खराव निर्णयको एक कारण–बढी व्यस्तता !


Monday, 9 Dec, 2019 9:48 AM
२२ मंसिर, काठमाडौं । हामी जति धेरै दबाबमा हुन्छौँ त्यति नै हाम्रो मानसिक क्षमतामा कमी आउँदै जान्छ । यसको अर्थ हामी गलत काममा केन्द्रित भइरहेका हुन्छौँ र अन्त्यमा आफूले चाहेको नतिजा प्राप्त गर्न सक्दैनौँ । प्रायः अवस्थामा मानिसहरु जुन समय अत्यधिक व्यस्ततापूर्वक काम गरिरहेका हुन्छन् त्यही दिन उनीहरुले सोचेअनुरुप काम हुँदैन जसकारण पछिसम्म पछुतोको भावना रहिरहन्छ । 

यस्तोमा हामी अर्को दिन केही फरक होला भन्ने आशाका साथ उत्साहपूर्वक काममा आउछौँ तर फेरि पनि त्यही प्रक्रियामै अगाडि बढिरहेका हुन्छौँ । 

‘कार्यालय जीवन सन्तुलन’ सम्बन्धी लामो समयदेखि अध्ययन गरिरहेकी अमेरिकी अनुसन्धानकर्ता एन्टोनिया भिओलान्तेका अनुसार सबै कार्यस्थलमा एक किसिमको नियमित ‘प्याटर्न’ अर्थात क्रमबद्ध शैली अपनाइएको हुन्छ जस अनुरुप सबै काम हुन्छ । र यसमा सो शैली कत्तिको उत्पादनशील साबित भइरहेको छ भन्ने ख्याल नगरि दैनिक त्यही प्याटर्न दोहोरिरहने चलन सबैतिर व्यापक छ । 

व्यवहारिक विज्ञान सम्बन्धी वैज्ञानिक र उनीजस्ता विश्लेषकहरुले यसलाई ‘टनेलिङ’ को नाम दिएका छन् । भिओलान्तेका अनुसार जब हामी अत्यन्तै तनावग्रस्त र निश्चित समय सिमाको दबाबामा हुन्छौँ तब एउटा ‘टनेल अर्थात् सुरुङमा भएजस्तै हाम्रो ध्यान र बौद्धिक क्षमता संकीर्ण हुँदै जान्छ । 
यो कुनैबेला राम्रो पनि साबित हुन सक्छ जसले हामीलाई महत्वपूर्ण काममा पूर्ण केन्द्रित रहन मद्दत गर्दछ । 

तर टनेलिङको नकारात्मक पक्ष बढि छ । जब हामी व्यस्तताको अवस्थामा समयको अभावबाट गुज्रिन्छौँ, हामी आत्तिन सुरु गर्छौँ र हामीसँग अति आवश्यक कुरालाई मात्र ध्यान दिन सक्ने शक्ति बाँकी रहन्छ । 

जसले सानो तर उत्तिकै महत्वपूर्ण कामहरुबाट हाम्रो ध्यान हटाइदिन्छ र अन्ततः गलत निर्णयलाई जन्म दिन्छ ।  

तरपनि सबै मान्छे व्यस्त र उत्पादनशील हुन मन पराउँछन् । एक अध्ययनका अनुसार मान्छेहरु काम नगरि बस्नु भन्दा आफूलाई विद्युतीय झट्का दिनेको समर्थनमा छन् । 

तर त्यही व्यस्तताको भावना प्राप्त गर्न हामी अनावश्यक काममा समय बिताउन पुगिरहेका हुन्छौँ । यसको उदाहरण हो इमेल र सामाजिक संञ्जाल । २०१५ को अध्ययन अनुसार बारम्बार मेल चेक गरिरहनेहरुको तुलनामा एउटा निश्चित तालिका निर्धारित गरि इमेल र सामाजिक सञ्जाल चलाउने बढी खुसी र कम तनावमा हुन्छन् । 

समय अभाव र गलत निर्णयका विषय पहिलोपटक गरिबी सम्बन्धी अध्ययन गर्दा उठाइएको थियो । व्यवहारिक विज्ञानका अनुसन्धानकर्ताहरुले गरिब मानिसहरु किन उच्च ब्याजमा ऋण लिने वा लोटरी, जुवा खेल्नेलगायतका गलत विकल्प छनोट गर्छन् भन्ने बुझ्न भारतका कृषकहरुमा निकै लामो अध्ययन गरेका थिए । 

