siddhartha
gharjaggakosathi

एकता गर्ने विषयमा एमालेको सक्रियता अलिक कमजोर देखियो : देवेन्द्र पौडेल, नेता माओवादी केन्द्र


Friday, 5 Jan, 2018 3:08 PM
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले अझै मूर्तरुप पाउन सकिरहेको छैन । दुवै पार्टीका नेताहरु एकताको लागि प्रतिवद्व रहेको बताइरहँदा पनि ठोस योजनाका साथ काम हुन सकिरहेको छैन । जसले गर्दा वाम एकताको कुरा भावना मात्र सीमित हुने त होइन भन्ने शंकाहरु पनि उब्जिन थालेका छन् । नेतृत्वको व्यवस्थापनको प्रश्न र एमाले भित्रकै गुटउपगुटका कारण एकतामा बिलम्ब भइहरको अनुमान पनि गरिन थालेको छ । यसै सन्दर्भमा न्यूजसेवाले माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलसँग पार्टी एकतामा भइरहेको ढिलाईबारे कुराकानी गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा निकै अलमल देखियो के कुराले एकता प्रक्रियामा बाधा खडा गरिरहेको छ ?
दुई पार्टीको बीचमा हामीले वाम गठबन्धन बनाएर चुनावमा गयौं । जनताले त्यसलाई अनुमोदन गरिसकेका छन् ।  त्यसैले एकता गर्नै पर्दछ भन्ने कुरा हाम्रो तर्फबाट दृढतापूर्वक राख्न चाहन्छौं । दोस्रो विचारको प्रसंग, नेतृत्व र संगठनात्मक प्रणालीको प्रश्न छ । एकता भन्ने वित्तिकै एक अर्कामा अन्तरसम्बन्धित आउँछ । विचारको सन्दर्भमा दुइटै पार्टीले विगतमा लिएका विचारलाई तलसम्म लिएर लैजाने र बहस गर्ने भन्ने कुरा छ । अहिले नै विचार छोडियो भन्दाखेरी राम्रो सन्देश जाँदैन । त्यसरी विचारको व्यवस्थापन गर्न आवश्यक छ । हामीले त्यही भनेका छौं । अर्को कुरा मुख्य नेतृत्वको व्यवस्थापन र तत्काल कार्यसम्पादन गर्नका लागि केन्द्रीय कमिटीको व्यवस्थापन गर्नु पर्दछ । दुईटा पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्रीहरु र केन्द्रीय कमिटिको व्यवस्थापन पनि गर्नु पर्ने छ । केन्द्रीय कमिटि त एउटा मात्र हुनु प-यो दुईटा केन्द्रीय कमिटी त हुँदैन  । यो भनेकै संगठनात्मक प्रश्न हो ।  अरु महाधिवेशनबाट तल्लो कमिटीलाई हल गरेर ल्याउने भन्ने विषय बाँकी नै हुन्छ । यो एक डेढ वर्षमा गर्दा हुन्छ । तर केन्द्रीय कमिटी र मुख्य नेतृत्वको व्यस्थापन  मिलाउन प-यो । त्यसको लागि दुईवटा महत्वपूर्ण पद छन् । एउटा प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष । यी दुईटा महत्वपूर्ण जिम्मेवारी दुई पार्टीका अध्यक्षले लिँदा एक अर्कामा सम्मानजनक हुन्छ । यी दुई नेता बसेर थुप्रै पार्टी पंक्ति मिलाउनुपर्ने कुराको व्यवस्थापन गर्छन् । त्यसरी संगठनात्मक विषय मिलाउनु पर्छ भनेका छौं ।

तपाईंहरु सम्माजनक रुपमा पार्टी एकता गर्नुपर्छ भन्दै हुनुहुन्छ । तपाईंहरुको मनमा एमालेले अलिकति तल पारेर एकता गर्न खोज्दै छ भन्ने खालको बुझाई बाक्लिन थालेको हो ?
त्यस्तो होइन । हामीले गर्ने औपचारिक–अनौपचारिक भेटघाट र छलफल र उहाँहरुसितका कुराकानीमा त्यस्तो भन्नु भएको छैन । एकता गर्ने हो सम्मानजनक रुपमै हुन्छ । दुईटा पार्टी मिलेर गर्नुपर्दछ भन्ने कुरा उहाँहरुले गरेको हामी पाउँछौ । तर जति सक्रियता हाम्रो वृत्तबाट भयो त्यति सक्रियता एमालेको तर्फबाट अलि नपुगेको हो कि भन्ने महशुस पछिल्लो अवस्थामा भएको हामीलाई लागेको छ । उहाँहरुको सक्रियता पनि त्यत्तिकै हुनु जरुरी छ । केपी ओलीजीको स्वास्थ्य प्रतिकुलताले पनि केही ढिलाई भएको होला तर ठूलो पार्टी भएको नाताले बढि सक्रियता एमाले र केपी ओलीको तर्फबाट हुन आवश्यक छ ।

