siddhartha

किन रोकियो देउवाको राजीनामा ?


Thursday, 15 Feb, 2018 7:38 AM
३ फागुन,काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन्। सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। देशवासीलाई सम्बोधन गरी बुधबार राजीनामा दिने देउवाको तयारी थियो। उनले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए। छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन्।

प्रधानमन्त्री सचिवालयदेखि केही कांग्रेसी नेताले बुधबार देउवाको बिदाइ सम्बोधन तयार पारेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सम्बोधन र राजीनामा सबै तयार पारेर बसे पनि सरकारको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयनमा ढिलाइ हुँदा रोकिएको जानकारी दिए।

‘सरकारले सिफारिस गरेका तीन सदस्यको नियुक्ति किन भएन भन्ने बुझांै भन्ने मन्त्रीहरूको पनि सुझाव आयो’, प्रवक्ता शर्माले भने, ‘राष्ट्रपतिले सरकारको सिफारिसअनुरूप मनोनयन नगर्दासम्म सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक नहुने कुरा आएकाले राजीनामा दिनु भएन।’ निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार भेटेर प्रतिनिधिसभाको नतिजा हस्तान्तरण गरेको छ।

कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आयोगले राष्ट्रपतिलाई नतिजा हस्तान्तरण गरेलगत्तै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई शीतलनिवास पठाएर राष्ट्रपतिसँग तीन सदस्यको सिफारिसबारे कुरा गर्न अह्राएका थिए। अर्थमन्त्री कार्कीले राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभामा ३ जनाको मनोनयन तत्काल गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस प्रवक्ता शर्माका अनुसार बिहीबार देउवाले देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिनेछन्।

बालुवाटारमा दिउँसो ३ बजेदेखि कांग्रेसका मन्त्रीसँग देउवाले राजीनामाका विषयमा छलफल गरेका थिए। निर्वाचन आयोगले राति ८ बजे राष्ट्रपतिकहाँ नतिजा हस्तान्तरण गर्ने समय लिएपछि ९ बजेसम्म सम्बोधनसहित राजीनामा दिने सल्लाह भएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए।

‘केही साथीले ३ जनाको मनोनयनबारे जिज्ञासा राखेपछि राष्ट्रपतिसँग सल्लाह गर्ने कुरा भयो’, उनले भने।

जेठ २३ मा माओवादीसँगको सहकार्यमा प्रधानमन्त्री भएका कांग्रेस सभापति देउवा आठ महिनापछि सरकारबाट बाहिरिन लागेका हुन्। देउवाको कार्यकालमा दुई चरणको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सफलतापूर्वक सम्पन्न भएको थियो। अन्नपुर्णपोस्टमा खबर छ ।


Ruslan

paicho

bussewa

राजनीति

​काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

९ फागुन, काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

संघीय संसदका सांसदको सपथग्रहण फागुन २० गते

९ फागुन, काठमाडौं । संघीय संसदका सांसदहरुको सपथग्रहण फागुन २० गते हुनेभएको छ । संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी फागुन २० गते अपरान्ह ४ बजे संघीय संसदको प्रतिनिधिसभा बैठक कक्षमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने जनाएको छ । संघीय संसदमा प्रतिनिधिसभाका

मन्त्रालय भागवण्डा गर्न ओली प्रचण्ड छलफलमा

९ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठकलाई पूर्णता दिन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रस्ताविन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय समेत रहेका ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाँडको

अन्तर्राष्ट्रिय

​रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यानमारमा द्विपक्षीय बैठक

९ फागुन, एजेन्सी । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् । 

सिरियामा हवाई हमला, बालबालिकासहित ७७ जनाको मृत्यु

८ फागुन, काठमाडौं । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ ।  ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । 

अमेरिकी राष्ट्रपति बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा

८ फागुन,वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाएका छन् । नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उनले समर्थन गरेका हुन् । ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत 

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top