दैलेखमा चीनले धमाधम यसरी गर्दैछ पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण


Thursday, 14 Nov, 2019 2:45 PM
२८ कार्तिक काठमाडौ । चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको छ । खानी तथा भूगर्भ विभागका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ। विस्तृत अन्वेषण सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको वा नभएको टुङ्गो लाग्नेछ। आवश्यक उपकरणसहित चिनियाँ टोली पेट्रोलियम पदार्थ भएको सम्भावित क्षेत्रमा पुगिसकेको छ । अन्वेषणका लागि झन्डै ४० वर्ग किलोमिटर क्षेत्रमा ४५०० मिटर गहिराइसम्म खनिनेछ।
खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरे भन्छन्, ‘त्यहाँ पेट्रोलियम ग्यासको सम्भाव्यता देखिएकाले अहिले अन्वेषणात्मक काम भइरहेको छ। यसै महिनामा त्यस क्षेत्रमा साईज्मिक (भूकम्पीय) सर्वेक्षण सुरु हुनेछ। त्यो भएपछि विस्तृत विवरण आउनेछ। उनका अनुसार विभिन्न ठाउँमा ससाना कम्पन सिर्जना गरेर सर्वेक्षण गरिनेछ।

तयारी

ती स्थानमा जमिनको सतहबाट ४५०० मिटरभित्र छेडेर कुवा खन्ने उपयुक्त ठाउँ छनोट गर्ने तयारी रहेको अधिकारीहरू बताउँछन्। अधिकारीहरूका अनुसार नेपालमा पेट्रोलियम पदार्थको खोजी गर्न यस्तो खाले विस्तृत अध्ययन सुरु गरिएको यो दोस्रो पटक हो।

नेपाल सरकारले विभिनन स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको छ । यसअघि विसं २०४५ सालतिर मोरङको बाहुनीमा विस्तृत अन्वेषण भएको थियो। त्यस बेला सरकारले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् एउटा निजी विदेशी कम्पनीलाई उक्त अध्ययन गराएको थियो। त्यहाँ जमिनभित्र ३५०० मिटरसम्म छेडेर अध्ययन गरिएको थियो। तर उक्त क्षेत्रमा औद्योगिक रूपमा उत्खनन गर्न सकिने मात्रामा पेट्रोलियम पदार्थ नपाइएको विभागका अधिकारीहरू बताउँछन्।

चिनियाँ सहयोग
यस पटकको अन्वेषण नेपाल र चीन सरकारबीच भएको द्विपक्षीय सम्झौताअन्तर्गत हुन लागेको हो। चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दी पछि पुन : नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणको चर्चा सुरु भएको हो।

नेपाल र चीनबीच विभिन्न क्षेत्रमा पेट्रोलिय खानीको अन्वेषण गर्ने सम्झौता भएको छ । उक्त नाकाबन्दीपश्चात् नेपाल र चीनबीच भएका विभिन्न सम्झौतामध्ये नेपाली भूभागमा रहेका सम्भावित पेट्रोलियम खानीहरूको अन्वेषण गर्ने एउटा सहमति पनि थियो। सोही सम्झौताअनुसार यसअघि नै दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको वा नरहेकोबारे प्रारम्भिक अन्वेषण भइसकेको छ।

विस्तृत अन्वेषणका लागि अहिले चिनियाँ र नेपाली प्राविधिकहरूको टोलीले दैलेखमा काम गरिरहेको विभागले जनाएको छ। विभागको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार उक्त क्षेत्रमा हाल ४० जनाभन्दा बढी चिनियाँ प्राविधिकहरू काममा खटिएका छन्। उनीहरू उपकरणसहित काममा खटिएका हुन्। रजौरेका अनुसार दैलेखका शिरिस्थान, नाभीस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अन्वेषण केन्द्रित रहनेछ। त्यहाँका कतिपय क्षेत्रमा अहिले पनि प्राकृतिक रूपमै ज्वाला निस्किरहेको पाइन्छ।

सम्भावना
रजौरे भन्छन्, हाम्रो जस्तै भूबनोट भएको भारतको आसाम र पाकिस्तानको कोतवारमा अहिले पनि पेट्रोलियमको उत्पादन भइरहेको छ। त्यसैका आधारमा हामी पनि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ होला भन्नेमा आशावादी छौँ। ज्वालामाई तथा अन्य स्थानमा प्राकृतिक ग्यास निस्किने तथा ज्वाला बलिरहने गरेको देखिन्छ । उनका अनुसार चीनकै सहयोगमा पाल्पामा पनि अन्वेषणको काम अघि बढाइनेछ। तर उक्त अन्वेषण दैलेखको जस्तो विस्तृत नहुने उनले जानकारी दिए। दैलेखमा गरिएको परीक्षणपश्चात् आएको प्रतिवेदनलाई विश्लेषण गर्न चारदेखि पाँच महिना लाग्ने अधिकारीहरू बताउँछन्। त्यसपछि वर्षा लाग्ने भएकाले अर्को वर्षको दशैँपछि भने पेट्रोलियम पदार्थ भएको वा नभएको स्पष्ट हुने अधिकारीहरूले जानकारी दिए।
विभागका निमित्त महानिर्देशक घिमिरेका अनुसार विभागले नेपालमा ६४ किसिमका खनिज पदार्थ रहेको पत्ता लागिसकेको छ। तर तीमध्ये १४ वटाको मात्र उत्खनन हुन सकेको छ। उत्खनन गरिएका खनिज पदार्थमा चुन ढुङ्गा, कोइला, फलाम आदि छन्। 


global ime

Ruslan

runner bike

राजनीति

प्रदेश ५ को स्थायी राजधानी र नाम तोक्ने सिफारिस समितिका सांसदहरु विदेश भ्रमणमै मस्त

