kantipur mall

मुम्बईसँग पराजित भयो दिल्ली, सन्दीप लामिछाने बेञ्चमै !


Friday, 19 Apr, 2019 8:21 AM
६ बैशाख, काठमाडौं  । इन्डियन प्रिमियर लिग‘आईपीएल’को बिहीबार राति भएको खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले नमिठो हार व्यहोरेको छ । अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो । 

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले टस जितेर पहहिले ब्याटिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो । यस खेलमा पनि सन्दीप लामिछानेलाई मौका दिइएको थिएन । दिल्लीले यस सिजनका ९ खेल खेल्दा सन्दीपलाई ४ खेलमा मात्रै खेलाएको छ । आइतबार मुम्बईविरुद्धको खेलमा सन्दीपलाई उतार्ने आशा गरिएको थियो । कोट्ला मैदान स्पीनरहरु चल्ने मैदान मानिन्छ । स्पीनर मैत्री मैदानमा सन्दीपलाई नउतार्नु दिल्लीको कमजोरी बन्यो ।

मुम्बईविरुद्धको खेलमा दिल्लीले अक्सर पटेल र अमित मिश्रा दुई जना स्पीनरलाई मात्रै टोलीमा समावेश गरेको थियो । दुवै स्पीनरले उत्कृष्ट बलिङ गरे ।  पटेलले ४ ओभर बलिङ गर्दा जम्मा १७ रन दिएर १ विकेट लिए भने मिश्राले पनि ३ ओभरमा १८ रन मात्रै दिएर १ विकेट लिए । सन्दीपको सट्टामा खेलाइएका वेस्ट इन्डिजका किमो पउल र दक्षिण अफ्रिकाका क्रिस मोरिस निकै महंगो सावित भए । पउलले ३ ओभरमा ३७ रन र मोरिसले पनि  ३ ओभरमा  ३९ रन दिए र कुनै विकेट लिन सकेनन्। ब्याटिङतर्फ मोरिसले ९ बलमा ११ रन बनाए पनि पउल शुन्य रनमै रन आउट भए । उता मुम्बईले भने दिल्लीको इङिन ध्वस्त बनाउन तीन स्पीनरको प्रयोग र्गयो ।

राहुल चहर, जयन्त यादव,  क्रुनल पाण्डे दिल्लीविरुद्ध हावी भए फास्ट बलर मालिंगा सबैभन्दा महंगो सावित भए । दिल्लीका लागि शिखर धावनले बनाएको ३५ रन नै सबैभन्दा उच्च स्कोर बन्यो । कोलिन मुन्रो र कप्तान श्रेयस अयर ३–३ रनमा आउट हुँदा अर्का विस्फोटक ब्याट्सम्यान रिसब पन्त ७ रन बनाएर पेभिलियन फर्किए । ओपनर पृथ्वी शाले २० रन र अलराउण्डर अक्सर पटेलले २६ रनको योगदान गरे । 

खेलको हारपछि दिल्लीका कप्तान श्रेयस अयरले चेजिङका लागि २० रन बढि भएको प्रतिक्रिया दिए । मुम्बईका कप्तान रोहित शर्माले पनि १४० भन्दा माथिको स्कोर यस मैदानमा राम्रो स्कोर रहेको भने । 

यस खेलमा लेग स्पीनर सन्दीप लामिछानेलाई नउतार्नु दिल्लीको दुर्भाग्य बन्यो । अहिलेसम्म खेलेका आईपीएलका सातै खेलमा विकेट लिएका सन्दीपलाई टोलीमा समावेश गरेको खण्डमा अक्सर वा अमित कै औसतमा बलिङ गरेको भए पनि मुम्बईको स्कोर कम्तिमा २० रन कम हुन सक्थ्यो । अन्तिम ३ ओभरमा मात्रै दिल्लीका बलरले ५० रन दिए ।  किमो पउलले १८ औं ओभरमा १७, क्रिस मोरिसले १९ औं ओभरमा १५ र राबाडाले २० औं ओभरमा १८ रन दिए । 

 सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको मुम्बईको थप एक वा दुई विकेट मात्रै लिन सकेको खण्डमा पनि स्कोर कम बन्न सक्थ्यो । दबाबमा ब्याटिङ गरिरहेको मुम्बईका ब्याट्सम्यानमाथि सन्दीप लामिछाने हावी हुने सम्भावना धेरै नै थियो । दिल्लीका समर्थकहरुले कोट्ला मैदानमा स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश नगर्नु मुर्खता भएको भनि सामाजिक सञ्जालमा आलोचना गरेका थिए । दिल्लीले शनिबार कोट्ला मैदानमै पञ्जाबको सामाना गर्दैछ । यसमा सन्दीप अन्तिम ११ मा पर्ने सम्भावना धेरै देखिन्छ ।  हारपछि दिल्ली अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । मुम्बइको १२ र दिल्लीको १० अंक छ ।


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

२४ कात्तिक, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो ।

गणेशमान सिंहको १०५ औं जन्मजयन्ती

२४ कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ । दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ ।  साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्विप प्रज्वलन गर्ने कार्यक्रम छ । राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंंहको योगदानलाई अतुलनीय मानिन्छ । 

प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो । 

अन्तर्राष्ट्रिय

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

अष्ट्रेलियामा डढेलोमा परी तीनको मृत्यु, हजारौं विस्थापित

२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ। वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका बताइएको छ ।
सवैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको र मृतक संख्या बढ्न सक्ने बताइएको छ ।

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top