cg electronics
nlic

नयाँवर्षमासुरु भयो दराजको नेपालीपन योजना,८१ प्रतिशतसम्म छुट


Sunday, 15 Apr, 2018 7:13 PM
२ चैत्र काठमाडौ । नेपालको नम्बर एक अनलाइन मार्केट प्लेस दराज डटकम डट एनपीले नयाँवर्षको उपलक्ष्यमा नेपालीपन नामको छुट योजना सुरु गरेको छ । अनलाइनमार्केट प्लेसबाट सामानखरिद गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दराजले नेपाली उत्पादनको खरिदमा ८१ प्रतिशतसम्मको छुट दिने योजना ल्याएको हो । 
अनलाइन माध्यमबाट वस्तु तथा उत्पादनको बिक्री बितरणमा नेपालकै अग्रणी मार्केट प्लेस दराजले ‘स्वदेशी सामानमा रमाऔं, नयाँ वर्ष मनाऔं’ भन्ने नाराका साथ ५ दिने छुट योजना सञ्चालन गरेको हो । बैशाख १ देखि ५ गतेसम्म सञ्चालन हुने छुट योजना अन्तरगत दराज डटकम डट एनपीबाट अधिक सस्तो मूल्यमा नेपाली उत्पादन खरिद गर्न पाइनेछ । लत्ता कपडा, व्याग, जुत्ता चप्पल लगायतका नेपाली उत्पादनको खरिदमा दराजले ८१ प्रतिशतसम्मको छुट दिनेछ । 

नेपाली ब्राण्डहरु गोल्ड स्टार, कपास, सोनामगियर, सबा नेपाल, शिखर, क्यालिबर लगायतका नेपाली ब्राण्डका उत्पादनको खरिदमा उल्लेखित छुट उपलब्ध हुनेछ । छुट योजना सुरु भए पछिका पहिलो २ सय जनाले कम्तीमा १ हजार रुपैंयाको सामान खरिद गर्दा २५० रुपैंया थप छुट पाउने छन् । यसका लागि दराजको अनलाइन मार्केट प्लेसबाट सामानखरिद गर्दा भ्ब्च्ीथ्द्दछण्भौचर कोड प्रयोग गर्नु पर्ने हुन्छ । त्यसै गरी बैशाख २ देखि ५ गतेसम्मकम्तीमा २ हजार रुपैंयाको सामानखरिद गर्नेहरुले भौचर कोड प्रयोग गरी २५० रुपैंया छुट पाउने छन् । 
दराजले नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि अनलाइन मार्केट प्लेसमा यस्तो छुट योजना सञ्चालन गरेको हो । यसबाट नेपाली उपभोक्ता नेपाली ब्राण्डको प्रयोगमा अभ्यस्त हुने विश्वास दराजले लिएको छ ।  नेपालका १९ प्रमुख शहरहरुमा सेवा प्रदान गर्दै आएको दराजले वस्तु तथा सेवाका खरिदकर्ता र बिक्रीकर्ताको भेट गराउने गरेको छ । मार्केट प्लेसबाट खरिद गरेको सामान चित्त नबुझेको खण्डमा एक सातासम्ममा फिर्ता गर्न सकिने व्यवस्था दराजले गरेको छ । पछिल्लो पटक मात्र बनेपा र धनगढीमा पनि आफ्नो सेवा सुरु गरेको दराज डट कम डट एनपीको दराज नामको मोबाइल एप्लिकेशनबाट पनि सामान किन्न सकिन्छ ।


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

७ बैशाख, काठमाडौ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए । 

​बालुवाटारमा ओली–दाहालबीच निर्णायक वार्ता

७ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । ९ बैशाखमा हुने भनिएको एकता तत्कालका टरेपनि आजको वार्ता सकरात्मक भयो भने सोही मितिमा एकता घोषणा हुने सम्भावना अझै पनि बाँकी छ । आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ । ओली–प्रचण्डबीच विहीबार ३ घण्टा एक्लाएक्लै 

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने सभापति देउवाको तयारी

७ बैशाख, काठमाडौ । चुनावी पराजयको समीक्षालगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित भएको थियो । बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन् । 

अन्तर्राष्ट्रिय

भारतमा नोटको अभाव, नेपालमा कस्तो असर पर्ला ?

६ बैशाख काठमाडौ । यसै हप्ता भारतको मध्यप्रदेशका एक किसानले आफ्नी छोरीको बिहेका लागि श्रीमतीको गहना धितोमा राखे। साहुबाट लिएको ऋण रकम संकलन गर्न दुई दिनदेखि उनी बैंक धाइरहेका छन्। तर उनलाई नगद अभावको कारण देखाउँदै बैंकले रित्तो हात फर्कारहेको छ। एटिएममामानिसहरू लामबद्ध भएको विगतको जस्तो निराशावादी अवस्था कम्तीमा पाँचवटा प्रदेशमा देखिएको छ। यो समस्या आन्ध्रप्रदेश, तेलंगना, कर्नाटका

प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्। 
महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्। त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने,‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले 

​अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

३ बैशाख, एजेन्सी । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ । अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top