दिल्ली प्रहरीको विरोध प्रदर्शन ११ घण्टामा टुंगियो


Wednesday, 6 Nov, 2019 10:27 AM
२० कात्तिक, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा करिब ११ घण्टासम्म चलेको प्रहरीको विरोध प्रदर्शन उच्च अधिकारीहरुले आश्वासन दिएपछि टुंगिएको छ ।  दिल्लीको तीस हजारी अदालत परिसरको बाहिर गएको शनिबार प्रहरी र वकिलका बीचमा झडप भएपछि मंगलबार दिउँसो ठूलो संख्यामा प्रहरीहरु दिल्ली पुलिस हेडक्वार्टरको बाहिर प्रदर्शन गरेका थिए ।

राति करिब ८ बजे दिल्ली प्रहरीले आफ्नो धर्ना अन्त्यको घोषणा गरेका थिए । उनीहरुलाई कुनै लिखित आश्वासन नदिइए पनि माग पूरा गर्ने वचन दिइएको जनाइएको छ ।

उनीहरुलाई दिल्ली हाइकोर्टमा तीस हजारी कोर्टको बाहिर भएको हिंसाका बारेमा पुनर्विचार याचिका दर्ता गर्ने आश्वासन दिइएको छ ।  धर्नामा बसेका प्रहरीले प्रहरी संघ बनाउन पाउनुपर्ने, घाइते प्रहरीको उपचार हुनुपर्ने, निलम्बित प्रहरीलाई बहाली गर्नुपर्ने, वकिलको विरुद्धमा कारवाही गर्नुपर्ने र उनीहरुको लाइसेन्स फिर्ता लिनुपर्ने माग गरेका थिए । 

तीस हजारी कोर्टमा शनिबार वकिल र प्रहरीबीच पार्किङ्गको विषयलाई लिएर झगडा भएको थियो ।  


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक बिदा

११ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

प्रधानमन्त्रीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

११ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् ।

एमसीसी सम्झौता परिमार्जनसहित अनुमोदन हुन्छः प्रचण्ड

१० फागनु, नवलपुरः
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन एमसिसी परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय

कोरोनाभाइरस : चीनमा बिरामी घट्दै, अन्त बढ्दै

१० फागुन, काठमाडौ । चीनमा कोरोनाभाइरसका बिरामीको संख्या कम हुँदै गएको छ । तर दक्षिण कोरिया, इटाली र इरानसहित विश्वका अरु देशका भने कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएका पाइएको छ । अहिलेसम्म चीनबाहिर ८ जनाको ज्यान गएको र विश्वका २६ देशमा १२ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । आजमात्रै दक्षिण कोेरियामा १ सय ४२ जना कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छन् ।

९ वर्षीय भयवित बालकको निर्मम कहानी

१० फागुन, काठमाडौं । ९ वर्षीय बालक, जो मर्न चाहन्छन् । कारण– अरुको हेपाई । यो घटनाले जोकसैको आँखाबाट आँशु झार्छ । बालककी आमाले हालै सार्वजनिक गरेको भिडियो अहिले विश्वव्यापी भएको छ । बालक हुन्, अस्ट्रेलियाका क्वाइडन बेयल्स । स्कूलमा उनीमाथि भएको बुली (हेप्ने र सताउने)का कारण उनी विछिप्त छन् । बेयल्सको शारीरिक अवस्थालाई लिएर हेप्ने काम भएको हो । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top