siddhartha
gharjaggakosathi

दाङमा चुनावी प्रचारप्रसार तीव्र


Sunday, 3 Dec, 2017 3:20 PM
१७ मंसिर, दाङ । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी दलहरुले चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । 

दलहरु गाउँदेखि बजार क्षेत्रमा चुनावी सभा र घरदैलो गरेर मतदातासँग आ–आफ्नो पक्षमा मत मागिरहेका छन् । क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका राजु खनाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णबहादुर महरा चुवानी मैदानमा छन् । यस क्षेत्रमा महरा र खनालबीचमा नै प्रतिष्पर्धा हुने देखिन्छ । 

महरा आफूले यस क्षेत्रको विकासका लागि सांसद र सरकारमा रहँदा धेरै काम गरेकाले आफ्नो जीत सुनिश्चित भएको बताउँछन् । काँग्रेसका उम्मेदवार खनाल यसअघि निर्वाचित भएका थिए । दुवैजनाको एजेण्डामा दाङलाई ५ नं प्रदेशको राजधानी बनाउने रहेको छ । 

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेसनका दीलमाया बुचा, राष्ट्रिय जनमुक्तिपार्टीबाट ठाकुर रोका, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, नेकपा मालेबाट भोजबहादुर विश्वकर्मा, नयाँ शक्ति पार्टीबाट गगन शाह, संघीय खुम्बुवान लोकतान्त्रिकबाट टेकमान बुढा र स्वतन्त्रबाट बालाराम पौडेल चुनावी प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं २ प्रदेश ‘क’ बाट काँग्रसका कमलकिशोर घिमिरे र वाम गठबन्धनका शंकर पोख्रेल चुनावी प्रतिस्पर्धामा छन्  । पोख्रेललाई गठबन्धनले ५ नं प्रदेशको मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ । प्रदेश ‘क’ मै सोही क्षेत्रबाट नयाँ शक्ति पार्टीबाट पदमा बानियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट आशा नेपाली, राजमोबा खडानन्द खनाल, संघीय खुम्बुवानका बमबहादुर बुढा, नेकपा (माले)का कपिलदेव पोख्रेल, स्वतन्त्रबाट सोमराज रैदास र विश्वनाथ ज्ञवाली चुनावी मैदानमा छन्  । 

क्षेत्र नं २ प्रदेश ‘ख’ बाट काँग्रेसका भरतबहादुर न्यौपाने र वाम गठबन्धनका अम्मरबहादुर डाँगी, जनमुक्ति पार्टीबाट शालिकराम नेपाली, राजमोका टीकाबहादुर विक, संघीय खुम्बुवान पार्टीका बुद्धिमान चौधरी, मालेका जीतबहादुर नेपाली, देशभक्त गणतान्त्रिक मोर्चाका रामजी थारु, नयाँ शक्ति पार्टीका कृष्णप्रसाद चौधरी र स्वतन्त्रबाट सीताराम रेग्मी चुनावी मैदानमा छन् । क्षेत्र नं २ मा कूल ४८ वटा मतदानस्थल, १२८ वटा मतदान केन्द्र र एक लाख आठ हजार ८७० जना मतदाता रहेका छन् । 

क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ काँग्रेसका नेता दीपक गिरी र वाम गठबन्धनका हीराचन्द्र केसी चुनावी मैदानमा छन् । काँग्रेस उम्मेदवार गिरी आफूले पश्चिम दाङको विकास सांसद र मन्त्री हुँदा गरेकाले जनताले यसपटक आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउनेमा ढुक्क रहेको बताउँछन् । वाम गठबन्धनका केसी साझा उम्मेदवार भएको र यस क्षेत्रका जनता सँगसँगै रहेर काम गरिरहेकाले आफ्नो जित सुनिश्चत भएको बताउँछन् । 

सो क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका कमला जिसी, संघीय खुम्बुवानका शेरबहादुर आले, देशभक्त जनगणतान्त्रिक मोर्चाका हीरामणि पौडेल, मालेका हीमलाल चौधरी, नयाँ शक्तिका हरिप्रसाद रिज, बालकृष्ण शर्मा र यादव भण्डारी चुनावी प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं ३ प्रदेश ‘ख’ मा काँग्रेसका नेता एवं श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरी र वाम गठबन्धनका जगप्रसाद शर्मा चुनावी मैदानमा छन् । नयाँ शक्ति पार्टीका नेत्रलाल भट्टराई, राप्रपा प्रजातान्त्रिकका प्रेम शाह, राजमोबाट भरत भण्डारी, मालेबाट शालिकराम चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट लीला पहाडी र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी सन्तोषी कुँवर योगी चुनावी मैदानमा छन् । 

प्रदेश ‘ख’ मा काँग्रेसका बुद्धिराम भण्डारी र एमाले एमालेका उत्तरकुमार ओली चुनावी प्रतिस्पर्धामा छन् । भण्डारी पूर्वसांसद हुन् भने ओली युवा नेताका रुपमा चिनिन्छन् । उनी संविधानसभाको निर्वाचनमा काँग्रेसका दीपक गिरीसँग पराजित भएका थिए । सो क्षेत्रमा राजमोबाट देवबहादुर कामी, मालेका टोपबहादुर डाँगी, राजमोबाट धनराज विश्वकर्मा, नयाँ शक्ति पार्टीबाट रुद्रबहादुर केसी र स्वतन्त्रबाट लीलाधर खड्का चुनावी मैदानमा छन् । 

जिल्लामा मुख्य गरी काँग्रेस र एवाम गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं ३ मा ५३ वटा मतदानस्थल, १३७ वटा मतदान केन्द्र र एक लाख १८ हजार ९८७ मतदाता रहेका छन् । जिल्लाभर १५१ वटा मतदानस्थल, ३९४ वटा मतदान केन्द्र र तीन लाख ३८ हजार ९५३ मतदाता रहेका छन् । 
 


Ruslan

paicho

bussewa

राजनीति

झलनाथ खनालको खुलासा : ‘माघभित्रै एमाले–माओवादी एकता, नयाँ पार्टीको नाम नेकपा रहन्छ’

२ माघ,काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम एमाले वरिष्ठ नेता झलनाथ खनालले माओवादीसंगको पार्टी एकता माघभित्रै टुङ्गीने बताएका छन् । एक टेलिभिजनसंगको कुराकानीमा खनालले माघभित्रै दुवै पार्टी एक हुने बताएका हुन । 

प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने काँग्रेस नेताको चेतावनी

२ माघ,काठमाडौं । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले एक 

ईश्वर पोखरेलको प्रस्तावले वामदेव र प्रचण्डको सपना अधुरै,अब प्रचण्डले के गर्छन् वामदेवलाई ?

२ माघ,काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेपछि उनका लागि 

अन्तर्राष्ट्रिय

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच झडप हुदा ९ जनाको मृत्यु

२ माघ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top