siddhartha

​चामल र दालको मूल्य ह्वात्तै बढ्यो, कुन चामलको मूल्य कति ?


Wednesday, 13 Sep, 2017 1:05 PM
२८ भदौ, काठमाडौं । सरकार दसैँका उपभोग्य बस्तुमा कालोबजारी हुन दिनौँ भन्दै अनुगमनमै देखिन्छ । खासमा त ठूला चाडमा सरकारले जनतालाई उपभोग्य बस्तुमा राहतका प्याकेज ल्याउनु पर्ने हो, तर  यो आश परको कुरा भयो ।

बरु, ब्यापारीहरुले दसैँको मुखमा चामल र दालजस्ता अत्यावश्यक उपभोग्य बस्तुमा मूल्यबृद्धि गरेका छन् ।

चामलदेखि दालसम्मको मूल्य एकाएक बढाइएको छ । कालिमाटीका बिभिन्न थोक तथा खुद्रा पसलहरुको रेट बुझ्दा र नेपाल खुद्रा व्यापार संघमा सोध्दा अहिले मूल्यबृद्धि यसरी भइरहेको छ । बढेको खुद्रा मूल्य यस्तो छ :

चामल : प्रतिबोरा १ सय रुपैयाँ बृद्धि 
  • दुईथरी लङग्रेन चामल प्रतिबबोरा २ हजार ३ सय र २ हजार ४ सय रुपैयाँ पुगेको छ । 
  • सोना स्टिम चामल प्रतिबोरा १ हजार ५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
  • पोखरेली चामल  प्रतिबोरा २ हजार रुपैयाँ भएको छ । 
  • जिरा मसिनो चामल एक हजार ६ सय ५० रुपैयाँ पुगेको छ । 
  • सामान्य सोना मन्सुली प्रतिबोरा मूल्य एक हजार ४ सय ५० रुपैयाँ भएको छ । 
दाल : प्रतिकिलो १० रुपैयाँ बृद्धि 
  • केही दिनअघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको मसुरोको दालको मूल्य १ सय रुपैयाँ पुर्याइएको छ । यो ठूलो दाना भएको मुसुरो हो ।
  • सानो दाना भएको मुसुराको दालको मूल्य १ सय २० रुपैयाँ प्रतिकिलो भएको छ । पहिले १ सय १० रुपैयाँ प्रतिकिलो थियो । 
व्यापारीहरुले खरिद गर्दा नै मूल्य बढेका कारण आफूहरुले पनि बढाउनुपरेको बताएका छन् । 

 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top