siddhartha

देउवाले भारतसँग कोसी उच्चबाँध बनाउने सम्झौता भएको भनेपछि झस्किए प्रचण्ड


Wednesday, 13 Sep, 2017 5:07 PM

२८ भदौ, काठमाडौं ।
२ नं. प्रदेशको निर्वाचनमा मधेशी जनताको मत तान्ने होडमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले मनका कुरा फुकाउँदै गए । केही दिनअघिको बाढीले आक्रान्त सप्तरीका जनतामाझ राजबिराजमा उनले सीधा भने, ‘अब बाढीबाट मधेस डुबानमा पर्दैन, डुबान समस्या रोक्न भारतसँग सम्झौता भइसकेको छ ।’

देउवा यतिमै रोकिएनन्, अझै खुले । परर ताली पाइरहेका उनले फुत्काइहाले, ‘भारतीय प्रधानमन्त्री र बिहारका मुख्यमन्त्रीसँग पनि कुरा भइसकेको छ, बाढी नियन्त्रण गर्न कोसी हाइड्याम निर्माण हुनेछ ।’

देउवाले केही समयअघि भारत भ्रमणमा भएका घटनाक्रम बताएका थिए । तर, कोसी हाइड्याम (उच्च बाँध) निर्माण गर्न देउवाले भारतीय समकक्षीसँग गरेको गोप्य सहमति प्रमुख सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई थाहा रहेनछ क्यारे । सप्तरीमा देउवाले दिएको अभिव्यक्ति केही मिनेटमै प्रचण्डको कानमा पर्यो । किनभने, उनी पनि चुनावी अभियानमा सप्तरीको राजबिराजमै थिए । त्यसपछि प्रचण्ड देउवाप्रति असन्तुष्ट बने ।

देउवा बोलेको केही घण्टापछि राजबिराजमा पत्रकार माझ उनले भने, ‘बिना अध्ययन कोसी हाइड्याममा सहमति जनाउन उचित छैन । यो नेपालीको हितमा छ/छैन, विस्तृत अध्ययनपछि मात्रै कदम अगाडी बढाउनु पर्छ ।’ 

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा कोसी हाइड्यामको सहमति प्रक्रिया अगाडी बढाउने विषयलाई विज्ञप्तिमा समेटिए पनि सम्झौता पत्रमा भने समेटिएको थिएन । विगतदेखि चर्चामा रहेको कोसी हाइड्याम निर्माणका लागि भारतसँग सम्झौता भइसकेको देउवाले खुलाएपछि पहिलो आलोचक नै सत्ताका प्रमुख सहयोगी प्रचण्ड बने ।  

 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top