syangyong
nlic

स्वास्थ्यलाई निकै उपयोगी दही : जान्नुस् आखिर दही बनाउन कसले सुरू गर्यो ?


Thursday, 25 Jan, 2018 4:39 PM
दही तपाई हामी सबैले निरन्तर खाएकै कुरा हो । दहीका धेरै फाइदा छन् भन्ने कुरामा पनि कसैलाई शंका छैन । संसारका धेरै मानिसहरु दही सेवन गर्छन् । तर यहि दही संसारमा सबैभन्दा पहिले कसले बनाएको होला भन्ने कुरा हामी धेरैलाई थाहा नहुन सक्छ ।  

सबैभन्दा ठुलो प्रश्न : दही कसले बनायो ?

एशियाली देशको कुरा गर्ने हो भने हामी धेरै पहिलेदेखि नै दही जमाउँदै र खाँदै आएका छौँ भन्ने कुराको पुष्टि हुन्छ । कष्ण भगवान समेत नौनी चोर वा दही चोरको नामले प्रख्यात थिए । तर पश्चिमी देशहरुमा दहीको सुरुवात कहाँबाट अनी कसरी भयो यसमा विवाद छ । 

दही जमाउने सुरुवात 
युरोपमा एउटा यस्तो देश छ जसको बारेमा भनिन्छ दहि पुर्वि युरोपिय देश बुल्गारियाको देन हो । दहीको इतिहास त्यति नै पुरानो छ जती पुरानो स्वयं बुल्गारिया देशको इतिहास छ । यहाँ दहीलाई कैयौँ रुपमा खाइन्छ । यहाँको खाना दही बिना अधुरो छ । 
धेरै बुल्गारियाका मानिसहरुले चार हजार बर्ष पहिले घुमक्कड जातका मानिसले दही जमाउने तरिकाको खोज गरेको दाबी गर्छन् । यी जातका मानिसहरु आफ्नो बच्चाहरुको साथमा एक ठाँउबाट अर्को ठाँउमा घुमिरहन्थे । 

यस्तो अवस्थामा दुधलाई बचाएर राख्ने कुनै उपाय उनीहरुसँग थिएन । त्यसैले उनीहरुले दुधलाई जमाएर प्रयोग गर्न सुरु गरे । यसको लागी उनीहरु जनावरको छालाको प्रयोग गर्थे । दुधलाई एक निश्चित तापक्रममा राखिन्थ्यो । ताकि त्यसलाई जमाउने जीवाणु पैदा होस् । लगभग यसै प्रक्रियालाई अपनाएर संसारका अन्य देशमा पनि दही जमाउने सिलसिला सुरु भयो । 

दहीको ब्याक्टेरियाको खोज
दही बनाउने काम मध्य एशिया र मध्य पुर्वमा भिन्ना भिन्नै समयमा सुरू भएको थियो । यूरोपको बाल्कान प्रायद्धिप स्थित बुल्गारियामा दहीको प्रयोगको सिलसिला शताब्दी देखि चल्दै आएको छ । त्यहाँ दही जमाउनको लागि चाहिने ब्याक्टेरीयाको प्रजाति नै पाइन्छ । साथै त्यहाँको वतावरण पनि दही जमाउनको लागि निकै प्रतिकुल पनि छ ।

जसले जे सुकै भनेता पनि पश्चिमा देशहरुमा दहीको सुरुवात गरेर दहीलाई व्यापारीकरण गर्ने राष्ट्र भने बुल्गारिया नै हो । बुल्गारियाका एक वैज्ञानिक स्टामेन ग्रीगोरोवले नै सर्वप्रथम दही जमाउने तरिकाको बारेमा रिसर्च गरेका थिए । साथै बुल्गारियामा यिनै वैज्ञानिकको नाममा ट्रन क्षेत्रमा एउटा म्यूजियम नै बनाइएको छ । स्विजरल्याण्डको जेनेवा विश्वविद्यालयमा पढेका ग्रीगोरोवले आफ्नो गाउँबाट दहीको ठेकी लगेर रिर्सच सुरु गरेपछि मात्र दही जमाउनको लागि ब्याक्टेरीयाको आवश्यकता हुने कुरा फेला परेको थियो । जुन ब्याक्टेरीयालाई ल्इाक्टोबेसिलस बुल्गारिस नाम दिइएको थियो ।

लोमो आयुको रहस्य
ग्रिगोरोवको रिसर्चलाई आधार मानेर रुसका नोबेल पुरस्कार विजेता बायोलोजिस्ट एली मेचनिकफले बुल्गारियाको किसानहरुको लामो आयुको रहस्य दही धेरै खानु रहेको तथ्य फेला पारेका थिए । बुल्गारियाको रोडोप पर्वतमा बसोवास गर्दै आएका प्राय सबै मानिसहरुको उमेर सय बर्ष भन्दा धेरै थियो । विश्वभरीमा नै सय बर्ष नागेका मानिसहरुको अत्याधिक संख्या त्यहाँ नै रहेको छ । 
दही खानाले आयु लम्बिने सुचना पाए पछि बुल्गारियाको दहीको माग फ्रान्स, जर्मर्नी, स्विट्जरल्याण्ड, स्पेन र ब्रिटेनमा अचानक निकै बढेको थियो