२७ मंसिर, बुटवल । सत्तारुढ दल नेकपाभित्रकै शक्ति संर्घषकै कारण प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्न ढिलाइ भइरहँदा सिफारिस समितिका सांसदहरु भने विदेश भ्रमणमा निस्केका छन् । राजधानीको नाम र केन्द्रबारे प्रतिवेदन दिने समय पटक–पटक थपेपनि समितिको प्रतिवेदन बुझाउन छाडेर सांसदहरु भारत भ्रमणमा गएका हुन् । प्रदेश ५ संसद्ले २०७५ साल साउनमै नाम र राजधानी सिफारिस गर्न विशेष समिति गठन गरेको थियो । विशेष समितिले तीन महिनाभित्र नाम र स्थायी राजधानी सिफारिससहितको प्रतिवेदन पेस गर्ने समयसीमा पाए पनि समितिले पटक–पटक म्याद थप्दै आएको छ ।

चाबहिल–साँखु सडकखण्डको काम पाँच महिनामा सक्न माधव नेपालको निर्देशन

काठमाडौं, मंसिर २६ । पूर्वप्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–२ का सांसद माधवकुमार नेपालले चाबहिल–साँखु सडकखण्डको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । चाबहिल–साँखु सडकको बिहीबार निरीक्षण गर्दै उनले विस्तारित सडकको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्ने बताएका हुन् । विस्तारित सडकको काम चित्तबुझ्दो नभएको भन्दै नेता नेपालले खाल्डाखुल्डी पुर्न र गुणस्तरीय पिच गर्नुपर्ने बताए ।
सत्तारुढ दल नेकपाका नेतासमेत रहेका उनले कानुनी र आर्थिक समस्या भए आफूले समाधान गर्ने भन्दै अन्य समस्या देखाएर काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको स्पस्ट पारे । 

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर घोडाघोडीमा नेकपा र कांग्रेसबिच विवाद

२६ मंसिर, धनगढी । समाजिक सञ्जालमा नगर प्रमुख ममता प्रसाद चौधरी र घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीको चरित्रहत्या गरेको भन्दै उद्योग वाणिज्य संघका पूर्व अध्यक्षलाई कारवाही गरिनुपर्ने उजुरी परेपछि कैलालीको घोडाघोडीमा नेकपा र नेपाली कांग्रेसबिच विवाद उत्पन्न भएको छ । नेकपा नगरकार्य समितिले पूर्व उपाध्यक्ष चन्द्र प्रकाश चौलागाई विरुद्ध कारवाहीको माग गर्दै इलाका प्रशासन कार्यालय सुख्खडमा उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसले नागरिक स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्न खोजेको भन्दै विरोध जनाएको छ ।

अन्तर्राष्ट्रिय

बेलायत चुनाव : ‘एक्जिट पोल’मा कन्जरभेटिभलाई बहुमत

२७ मंसिर, काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने मत सर्वेक्षण (एक्जिट पोल) सार्वजनिक भएको छ । बीबीसी, आईटीभी र स्काई न्युजले मतदातासँग गरेका सर्वेक्षणमा कन्जभेटिभ पार्टीले बहुमत ल्याउने देखिएको हो । बीबीसीका अनुसार, मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जरभेटिभले ३ सय ६८ स्थानमा जित हासिल गर्ने देखाएको छ । एक्जिट पोलअनुरूप परिणाम आएमा कन्जभेटिभ सन् २०१७ मा भन्दा ५० बढी स्थानमा विजयी हुनेछ ।

साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा खुकुलो

२३ मंसिर, काठमाडौं । साउदी अरेबियाले सार्वजनिक होटल तथा रेष्टुराँहरुमा प्रवेशका लागि महिलामाथि गरिएको कडाइलाई खुकुलो पारेको छ । यसअघि सार्वजनिक होटल तथा रेष्टुराँमा परिवारका सदस्यसहित जाने महिलाहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको थियो । तर अब भने अन्य सर्वसाधारण सरह महिलाले जुनसुकै ढोकाबाट होटल तथा रेष्टुराँमा प्रवेश गर्न पाउने भएका छन् । दशकौंदेखि महिलामाथि लगाइएको प्रतिवन्ध फुकुवा गरेको अधिकारीहरुले जनाएका छन् । यसअघि साउदीमा श्रीमान वा परिवारका सदस्यबाहेक अन्यसँग होटल तथा रेष्टुराँमा जान महिलालाई कडाइ गरिएको थियो । 

भारतमा आज नागरिकता विधेयक पेश गरिँदै, विपक्षीको चर्को विरोध

२३ मंसिर, काठमाडौं । भारतको तल्लो सदन लोकसभामा आज नागरिकता संशोधन विधेयक २०१९ पेश हुने भएको छ । भारतका गृहमन्त्री अमित शाहले आज पेश गर्ने विधेयकका  लागि भारतीय जनता पार्टीले आज सोमबारदेखि बुधबारसम्म संसदमा उपस्थित हुन आफ्ना सांसदलाई व्हिप जारी गरेको छ ।  पार्टीको  तर्फबाट यसलाई मुख्य प्राथमिकता दिइएको छ । यसलाई संसदमा पेश गरेपछि सबै सांसदलाई उपस्थित हुन आग्रह गरिएको छ । केन्द्रीय मन्त्रिमण्डलले यसलाई पहिला नै स्वीकृति दिइसकेको छ । यो विधेयकका बारेमा संसदमा निकै चर्को बहस हुने सम्भावना रहेको छ ।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top