यसमा खेतीबाट राम्रो उत्पादन भएको समयमा किसानहरु राम्रो अवस्थामा हुने गरेको तर खेती नभएको समयमा पैसाको अभाव हुँदा चाहिँ उनीहरुको मानसिक क्षमतामा गिरावट आउने गरेको पाइएको हो । यसरी उत्पादन बढेको समय र पछि पैसाको अभाव हुने समयबीच उनीहरुको ‘आइ–क्यु’  १३ अंकले घटेको थियो । 

अक्सफोर्डमा व्यवहारिक अर्थशास्त्रका प्रोफेसर आनन्दी मनिका अनुसार समयको र पैसाको अभावको एकअर्कासँग प्रत्यक्ष सम्बन्ध छ । 

जस्तै युनिभर्सिटी अफ सिकागोका प्रोफेसर अनुज शाहको अनलाइन गेमको अनुसन्धानमा खेलाडीलाई धनी र गरिबको वर्गमा छुट्याइएको थियो । 

जसमा गरिबहरु पहिले त आफूसँग भएका श्रोतबारे अत्यन्तै सतर्क थिए र सही उपयोग गरिरहेका थिए । 

तर समय कम हुँदै जाँदा उनीहरुको ध्यान तत्काल खेलिरहेको राउन्डमा मात्र केन्द्रित रह्यो जसकारण उनीहरुले भविष्यका लागि राम्रो रणनीति बनाउन सकेनन् र भयानक निर्णयहरु पश्चात् उनीहरु नराम्ररी पराजित हुनु पर्यो ।  त्यसैले सबै मानिसहरुले समयलाई निश्चित र सीमित स्रोतका रुपमा पहिचान गरि तत्कालका लागि कम जरुरी देखिए पनि दिर्गकालीन रुपमा ठूलो भूमिका खेल्न सक्ने काम पहिले पूरा गर्ने प्रयास गर्नुपर्छ । 

उनी भन्छन, ‘समय कम छ भन्ने बित्तिकै हामी नराम्रो अवस्थामा पुगिसक्यौँ भन्ने बुझ्नुपर्छ । तर हामीले अगाडि नै समय राम्ररी व्यवस्थित गर्न सक्यौँ भनेचाहिँ भविष्यमा त्यो अवस्थाबाट बच्न सक्नेछौँ ।’


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

विप्लव समूहका २ जिल्लास्तरीय नेता रौतहटबाट पक्राउ

१४ माघ, रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् ।  उनीहरूलाई चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्ने क्रम बढेको छ । अहिलेसम्म एक हजारभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले धरपकडलाई गति दिएसँगै विप्लवका कार्यकर्ताहरुले आफ्ना गतिविधिलाई तीब्रता दिएका छन् । 

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए । 

अन्तर्राष्ट्रिय

फनेल वेब स्पाइडर, १५ मिनेटमै जान्छ मानिसको ज्यान

१४ माघ, काठमाडौँ।
आगोका कारण निकै ठूलो संकट देखिएको अष्ट्रेलिया फेरि माकुराका कारण  संटकमा परेको छ। अष्ट्रेलिया देखिएको  फनेल वेब स्पाइडर नामको  माकुराले टोक्दा १५ मिनेटमा मानिसको मृत्यु हुने अष्ट्रेलियाका  सञ्चारमाध्यमहरूले उल्लेख गरिएका छन् । अष्ट्रेलियाको जंगलमा लागेको आगोका समयमा उक्त माकुरा जमिनभित्र छिरेको तर अहिले भारी वर्षापछि आएको बाढीका कारण उक्त माकुरा शहरतिर भाग्न बाध्य भएको बताइएको छ।

आप्रवासीलाई कडाई गर्ने ट्रम्पको नीति कार्यान्वयन गर्न अमेरिकी सर्वोच्च अदालतले दियो स्वीकृति

१४ माघ, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने नीति लागु गर्न स्वीकृति दिएको छ। अदालतको यस फैसलासँगै ट्रम्पले आफू अनुकुल आप्रवासी नीति बनाउने बाटो खुल्ला भएको छ। यसअघि अमेरिकाको तल्लो अदालतको ट्रम्पको आप्रवासी नीति कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चमा भने तल्लो अदालतको आदेशको पक्षमा चार न्यायाधीश र विपक्षमा पाँच न्यायाधीशले मत दिएका थिए।

भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा

१४ माघ, काठमाडौं । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ । नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ । एअर इन्डियाको आठ अर्ब डलर ऋणमध्ये खरिदकर्ताले तीन अर्ब डलरभन्दा बढी तिर्नुपर्ने हुन्छ । एअर इन्डियाको शेअर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना हो तर सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन् । सरकारको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको शत प्रतिशत स्वामित्व बेच्ने हो । सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ताको आकर्षण नभएको ठानिन्छ ।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top