महिलाहरुले किन मन पराउँदैनन पुरुषको दाह्री !


Monday, 20 Jan, 2020 10:08 AM
काठमाडौं । केही समय अगाडि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रड्यु पहिलोपटक दाह्रीमा देखिँदा अधिक चर्चामा आएका थिए । उनको नया ‘लुक’ तत्कालै ट्वीटरमा नम्बर १ मा ट्रेन्डिङ भएको थियो ।

यसरी पछिल्लो समय पुरुषहरुले दाह्री पाल्ने चलन अधिक लोकप्रिय भएपनि कतिपय महिलालाई भने दाह्री आकर्षक लाग्दैन जसपछाडिको कारण वैज्ञानिकहरुले पहिलोपटक पत्ता लगाएका छन् । 

दाह्रीले मान्छेलाई सुन्दर बनाउने वा कुरुप देखाउने भन्ने पुरुषहरुमै निर्भर हुन्छ धेरै अवस्थामा मुखै छोप्नेगरी पालिएको त्यही दाह्री फोहोरी पनि लाग्न सक्छ । 

वैज्ञानिकहरुका अनुसार विशेषगरी किरासँग डराउने महिलाहरुले दाह्री मन पराउँदैनन् ।  दाह्रीलाई अनाकर्षक मान्ने महिलाहरुले आफूले थाहै नपाइ अचेत अवस्थामा त्यसमा हुन सक्ने किटाणु वा जुम्रा लगायतका जीवाणुसँग डराउने गरेकाले नै उनीहरुले दाह्री भएका पुरुष नरोज्ने गरेको बताइएको छ । 

प्रत्यक्ष भन्न नसक्दा उनीहरुको अचेत मस्तिष्कमा त्यस किसिमको सोच हुने हुनाले नै दाह्री राम्रो नलाग्ने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ । 
प्राकृतिक रुपमा भने दाह्री लगायत शारीरिक विशेषताहरु विपरित लिङ्गलाई आकर्षित गर्नकै लागि विकसित भएका हुन्छन् जसकारण दाह्रीलाई सबैभन्दा राम्रो पुरुषत्व गुण मानिन्छ ।

यसबीच २०१३ मा गरिएको एक अनुसन्धानमा महिलाहरुले कुन स्तरको दाह्रीलाई सबैभन्दा बढी आकर्षक ठान्ने गरेको भन्नेबारे अध्ययन गरिएको थियो । 

यसमा सहभागी महिलाहरुले धेरै दाह्री भएकालाई सबैभन्दा बढी आकर्षक, थोरै भएकालाई दोस्रो स्थानमा राखेका हुन् भने दाह्री विहिन सफा अनुहारलाई चाहिँ कम आकर्षक भनि मूल्यांकन गरेका थिए । 

मंगलबार रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित नयाँ अध्ययनमा पनि पहिले त महिलाहरुले स्त्रीको जस्तो चिल्लो अनुहार भन्दा धेरै रौँ र दाह्री भएको पुरुषलाई आकर्षकको सूचीमा राखेका थिए । 

छोटो अवधि वा जीवनसाथी जुन सकुनै परिस्थितिमा पनि महिलाहरुले दाह्री भएकालाई नै बढी मन पराएका हुन् ।  तर यसबीच किरा र किटाणुहरुको विषय ल्याइएपछि भने उनीहरुको प्रतिक्रिया परिवर्तन भाएको हो । 

यसमा जीवाणुहरुप्रति बढी घिन मान्ने र किराहरुसँग डराउने महिलाहरुले दाह्री भएका पुरुषलाई अनाकर्षक वर्गमा राखेका थिए । यो निष्कर्ष वास्तवमा वैज्ञानिक हिसाबले पनि तार्किक साबित भएको बताइएको छ । 

किनकि हाम्रो शरीरमा रोगयुक्त जीवाणुको जोखिम कम गराउनकै लागि अन्य जीवको तुलनामा मान्छे कम रौँका साथ विकिसित भएको हो । 

त्यस्तै विभिन्न अवसरमा अमेरिका, चीन, न्युजिल्यान्ड, फिनल्यान्ड ब्राजिल, स्लोभेकिया, चेकोस्लोभाकियादेखि टर्कीसम्म गरिएका विश्वव्यापी सर्वेक्षणमा पनि महिलाहरुले पुरुषको छातिमा रौँ नभएको नै मन पराउने गरेको देखिएको छ । 

तर दाह्री पाल्ने बुवासँग हुर्किएका महिलाहरुले भने यसलाई आकर्षक मान्न सक्ने वैज्ञानिकहरु बताउँछन् । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top