ghaderi
esewa

डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटीहरु


Thursday, 31 Jan, 2019 5:01 PM
केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे भने थाहा नहुन सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।
१. ‘बोर फिल’ हुन दिँदैनन 
रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी प्राप्त हुन्छ । यही कारण केटीहरु यस्ता केटासँग नै डेटिङ जान चाहन्छन् ।

२. ‘अब्जर्भेसन स्किल’ राम्रो हुन्छ 
हाँसो–ठट्टा गर्ने मानिसहरुको अब्जर्भेसन (अवलोकन) गर्ने क्षमता निकै राम्रो हुन्छ ।  उनीहरु आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै ध्यान दिन्छन् र उनीहरुबारे बुझ्छन् पनि । त्यसैकारण उनीहरु सधैं कुनै न कुनै कुराको मजाक बनाइराख्छन् । तपाईंले एकपटक त्यस्ता व्यक्तिलाई घर लैजानुहोस् त अनि हेर्नुहोस, महिनौंसम्म उनीहरुले कसरी स–साना कुरामा तपाईंको मजाक बनाइरहनुहुन्छ र तपाईं हाँसिरहनु हुनेछ ।

३. धेरै सामाजिक हुन्छन् यस्ता मानिसहरु
हाँसो–ठट्टा गर्ने व्यक्ति निकै सामाजिक हुन्छन् । रमाइलो गर्ने व्यक्ति कुनै पनि पार्टीका महत्वपूर्ण व्यक्ति हुन्छन् । उनीहरु कुनै पनि परिस्थितीलाई राम्रो मजाक बनाइदिन्छन् । रमाइलो गर्ने व्यक्तिको सबैभन्दा राम्रो पक्ष उनीहरु निकै सामाजिक हुन्छन् ।

४. अनुहारमा हाँसो ल्याइदिन्छन
कुनै फन्नी व्यक्तिसँग तपाईं धेरैबेरसम्म रिसाइराख्न सक्नुहुन्नँ । उनीहरुले यस्तो व्यवहार गरिहाल्छन् जसले तपाईंको रिस बिर्साइदिहाल्छ । यी स–साना कुराहरुले एक–अर्काप्रति झुकाव र लगाव बढिरहन्छ । त्यसकारण पनि केटीहरु यस्ता केटा रुचाउँछन् ।

५. रचनात्मक हुन्छन 
कुनै पनि वस्तुलाई नयाँ दृष्टिकोणबाट हेर्न सक्ने खुबी यस्ता व्यक्तिमा हुन्छ । यो एक प्रकारको रचनात्मक गुण हो जुन केटीहरुले रुचाउँछन् । हरेक कुराको मजाक बनाउनका लागि उनीहरुलाई विभिन्न जानकारी हुन्छन् । यस्ता मानिसहरु थुप्रै व्यक्तिको नक्कलसमेत गर्न सक्छन् ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

१० वैशाख, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताएका छन । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर अघि बढ्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारभन्दा प्रदेश सरकार नयाँ भएकाले यो एकवर्ष संरचना र ऐन नियम 

प्रचण्डको आग्रह-मुलुकमा फेरि विद्रोह हुने भ्रम नपाल्नु

१० वैशाख, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी/जनजाति समूदायलाई आग्रह गरे। उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको जिकिर गरे।मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले 

प्रधानमन्त्री ओली भन्छन्-समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वास चाहिन्छ

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन्। प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए। ‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही 

अन्तर्राष्ट्रिय

फिलिपिन्समा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

१० वैशाख, फिलिपिन्स । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो। उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन। हिजो सोमबारमात्र फिलिपिन्समा ६ दशमलब

फिलिपिन्समा शक्तिशाली भूकम्प

९ वैशाख, मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले 

युक्रेनको नयाँ राष्ट्रपतिमा हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की

९ वैशाख, युक्रेन । देशको कार्यकारी पद सम्हालेको अभिनय गर्ने कलाकारले साँच्चै त्यही जिम्मेवारी पाए भने के गर्लान् ? धेरै कलाकारले यो प्रश्नको उत्तर खोजिराख्नु पर्दैन। किनकी उनीहरू त्यो अभिनयलाई कामको अंगमात्र ठान्छन्। कलाकारिता छोडेर सक्रिय राजनीतिमा आउँदैनन्, आए पनि चुनाव जित्न सक्दैनन्। तर पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार भोलोदमिर जेलेन्स्कीका लागि भने अब यो प्रश्नको उत्तर नखोजी सुख छैन। किनकी केही समयअघिसम्म टेलिभिजनमा संयोगवस राष्ट्रपति बनेको पात्रको भूमिका निर्वाह गरिरहेका उनी साँच्चै युक्रेनको राष्ट्रपति

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top