kantipur mall

​युरोपमा नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा, आक्रमणको त्रास


Thursday, 31 Dec, 2015 1:46 PM
ब्रसेल्स, १६ पुस । नयाँ वर्षको पूर्व सन्ध्यामा सधैँजसो आयोजना गरिने कार्यक्रम यसवर्ष ब्रसेल्समा आतङ्ककारी हमलाको त्रासका कारण रद्द गरिएको समाचार छ । 

प्राप्त समाचारमा नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजी लगायतका कैयौं कार्यक्रम रद्द गरिएको जनाइएको छ । 
ब्रसेल्समा पनि विगत लामो समयदेखि आतङ्कवादी हमलाको त्रास बढेको बताइएको थियो । गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलाका कारण ब्रसेल्समा पनि त्रास बढेको हो ।
 
सो हमलाको मुख्य योजनाकार ब्रसेल्समा बस्ने गरेको तथ्य पछि खुलेको थियो । जसका कारण त्यसपछिका दिनहरुमा ब्रसेल्समा व्यापक मात्रामा सुरक्षा सतर्कता अपनाउने गरिएको छ । 

यस आक्रमणको त्रास अहिले पनि कायमै रहेको बताइन्छ । जसका कारण बेल्जियममा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । 
ब्रसेल्सका मेयर युभान मायुरले भन्नुभयो– गृह मन्त्रालयको समेत समन्वय र सल्लाहमा हामीले बिहीबार साँझका लागि कुनै पनि कार्यक्रमको आयोजना गरेका छैनौँ । 
तर क्रिस्मस बजारका साथै होटल रेस्टुरेन्टहरु भने खुला नै रहने र ती बजार तथा पसलहरुमा पनि सुरक्षाका कडा र भरपर्दा मापदण्डहरु अपनाउने जानकारी पनि उहाँले दिनुभयो । 
नयाँ वर्षको स्वागतका लागि आयोजना हुने कार्यक्रमहरुमा यस्ता आक्रमण हुनसक्ने आशङ्कामा राजधानी ब्रसेल्समा प्रहरीले सुरक्षा खानतलासी गर्ने गरेको छ । 
यसै क्रममा यस्तो आक्रमणका लागि तयारी गरेको आशङ्कामा बुधबार रातिमात्र दुई जना सङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो । 
सो पक्राउपछि सरकारले नयाँ वर्षका कार्यक्रमहरु नगर्ने भन्दै हालका लागि आयोजित यस्ता सबै कार्यक्रमहरु पनि रद्द गरिएको थियो । 
नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि १३४ जनाको ज्यान गएको थियो । 
सो आक्रमणको योजना युरोपका विभिन्न देशमा गरिएको तथ्य अनुसन्धानका क्रममा खुलेको छ । साथै आतङ्ककारी संगठन आइएसले पनि युरोपका कतिपय देशलाई लक्ष्यगरेर हमला गर्ने चेतावनी दिँदै पनि आएका छन् । 
जसका कारण बेल्जियम बाहेकका युरोपका अरु पनि कैयौँ देशमा सुरक्षा सतर्कता अपनाउने गरिएका समाचारहरु आइरहेका छन् । 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

सीमा निरीक्षण समिति निमार्ण गर्ने सरकारको निर्णय

६ मंसिर, काठमाडौं । सरकारले सीमानिरीक्षण समिती मार्फत नेपाल भारत र नेपाल चिनबिचको सीमा विवाद हल गर्ने भएको छ ।  बिहिबार मन्त्रिपरिषद बैठकमा निर्णय सार्वजानीक गर्दै सीमा विवाद निरीक्षण समिति गठन गर्ने निर्णय भएको सरकार प्रवक्त गोकुल प्रसाद बासकोटाले जनाएका छन । भारतले तयार गरेको नयाँ राजनितिक नक्सामा नेपाली भूमी आफ्नो नक्सामा समावेश गरेपछि नेपालमा विरुद्ध चर्को विरोध 

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top