siddhartha

​आफ्नै रेकर्ड तोड्दै आमिर खानले ‘दंगल’बाट बनाए नयाँ रेकर्ड


Monday, 9 Jan, 2017 3:01 PM


२५ पुस ।
अभिनेता आमिर खानले ‘दंगल’ फिल्मबाट बलिउड फिल्म व्यापारमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
 
वक्सअफिसमा ३४४ करोड भारूको कमाइ गरेपछि उसले आमिर अभिनित दंगल नयाँ कीर्तिमान कायम गर्न सफल भएको हो ।

रेकर्ड कायम गर्ने क्रममा आमिरले आफ्नो ‘पिके’ फिल्मलाई पछाडी पारेका छन् । यसअघि ‘पिके’ ३ सय ३९ करोडको विजनेस सहित अग्र पङ्तीमा थियो । यो कीर्तिमान कायम गर्न ‘दंगल’लाई १७ दिन लाग्यो । फिल्मको व्यापार अझै आक्रमक रहेको छ । 

फिल्मले भारत सहित विदेशमा विभिन्न शहरमा पनि नयाँ भन्दा नयाँ रेकर्डहरु कायम गर्दै अगाडी बढिरहेको छ । 



paicho

nepal life

bussewa

राजनीति

मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला समावेश गर्न माग

९ साउन, काठमाडौ । नेपाल महिला सङ्घले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकारसमक्ष आग्रह गरेकी हुन् । 

​मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै हुन्छः डा महत

९ साउन, काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

​प्रधानमन्त्री देउवाका कारण प्रचण्ड लज्जित

८ साउन, काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सरकार बिस्तार हुने बताएका छन् । सरकार बिस्तारबारे आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले छलफल पनि गरेको प्रचण्डले जानकारी दिए ।

अन्तर्राष्ट्रिय

​कतार संकटको समाधान निस्किएन

८ साउन, एजेन्सी । कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन् । 
 

​राष्ट्रपति ट्रम्पका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत– सर्वेक्षण

८ साउन, वासिङ्टन ।;" अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा

नरिवलको रुखले थिच्दा पूर्व टेलिभिजन एंकर कञ्चन ठहरै (भिडियोसहित)

मुम्बई । भारतको चेंबुरमा नरिवलको रुख ढल्दा भारतीय टेलिभिजन च्यानल दुरदर्शनकी पूर्व एंकर कञ्चन रजत नाथको मृत्यु भएको छ । चेंबुरको स्वास्तिक पार्कस्थित प्रवासी सोसाइटी निवासी ५८ वर्षीया कञ्चन रजत नाथ सधैंजसो शुक्रबार पनि बिहान घुम्न निस्केकी थिइन् ।

विचार / ब्लग

एमालेका जनप्रतिनिधि : कोही कानको जाली फुटाउने, कोही युवती कुटाउने !

केही दिनअघि गुल्मीको चन्द्रकोट गाउँपालिका–५ ग्वाघामा नवनिर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले स्थानीन मानबहादुर बिकलाई रामधुलाई गरे । मानबहादुर दलितमात्रै होइनन्, अपांग पनि छन् । अध्यक्ष टेकबहादुर भने एमालेका तर्फबाट चुनिएको जनप्रतिधि हुन् । मुखबाट उछिट्टिएको एक बोलीका कारण मानबहादुरले टेकबहादुरको

अज्जब नेपालको गज्जब कहानी : १२५९ सांसदलाई जागिर खुवाउनी !

संघीय संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रत्यक्षतर्फको सिट संख्या २ सय ४० कायम गर्ने हो भने समानुपातिक सिट संख्या पनि अवश्य बढ्ने छ । किनकी अहिलेको संवैधानिक प्रावधान अनुसार प्रत्यक्ष र समानुपातिक सीटको अनुपात ६० र ४० रहेको छ । र, प्रदेश सभामा पनि यही अनुपातको व्यवस्था रहेको हुँदा संघीय संसद्मा सीटसंख्या बढ्ने वित्तिकै प्रदेश सभामा पनि सीट संख्या बढ्छ ।

भुकम्पले भत्काएका घर, भत्किएको मन, सुस्त गतिको पुनर्निर्माण, २१ सयले मात्र पाए पूर्ण अनुदान

विकासकारी भूकम्प गएको दुई वर्ष नाघिसकेको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले मुलुकमा करिब १० हजारको हाराहारीमा ज्यान गुमाउनुपर्यो । ५० हजारभन्दा बढि मानिस घाइते भए । हजारौं अंगभंग भए । भुकम्पले हजारौं घर भत्कायो । लाखौंलाई उठिबास लगायो ।
Top