esewa

डेंगी र स्क्रब टाइफसको लक्षण उस्तै, घर वरपर सफा राख्न डाक्टरको सल्लाह


Wednesday, 11 Sep, 2019 11:51 AM
२५ भदौ काठमाण्डौ । काठमाण्डौमा डेंगीसँगै स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । डेंगी भएको भन्दै अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस भएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । 

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगी र स्क्रब टाइफसको लक्षण एउटै हुन्छ । अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु स्क्रब टाइफसका लक्षण हुन् भने उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, टाउको धेरै दुख्नु, खान मन नलाग्नु, जोर्नी तथा मांसपेशी दुख्नु लगायत लक्षण डेंगीको पनि हो । 

अहिले डेंगी सबैतिर फैलिरहेको तथा डेंगी र स्क्रब टाइफसको लक्षण उस्तै भएकाले धेरै जना डेंगी भएको भन्दै अस्पताल पुग्ने गरेका उहाँले जानकारी दिनुभयो । जमेको सफा पानीबाट निस्कने खैरो रंगको पोथी लामखुट्टेको टोकाइबाट डेंगी र झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस सर्ने भएकाले घर वरिपरी सरसफाइ गर्न डाक्टर पुनले सुझाव दिए । स्क्रब टाइफसका लक्षण देखिए तत्काल उपचार गराएर डक्सी साइकिलिन एन्टीबायोटिक क्याप्सुल खाए ४८ घण्टामा निको हुने, तर उपचार नगरे ज्यानै जाने जोखिम हुने डाक्टरको भनाइ छ । समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यानै जाने भएकाले समयमा उपचार गराउन डाक्टर पुनको सुझाव छ । 

यस्तै, व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्नु तथा मुसा, किर्ना, सुलसुलेलगायतका किरा नियन्त्रण गरे यो रोगबाट बच्न सकिने उहाँले बताउनुभयो । रोग सार्ने किरा जाडो र गर्मी महिनाको तुलनामा वर्षा याममा बढी सक्रिय हुने भएकाले वर्षातको समयमा स्क्रब टाइफसका बिरामी बढ्ने सरुवारोग विशेषज्ञ पुनले बताए । 

डेंगी भएको लक्षण भएमा घरमै झोलिलो खानेकुरा खाएर आराम गर्दा निको हुने डाक्टरले बताएका छन् । डेंगी लाग्दैमा आत्ति हाल्नु नपर्ने भन्दै घरमै सिटामोल र झोलिलो खानेकुरा खाएर आराम गर्न डाक्टरले सुझाव दिएका हुन् । केही समय आराम गरेपछि डेंगी निको हुने सरुवा रोग विशेषज्ञ पुनले स्पष्ट पार्नुभयो ।  डेंगीको संक्रमण फैलिने क्रम बढे पनि यसबाट जोगिन र संक्रमण भइहाले निको पार्न सकिने भएकाले नआत्तिन डाक्टरको सुझाव छ । डेंगी धेरैतिर फैलिँदा धेरैमा त्रास बढेको, तर डेंगी लाग्दैमा आत्तिहाल्नु नपर्ने डाक्टर पुनले बताए । डेंगीको सँक्रमण हुँदा ८÷१० दिन ज्वरो आउने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, टाउको धेरै दुख्ने, खान मन नलाग्ने, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिने तर डाक्टरको सल्लाहमा उपचार गर्दा निको हुने भएकाले आत्तिन नपर्ने तर बेलैमा स्वास्थ्यकर्मीसँग सम्पर्क भने गर्नुपर्ने उनले बताए । ज्वरो आउँदा सिटामोल मात्र खानुपर्ने तर फ्लेक्सन निम्सलगायतका सिटामोलको साथमा अरु तत्व पनि थप गरिएका औषधि भने खान नहुने उको भनाई छ ।  रोग प्रतिरोधात्मक क्षमता कम भएका र यसअघि पनि डेंगी भइसकेकालाई फेरि डेंगी भए बढी सतर्कता अपनाउनुपर्ने  डाक्टरको सुझाव छ । 

डेंगी सार्ने ‘एडिस एजिप्टाइ’ लामखुट्टे सफा पानीमा बस्ने तथा मानिसजस्तै बिहान उठ्ने दिनभरी सक्रिय हुने र बेलुका निष्कृय हुने गर्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगीबाट बच्ने सबैभन्दा राम्रो उपाय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको एनटीटी तथा भ्याक्टर बर्न रोग शाखाका प्रमुख डाक्टर घनश्याम पोखरेलले बताए । 


Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top