ।

एल्सुपले उत्तरी क्यालिफोर्नियामा दायर भएका पाँचवटा भिन्दाभिन्दै मुद्दामाथि निर्णय लिएका हुन्, जसमध्ये एउटा राज्यले र अर्को यूनिभर्सिटी अफ क्यालिफोर्निया स्कुल सिस्टमको बोर्डले दायर गरेका थिए ।

एल्सुपले कार्यक्रम अन्त्य गर्नुअघि ट्रम्प प्रशासनले वृहद पुनरावलोकन गरेको थियो कि थिएन भन्ने प्रश्न पनि गरेका छन् ।

न्याय मन्त्रालयका वकिल ब्राड रोजेनबर्गले डीएसीए अन्त्य गर्दाको प्रभावमाथि प्रशासनले अध्ययन गरेको र यसलाई तत्कालै खारेज गर्नुको साटो चरणबद्ध रुपमा ‘फेज आउट’ गर्ने निर्णय लिएको बताएका छन् ।

डीएसीए प्राप्त गर्नेहरुले उनीहरुको दुई वर्षे अवधिको बाँकी समय अमेरिकामा बस्न अनुमति पाउनेछन् । ६ महिनाभित्र स्ट्याटस अन्त्य हुन लागेकाहरुले पनि अर्को दुई वर्षे अवधिका लागि आवेदन दिन एक महिना समय पाउनेछन् ।

अदालती दस्तावेजमा न्याय मन्त्रालयले भनेको छ, अदालतको आदेशद्वारा डीएसीए हठात अन्त्य हुन सक्ने सम्भावना औंल्याएका थिए, जुन तर्कलाई एल्सुपले खण्डन गरेका छन् ।

यूनिभर्सिटी अफ क्यालिफोर्निया बोर्डका एक वकिल जेफरी डेभिड्सनले डीएसीएको आधारमा धेरैले लोन लिएको, विद्यालय भर्ना भएको र बिहे गरेर परिवार सुरु गर्ने निर्णयसमेत लिएको भन्दै कार्यक्रम खारेज हुँदा उनीहरु संकटमा पर्ने औंल्याए । ‘सरकारले कार्यक्रम खारेज गर्ने निर्णय लिँदा यी कुराहरु विचारै गरेन,’ अदालती सुनवाईमा उनले भने ।

 


Ruslan

sponserworldcup

राजनीति

​ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल

११ असार, काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले 

​स्थानीय तहको काममा, छायाँ सरकारको अनुगमन

१० असार, रुकुम । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् ।बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो । विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताएका 

​प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

१० असार, पोखरा । प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो । पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा

अन्तर्राष्ट्रिय

राष्ट्रपति लक्षित विस्फोटपछि जिम्बाब्वे स्तब्ध, बलाबाल बँचे एमरसन मनाङगाग्वा

जिम्बाव्वेमा राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको एउटा विस्फोटले पूरै देशलाई स्तब्ध बनाएको छ। विस्फोटमा कुनै चोट नलागेका राष्ट्रपति मनाङगाग्वालाई त्यसलाई आफ्नो ज्यान लिने प्रयासका रूपमा चित्रण गरेका छन्। उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। बुलावायोमा चुनावी र्‍याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन्। 

न्यूजिल्याण्की प्रधानमन्त्रीलाई पुत्रीलाभ, ६ दिन लिइन् सुत्केरी बिदा

केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, (वी वान् ) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी 

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top