siddhartha
gharjaggakosathi

दार्चुलाबासीले भने : कालापानी र लिपुलेकको नाममा राजनीति कहिलेसम्म ?

तिंकर नाका खोल्न सरकार उदासिन भएको दार्चुलावासीको माग


Thursday, 12 Jan, 2017 4:58 PM
२८,पुस,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद सांसद गणेशसिँह ठगुन्नाले दार्चुला जिल्लामा पर्ने तिंकर नाका तत्काल खोल्ने सरकारसँग माग गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद ठगुन्नाले तिंकर नाका खोल्ने काममा ढिलासुस्ति भैरहेको बताउँदै भने,‘दार्चुलाको बिकासको काममा सरकारले बेवास्ता गरेको छ ।’  

उनले चिनिया पक्ष तिंकर नाका खोल्नको लागि सकारात्मक रहेको भएपनि नेपाल सरकाले यस बिषयका बारेमा तदारुकता नदेखाएको आरोप लगाए। उनले अघि थपे,‘कैलाश पर्वतमा हिन्दुहरूको महत्वपुर्ण तिर्थस्थल हो, जहाँ बर्षमा ५ लाख बढि भत्तालुहरूले दर्शन गर्नसक्छन्, अर्कोतर्फ आफुनै गाउँवस्तीमा जान पनि भारतीय बाटोको प्रयोग गर्नुपर्ने अर्को बाध्यता छ, मैले संसदमा १० पटक यसका बारेमा आवाज उठाएको छु तर सुनवाई भएको छैन्।’

ब्यास गाउँ समितिका बासिन्दासँगै राजधानीसम्म आएका नेपाली काँग्रेस जिल्ला सभापति ललितसिँह बोहराले ब्यास गाविसका जनता बर्दि बिनाका प्रहरी भएको दावि गरे। उनले भने,‘छ महिनासम्म राज्यको कुनैपनि निकाए त्यहाँ जाँदैन,भारत र चिनले आफ्नो सुरक्षा कर्मी राखेको छ, आफ्नो भूमिको रक्षा गरेको छ, लिपुलेख हाम्रो भन्ने स्थिति कसरी आयो ? यो दुःखको बिषय हो, ब्यासका जनताको मात्रै माग होईन यो राष्ट्रिय मुद्धा हो सबैले यस बिषयमा गम्भिर बन्नुपर्छ।’

त्यस्तै उद्योग बाणिज्य संघ दार्चलाका उपाध्यक्ष ग्याल्बु सिंहले देशमा कालापानी र लिपुलेकको नाममा राजनीति गर्नेहरूको संख्या धेरै रहेको आरोप लगाए।  उनले भने,‘एक्काईसौँ शताब्दीमा पनि आफ्नै बस्तिमा जानको लागि अरुको भूमि प्रयोग गर्नुपर्छ, भारतीय प्रहरीको अत्याचारको शिकार बन्नुपरेको छ ।’ 
कार्यक्रममा नगेन्द्र तिंकरीले सरकार कुम्भ कर्णको निद्रामा सुतेको आरोप लगाउँदै यस बिषयलाई सञ्चारकर्मीले राष्ट्रिय बहसको रुपमा उठाउनुपर्ने माँग गरे। 


Ruslan

paicho

bussewa

राजनीति

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

निर्वाचन आयोग प्रदेशका समानुपातिक सांसदलाई प्रमाणपत्र बाँड्दै

५ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई आज प्रमाणपत्र दिने भएको छ । बिहीबार प्रदेश सभामा निर्वाचित सांसदहरुको सूचि सार्वजनिक गरेको आयोगले समानुपातिक तर्फका २२० सांसद्लाई आज निर्वाचित भएको प्रमाणपत्र दिन लागेको हो ।

प्रदेश प्रमुखको शपथग्रहण आज अपराह्न शितल निवासमा

५ माघ,काठमाडौँ ।  सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

५ माघ, सोल । चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका

​बैज्ञानिक भन्छन्ः पृथ्वी दिन प्रतिदिन तात्दै गयो

५ माघ, लन्डन । मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तातिँदै गएको र बेलैमा सचेत नहुने हो भने यो भयावह हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको 

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिलाको निर्मम हत्या

५ माघ,पाकिस्तान ।  पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या गरिएको छ ।  दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top