। जसको फल स्वरुप यी देशहरुमा दहीलाई खानामा अनिवार्य जस्तो नै गरिन थाल्यो ।
खास गरेर बुल्गारियामा दही घर–घरमा नै तयार गर्ने गरिन्छ । बुल्गारियामा ‘रुकाटक’ भनिने माटोको भाँडामा दही जमाउने गरिन्छ । त्यहाँका महिलाहरुले आफ्नै परम्परागत शैलीमा दही जमाउने गरेता पनि धेरै माग हुने गरेकाले त्यसको शैलीमा परिवर्तन आएको छ । साथै बनाउने तरिकामा आएको परिर्वतनका कारणले गर्दा बुल्गारियाको दहीको स्वादमा पनि परिवर्तन आएको छ ।

बुल्गारियाको दहीको बढ्दो मागका कारणले गर्दा आज हरेक प्रकारका बट्टाहरुमा दही प्याक गर्ने गरिन्छ । त्यहाँका मानिसहरुले मौसम अनुसार दुध जमाएर दही बनाउने गर्दछन् । कहिले भेडाको दुधबाट दही बनाइन्थ्यो त कहिले गाईको त कहिले भैंसीको दुधलाई जमाएर दही बनाइन्थ्यो । तर आज दहीको एक मात्र विकल्प भनेको भैंसीको दुध मात्र हो । 

परम्परागत दही बनाउने काम
१९४९ सम्म बुल्गारियाको प्राय सबै घरहरुमा दही बनाउने काम गरिन्थ्यो । तर जब त्यहाँको दहीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गयो तब त्यहाँको सरकारले डेरी उद्योगलाई राष्ट्रियकरण नै गरेको थियो । बुल्गारियाको सरकारले विश्वले आफुलाई सोवियत संघको सहयोगी राष्ट्रको रुपमा नभएर त्यहाँको परम्परागत तरिका बाट बनाइने दहीको नामले चिनियोस भन्ने चहान्थ्यो । त्यसैले गर्दा त्यहाँ विभिन्न क्षेत्रका घर–घरमा गएर दहीको नमूना पनि लिइन्थ्यो र त्यसलाई अझ राम्रो र स्वादीलो बनाउनको लागि नयाँ तरिकाहरु पनि अप्नाउने गरिन्थ्यो । जसका कारणले गर्दा बजारमा अर्को नयाँ स्वादको बुल्गारियन दही पनि पाउन थाल्यो । पछि सरकारले उक्त ब्राण्डका दही निर्यात गर्ने सुरु पनि गरेको थियो ।

दही बनाउने कला
आज पनि बुल्गारियाको सरकारी कम्पनी एलबी बुल्गारिकम आफ्नो सहयोगी देशहरु जापान र दक्षिण कोरियालाई बुल्गारियन दही करोबार गर्ने इजाजत दिन्छ । बुल्गारियाको दहीमा पाइने जीवाणु स्वास्थको लागि निकै नै फाइदाजनक हुने र सो जीवाणु त्यहाँ बाहेक अरु कुनै पनि एसियाली देशहरुमा नपाइने भएकाले हरेक बर्ष ति जीवाणुलाई बुल्गारियाबाट कोरिया र जापान पठाइनु सबैभन्दा रोमाञ्चक कुरा हो ।

१९८९ मा जब बुल्गारियामा कम्युनिस्ट शासनको अन्त्य भयो तब त्यसको सिधा असर बुल्गारियन दहीमा परेको थियो । त्यहाँ दहीको कारोबार कम भएको थियो । परम्परागत दही बनाउने डेरीहरुको संख्यामा पनि कमी आएको थियो । यो संख्या ३ हजारबाट घटेर २८ क्षेत्रमा मात्र सिमित भएको थियो । तर अहिले स्थानिय उत्पादकहरुले आफ्नो परम्परागत करोबारलाई पुनः स्थापना गर्ने कोशिश गरेका छन् । 

बुल्गारियामा दहीका धेरै प्रकारका दही नपाइएता पनि जायकामा भने विभिन्न प्रकारका दही पाउन सकिन्छ । यति सम्म कि एकै परिवारका दुई महिलाले तयार गरेको दहीको स्वाद पनि फरक–फरक हुन्छ । दही बनाउनु त्यहाँका मानिसहरुको लागि एक कला हो र सो कला एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने गरिन्छ ।


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top