खै यस्तो माहोलमा दशैंका खुसिहरू साटिएलान र ?


Monday, 19 Oct, 2015 10:37 AM

हेमन्त ऋतुको सुरूवात सँगै नेपालीहरूको महान चाड विजया दशमीको आगमन भर्खरै हाम्रो घरआँगनमाआइरहेको छ छ | हिमाल, पहाड र तराई सबै क्षेत्रमा बसोबास गर्ने हिन्दुहरूको महान पर्व यो उत्साह र उमड•गको सुगन्ध छर्दै सदभाब र एकताको दिप जलाउँदै आईपुगेको छ |  स्वदेश तथा विदेशमा छरिएर  रहेका सबै नेपालीहरू  उल्लाहस पुर्ण वाताववरणको  साथ दशैको  स्वागतमा जुटिरहेका छन |  असत्य माथि सत्यको विजय हुन्छ भन्ने  मान्यताको साथ मनाउँने यो पर्वले सबैलाई उत्साहित् बनाएको छ | दशैले एकता र सदभाब , सामाजिक  , सांस्कृतिक  मुल्यमान्यता अनि आफ्नै मौलिक पहिचान  बोकेको छ | दशै आफ्नो आर्थिक हैसिएत अनुसार केटाकेटी र बुढाबुढीहरूलाई नयाँ लुगा लगाउँन दिने ,  मासुका मिठामिठा परिकारहरू खाने र खुवाउँने   , पिंग खेल्ने , चंगा उडाउँने अनि आफन्तजनसँग रमाईलो भेटघाट गर्दै एकआपसमा खुसिहरू बाड्ने यो पर्व  हिन्दुहरूको महान पर्व हो | 

के साँच्चै  यस्तै होला त यसपालिको दशै ? के आफन्तजनसँग सहजै खुसि बाड्न पाइएला त ?
कतै हामी जस्ता गरिवले  नयाँ लुगा लगीउँने , मासु खाने अनि आफन्तसँग भेट्ने  सपना  सपनामा नै सिमित हुने हैन ?
नयाँ वर्षको सुरूवात सँगै  प्रकृतिले हामी माथि  गरेको अकल्पनिय हमला साच्चै सम्झदा पनि मुटु चिरिएर  आखाँ रसाउँन  थाल्दछ | यहि ब्रजपातले हामी लाखौँ घरवार बिहिन  , हजारौं आफन्त विहिन र अपाड्•ग बन्न पुग्यौँ | त्यस्तै हामी नेपालीको पहिचान बोकेको एेतिहासिक  संस्कृतिक  धरोहरहरूलाई ईतिहासको पानामा  सिमित  बनाईदियो |  खै कुनै बेला त दैब पनि  कति धेरै निष्ठुर बन्दो रहेछ  | 
जतिसुकै निष्ठुर बनेपनि यो वीर गोर्खालीको सन्तान किन पछि  हट्थ्यो र | त्यो ब्रजपातलाई पैतालोमा राख्दै  दु:ख,  पिँडा  अनि सड्•घर्षका  चोटहरूलाई मलमपट्टि गर्दै फाटेका ति मनहरूलाई सिलाउँदै अघि बढ्न कति पनि पछि परेन गोर्खाली | बरू एकले अर्कोको हात समाउँदै , हातेमालो गर्दै , दु:खका आँसुहरू पुछ्दै ,सड्•घर्षका पाइलाहरूलाई अगाडि बढाउँदै ,जे छ त्यसैमा खुसि हुँदै आगाडि बढेका हामी नेपाली साच्चै यसो सोचि हे रौं त  कति महान अनि सहासिला रहेछौं हामी |

