siddhartha

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !


Friday, 10 Nov, 2017 9:00 AM
केशबराज जोशी 
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । सुदुरपश्चिमबाट चुनाव जितेर उनी पटक–पटक प्रधानमन्त्री पनि भए । अन्ततः राजा ज्ञानेन्द्रले कु मार्फत सत्ता हातमा लिदा उनलाई असक्षम प्रधानमन्त्रीको संज्ञा दिए । तर ज्ञानेन्द्रले असक्षम भनेका शेरबहादुर देउवाले मुलुकलाई त बेलाबेला संकटमा फसाए नै संगसंगै आफ्नै सुदुरपश्चिमलाई पनि न्याय गरेनन् । देउवाका प्रमुख गल्तीहरु देखाउन खोजीएको छ । 

पहिलो गल्ती : देउवाको जीवनकै कलंकको रुपमा रहेको पहिलो गल्ती हो राष्ट्रघाती महाकाली सन्धि । जुन सन्धिले नेपाल र नेपालीको राष्ट्रियता र ,भावनामा चोट पु-याएको छ । २०५३ साल असोज ४ गते मध्यरातमा दुई तिहाइ भन्दा बढी सांसदहरुले अकस्मात पारित गरेको महाकाली सन्धि, २०५२ सालको माघ १९ गते शेरबहादुर देउवा दिल्ली भ्रमण जाँदा तत्कालिन भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावसंग द्विपक्षीय हस्ताक्षर भएको थियो । त्यो सन्धिले सुदुरले मात्र होइन देशले नै ठुलो क्षती व्योह-र्यो । 

दोश्रो गल्ती : राष्ट्रियता गम्भीर संकटमा परेको बेला उनले आफ्नै क्षेत्रमा पर्ने कालापानी र हालैको लिपुलेक सम्झौताबारे अहिलेसम्म मुख खोलेका छैनन् । चीन र भारतविच २०७२ जेठमा भएको लिपुलेक सम्झौताबारे शीर्ष तहको नेता भएर पनि नबोल्नु देउवाको दोश्रो ठुलो गल्ती हो । यसले सुदुरलाई मात्रै होइन,पुरै देशलाई पीडा दियो । देउवा प्रधानमन्त्री र काँग्रेस सभापति समेत हुन । 

तेश्रो गल्ती : २०५८ सालमा देउवा प्रधानमन्त्री थिए । मुलुकमा संकटकाल र माओवादी युद्धको अवस्था थियो । त्यही बेला उनकै निर्देशनमा शुक्लाफाटा वन्यजन्तु आरक्ष विस्तारका नाममा  कञ्चनपुरको रैकवार विचुवा,अण्डैया पटैया,बडनीखेडा,तारापुर लगायतका क्षेत्रमा वसोवास गरिरहेका हजारौ परिवारको घर भत्काए,सेना र हात्तिको प्रयोगबाट । तीमध्ये कतिपयलाई व्यवस्थापन गरियो भने २२ सय परिवार अहिले पनि जंगलको बास बस्न बाध्य छन् । उनीहरुले देउवालाई पटक–पटक भेटे पनि तर समस्या समाधान भएन । 

चौथो गल्ती : देउवामाथी थारु पहाडी समुदायबिच द्धन्द्ध गराउँन खोजेको आरोप छ । कैलाली कञ्चनपुरमा थारु समुदाय र पहाडी समुदायविच हिसां भड्किनुमा देउवाको इन्टेष्ट छ भन्ने बेलाबेला चर्चामा आइरहन्छ । तर हाइ लेवलको नेता भएर पनि सुदुर अखण्ड हुनैपर्छ भनेर अन्य समुदायको आत्मसम्मानमा उनले ठेस पु¥याएको आरोप उनीमाथी छ । उनले थारु पहाडी विचको द्धन्द्ध समायोजन वा व्यवस्थापन गर्न अभिभावकत्व निर्वाह गर्न सकेनन् ,जसको परिणाम कहिल्यै बिर्सन नसकिने कैलाली टिकापुर हत्याकाण्ड घट्न पुग्यो । 

पाँचौ गल्ती : पाचौ गल्ती हो सहिद भीमदत्त पन्तबारे । पन्तको जन्म पनि देउवाकै जन्मथलो डडल्धुरामा भएको हो । तत्कालीन शासनव्यवस्था विरुद्ध किसान क्रान्ति गरेका पन्तलाई २०१० सालमा टाउको काटेर विभित्सतापुर्वक हत्या गरियो । न्याय र समानताका लागि लड्ने भीमदत्त मारिदाको उमेर २७ वर्ष थियो । तर देउवा पटक–पटक प्रधानमन्त्री हुदा पनि उनलाई सहिदको दर्जा दिन सकेनन् । त्यसका लागि उनको आलोचना हुदै आएको थियो । परिणामस्वरुप भीमदत्त पन्तले मरेको ६० वर्षपछि सहिदको मान्यता पाए ।


Ruslan

paicho

bussewa

राजनीति

​यी हुन् एमाले माओवादीबीच भएका भागवण्डा, मन्त्रालयका सूचीसहित

 १० फागुन काठमाडौ। विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा  टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतको भनाई छ । 

ओलीसँग वार्ता सकिएलगत्तै प्रचण्डले किन बोलाए पूर्वहेडक्वार्टर सदस्यहरुको बैठक ?

१० फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पूर्वहेडक्वार्टर सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रचण्डले आफ्ना नेताहरुलाई खुमलटार निवासमा जम्मा हुन सर्कुलर जारी गरेका हुन् । बैठकका लागि नेताहरु खुमलटारमा जम्मा भएका छन् ।

पार्टी एकता र मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन, दुई कार्यदलको बैठक बालुवाटारमा जारी

१० फागुन, काठमाडौं । पार्टी एकताको प्रारम्भिक आधार तयार पारेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबारबाट एकताको थप गृहकार्य सुरु गरेका छन् । पार्टी एकताको लागि संगठनात्मक र प्रतिवेदन तयार पार्न बनाइएका दुई कार्यदलले आजबाट काम सुरु गरेका हुन्

अन्तर्राष्ट्रिय

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

१० फागुन, अबुजा । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिए । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

१० फागुन। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा 

भारतीय फिल्मस्टार हसानले खोले नयाँ राजनीतिक पार्टी

१० फागुन ।  भारतीय फिल्मस्टार कमल हसानले नयाँ राजनीतिक पार्टी खोलेका छन् ।भारतको दक्षिणी राज्य तामिलनाडूमा हसानले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन । ६२ वर्षका  हसानले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । सो राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top