आसै आसमा अडिएको  जिन्दगी भने झै  प्राकृतिक विपत्तिको त्यो हमलाले छोड्न नपाउँदै सरकारले लगभग एकदशक देखि पुरा गर्न नसकेको जीम्मेवारि पुरा गर्ने घोषणा गरे लगत्तै सम्पुर्ण नेपालीमा एक प्रकारको उत्साहरूपि हौसला  आम जनमानसमा पुर्ण आगमन  हुनथाल्यो |  देशमा नयाँ संविधान  घोषणा हुने खबर सँगै देशले त्यो अकल्पनिय क्षेतिलाई न्युन गर्दै देश  विकासमा अार्थिक क्रान्तिको गतिले  कोल्टे  फेर्ने    अासाको साथै  राजनितिक , सामाजिक तथा न्यायीक जस्ता क्षेत्रहरूले  अब नयाँ गति लिने भयो भन्ने सोच सबैले राखेँ | यो सोच राख्नु सामान्य नै थियो हाम्रो लागि  तर संविधानको घोषणा हुनु अगाबै देशको तराई तथा विभिन्न क्षेत्रमा आन्दोलनले तिब्रता दिन थाल्यो | यहि आन्दोलनमा आन्दोलनकारिहरूले देशको लागि आफ्नो व्यक्तिगत स्वार्थ  खुसिहरूलाई छाडेर भोक निन्द्रा नभनि अहोरात्त्र राष्ट्र सेवामा समर्पित ति नेपाल आमाका महान सपुतहरूलाई ज्युँदै भाला रोपेर आगो लगाउँन समेत पछि परेनन् |छि कति धेरै मानबता हराएको होला ति आन्दोलनकारिहरूमा | यो बेला देश नै शोकमा डुबेको छ , सबै स्तब्ध छन् | फेरि पुर्ण एकपटक  यो तराई आन्दोलनले देशको माहोल शोकमा  परिवर्तन गरिदियो |   स्थितिले सबैलाई  मौन  बनाइदियो | तराईमा दिनदिनै एकपछि अर्को हिंसात्मक घटनाहरू घट्न थाल्यो , कर्र्फ्यु लाग्न थाल्यो | जताततै बन्दले त्यहाको जनजीवन अस्तव्यस्त तथा हाहाकार पुर्ण बनाईदियो |  यो आन्दोलनले तराई वासिहरूको जीवनशैलि पिंजडामा बन्दि बनाईएको सुगा झै भएर  ज्युँन बाध्य बनाईरहेको छ |  यसै घटनाहरूसँग जुध्दै सरकारले आफ्नो कार्यलाई निरन्तरता दियो | सहमति र सहकार्य गर्दै बहुमतले संविधान घोषणा गर्ने तर्फ  लाग्यो | सकेसम्म सबैको अधिकारलाई संविधानमा सुनिस्चित गर्ने तर्फ अग्रसर देखियो |   एउटा भनाई छ नि नेपालीमा "एउटै हातका पाँच औंला त बराबर हुदैनन् ",  कसरि  सबैको माग कार्यन्वायन हुन्छ होला  र ??  यो त हामी जस्ता सचेत वर्गले सेच्नु पर्ने विषय  थियो | नभन्दै त्यो एकदशक देखिको प्रतिक्षाको धडि उत्साह उमड्•ग हौसलाको  साथ हामी नेपाली माझ आईपुग्यो असेज ३  सबै  नेपालीहरू यसलाई स्वागत गर्नमा व्यस्त  देखिन्छ्न | पुराना ति चोटहरूलाई विर्सदै  यसैमा उत्साहित हुदै हौसलाको साथ  रम्न पुगे नेपालीहरू पुर्ण एकपटक | नयाँ संविधान जारि सँगै देशमा नयाँ माहोल  सिर्जना भएको छ | देशमा शान्ति सुरक्षा तथा दिगो विकासको अपेक्षा गर्दै  सबै राष्टिय तथा अन्तराष्टिय स्तरबाट बधाई तथा सुभकामना शन्देसहरू नेपालीले पाउँन थाले |  सबैले नेपाली प्रति  विस्वास  अनि केहि अपेक्षाहरू  राख्न थाले |  त्यस्तै आम नेपालीहरूमा  पनि आसा अनि उत्साहको किरण झुल्किन थाल्यो |  विस्तारै देशको विभिन्न शहर तथा  राजधानितिर संविधानलाई स्वागत गर्न सबै दिपावली तर्फ व्यस्त रहे  चोकचोकमा राष्टियता झल्कने नक्सा कोर्दै , चन्द्रसुर्य अड्•कित झन्डाहरू फरफराउँन थाल्यो |   स्वागत गितहरू राष्टिय भावको साथ गुन्जिन  थाल्यो |  अझ काठमान्डौरो मुटु मानिने नयाँ बानेस्वरको  माहोल त  हेरिरहु झै थियो |   एकातर्फ आफ्नै शैलिमा दिपहरू जलेर, फुलहरूले सुगन्ध छर्दै  अनि राष्टिय झन्डा फरफराउँदै  नायाँ संविधानको स्वागत गरिरहेको देखिन्थ्यो भने   अर्को तर्फ  हजारौं सुरक्षाकर्मीहरूको बिचमा  राष्टियताको भाब झल्कने गितहरू गाउँदै नाच्दै आफ्ना खुसिहरू  बाड्न तल्लिन थिए एकआपसमा नेपालीहरू |
तर "अभागिलाई जता गएपनि  ठक्करै ठक्कर" भनै झै नयाँ संविधानलाई प्राप्त  गरेको खुसिहरू सेलाउँन नपाउँदै   छिमेकि राष्ट्र भारतले गरेको अघोषित नाकाबन्दिले  एकहप्ता वित्न नपाउँदै देशको प्रमुख शहरहरूमा हाहाकार र कोलो बजारिले  चरम सिमा नाघिसकेको छ |  एकठाउँबाट अर्को ठाउँ जाने  सवारिसाधन तथा अत्यावश्यक वस्तुहरूको अभाव छ | झन नजीकिदै गरेको दशै त हामी जस्ता गरिवको  लागि दशा नै बनेर आएको छ |

खै यस्तो माहोलमा   कसरि खुसिहरू साटिएलान त ? 
जे  जस्तो भएपनि आसाको दिपहरू  निभ्न नदिनु हामी सबैको कर्तव्य हो |  साथै खुसिहरू साट्ने माहोल छिट्टै सिर्जना होस्   भन्ने अपेक्षाको साथ सम्पुर्ण नेपालीहरूमा  शुभ विजया दशमिको हार्दीक मड•गलमय सुभकामना  व्यक्त गर्दछु |

अन्तमा देशको युवावर्गहरू अवसर वादी बनिदिनाले   आज सम्पुर्ण क्षेत्रमा विदेशिको मुख  ताक्नु पर्ने  अवस्था सिर्जना भएको छ |  आज सिर्जनशिलता  त हामी  युवा वर्गमा  छदैछैन आजभोलि  कुनै नयाँ कुराको सिर्जना  गर्नु भन्दापनि  सामाजिक सञ्जालहरूमा  राष्ट्रवादको भाषाण छाडेर  अरूलाई नानाभाति  गालि दिनमा नै  हामी व्यस्त छौँ  |
राष्ट्र संकटमा छ आज यसको समाधान कसरि गर्ने भन्ने कुराको कसैमा पनि चिन्ता देखिदैन |  एकले अर्कोको कुरा काट्नमा नै हामी आजभोली व्यस्त छौं |  भारतले नाकावन्दि गर्यो  यस बाट नयाँ पाठ सिकेर  कसरि  परिवर्तन  हुने वा गर्ने  भन्ने जस्ता सोचको हामीमा अभाब छ | 
  अनि के हामी अब आत्मानिर्भर नबन्ने त , कि सधै अरूकै भर परिरहने ???
मोटरसाईकलको अगाडि राष्टिय झन्डा राख्दैमा के  हामी स्वावलम्वी नेपाली  हुन्छों त ??? एकपटक हामी युवा वर्गले सोच्नु पर्ने र परिवर्तन गर्नु पर्ने कुराहरू यि र यस्तै हुन् |
साथै नयाँ संविधानसँगै नयाँ सरकार गठन भएको छ  सफल कार्यकालको लागि सुभकामना  अनि अन्य राजनितिक दल तथा  कार्यकर्ताहरूमा पनि सत्ता गिराउने र जुटाउने खेलमा नलागि  तराईको आन्दोलन तर्फ ध्यान केन्द्रित गर्दै यो चरम आर्थिक मन्दि तथा हिसांत्मकमय  वातावरणलाई  समाधान गर्ने शक्ति माँ नवदुर्गाले प्रदान गरून् अनि अहिलेको आधुनिक युवावर्गहरूमा भाग्यमा होईन कर्ममा  र भ्रममा होईन श्रममा विस्वास गरेर  अगाडि बढ्ने  परिवर्तन शिल क्षमताको विकास  गरिदिउँन माता दुर्गा भबानिले    साथै सम्पुर्ण नेपालीहरूमा  नयाँ जागरणको साथ  शुभ विजया दशमिको हार्दीक मड•गलमय सुभकामना व्यक्त गर्दछु ||||
       अनिष्मा बस्नेत 
      भक्तपुर नेपाल



global ime

runner bike

राजनीति

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए । 

अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश फुँयालको इजलासमा

१२ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ । नेता सापकोटालाई सभामुखमा निर्वा्चित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश त्रिपाठीको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले ‘बर्थ टुरिजम’ रोक्ने, गर्भवतीलाई भिसामा कडाइ

१२ माघ, काठमाडौं । अमेरिकाले ‘बर्थ टुरिजम’(जन्म पर्यटन)लाई अब रोक्ने भएको छ ।  यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने, अमेरिकामा बच्चा जन्माउने र त्यसको उद्देश्य  आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने चलन रहेको बताइएको छ । तर, शुक्रबारदेखि अमेरिकी विदेश मन्त्रालयले अब त्यसो हुन नदिने भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार अब गर्भवतिले पहिलो प्राथमिकता बच्चा जन्माउने भन्दा पनि अमेरिकामा अरु नै काम भएको देखाउनुपर्नेछ । साथै अमेरिकाले स्वास्थ्य उपचार सम्बन्धी आउने मानिसमा पनि कडा गर्ने भएको छ । यसका लागि भिसा आवेदकले आफ्नो खर्च बर्चको जानकारी पहिला नै जानकारी गराउनुपर्नेछ । 

भारतले आज ७१ औँ गणतन्त्र दिवस मनाउँदै, ब्राजिलका राष्ट्रपति प्रमुख अतिथि

१२ माघ, काठमाडौं । भारतले आइतबार ७१ औँ गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको राजपथमा हुने परेडमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो प्रमुख अतिथि रहने छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले परेडमा उपस्थित भएर सलामी लिने छन् । परेड ९० मिनेटसम्म चल्ने छ । यसमा सैन्यकला सँगै देशको सांस्कृतिक, सामाजिक तथा आर्थिक स्थितिबारे पनि विभिन्न झलकहरु देखाइने छ ।
यो वर्षदेखि राष्ट्रिय युद्ध स्मारकलाई पनि परेड कार्यक्रममा समेटिने भएको छ । यसअघि प्रधानमन्त्रीले अमर जवान ज्योतिमा पुष्पाञ्जली अर्पण गर्थे तर यो पटक प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध स्मारक जाने छन् ।

चीनले सबै प्रकारका पर्यटकीय गतिविधि स्थगित गर्ने

१२ माघ, काठमाडौं । कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ ।  आन्तरिक पर्यटकीय गतिविधि भने गएको शुक्रबारदेखि नै स्थगित गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र हुँदै गएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा चीनले गम्भीर अवस्थाको सामना गरिरहेको बताएका थिए । 
चीनको ट्राभल एजेन्सी सङ्घले भनेको छ, ‘भ्रमणको क्रममा बीचैमा रहेका यात्रुहरुले भने आफ्नो यात्रा अघि बढाउन सक्छन् तर त्यसका लागि ट्राभल एजेन्सीले आफ्ना यात्रुहरुको स्वास्थ्यका बारेमा निरागानी राख्नु पर्ने छ ।’

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top