तपाईंको यी विचारहरु सुन्दा एमाले र माओवादी बीचको एकताको प्रयास ठोस  योजना भन्दा पनि भावनात्मक रुपमा मात्रै अघि बढेजस्तो देखियो । भावना त जुनसुकै बेला परिवर्तन हुन सक्छ ?
मलाई अझै पनि त्यस्तो लाग्दैन । एकताको कुरा विषयान्तर भएको छैन । एकता गर्नै पर्दछ । एकाध साथीहरु हुनुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ । सिंगो दुइटै पार्टीको मुल पंक्ति आधारभूत रुपमा पार्टी एकता गर्नु पर्दछ र टुंग्याउँ भन्ने कुरामा प्रतिवद्ध हुनुहुन्छ । सरकार गठनको प्रसंग केही लम्बिने स्थिति देखा परेको हुनाले त्यसले पनि केही न केही असर ग¥यो । एकता हुन्छ भन्ने कुरामा निकै आशावादी र सक्रिय छौं ।

एमालेका केही नेता प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै व्यक्ति हुनुपर्दछ नत्र पार्टीमा अनेक शक्ति केन्द्र बन्छ भन्दै हुनुहुन्छ । एमालेको यो भनाईलाई तपाईंरुले कसरी लिनु भएको छ  ?
कम्युनिष्ट पार्टी भन्ने वित्तिकै सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति भन्छौं हामी । राजा महाराजामा एउटै व्यक्तिमा केन्द्रीत हुन्छ । कम्युनिष्ट पार्टी भन्ने वित्तिकै त्यो एउटा कम्युन समुह, सामुहिकताको केन्द्रीकृत अभिव्यक्तिको रुपमा बुझ्नु पर्दछ ।  गुह्य र आधारभूत कुरा नै त्यही हो । व्यक्ति विशेषको पनि उहाँहरुले त्यसरी कुरा उठाउनु भएको छैन । एउटै व्यक्तिमा नहुँदा बहुकेन्द्र हुन्छ भन्ने कुरा सिद्धान्त गलत छ । कम्युनिष्ट पार्टी सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति भनेको हुँदाखेरी त्यो कसले कसरी उठाउनु भयो मलाई थाहा छैन । व्यक्ति विशेषको कुरा नगरौं ।

अन्तर्राष्ट्रिय रुपमा हेर्दा पार्टी, सरकार र सेनाको अलग–अलग रुपमा नेतृत्व गरेका कुराहरु छन् । जस्तो चीनको उदाहारण पनि हामी दिन सक्छौं । सरकार, पार्टी र सेनाको नेतृत्व अलग–अलग व्यक्तिले गरेका पृष्ठभूमीहरु पनि छन् । हामी पुरानो -याडिकल कम्युनिष्ट पार्टीको संरचनामा छैनौं । लोकतन्त्रको अभ्यासमा लोकतन्त्रको प्रणालीमा कम्युनिष्ट पार्टीको अवतरण भएर पछिल्ला परिस्थितिअनुरुप कम्युनिष्ट आन्दोलनलाई प्रतिस्पर्धाको राजनीतिमा उभ्याउने गरी हामी अगाडि बढेका छौं । त्यसलै एउटै व्यक्ति सबै ठाउँको नेतृत्वमा नहुँदा बिग्रन्छ कि भन्ने कुरा सहि होइन । त्यसो गरियो भने झन बिग्रन्छ । सबैभन्दा बढि माओवादीका साथीहरुले एमाले र एमालेका अध्यक्ष केपी ओलीलाई विश्वास गर्नु पर्दछ । एमाले वृतका साथीहरुले प्रचण्ड र माओवादीलाई विश्वास गर्नु पर्दछ । अनि मात्रै एकतामा भावनात्मक सम्बन्ध हुन्छ । त्यसरी मात्रै हामीले एकतालाई अघि बढाउन सक्छौं । जुनकुरा चुनावको क्रममा प्राप्त भइसकेको छ । कार्यकर्ताहरुले आफ्नो ठाउँमा त्यसको अभ्यास गरिसकेका छन् । त्यसो भएको हुँँदाखेरि पार्टी र सरकारको नेतृत्व कुन गर्दा आफूलाई सहज हुन्छ त्यो केपी ओली जीले विचार गर्ने कुरा हो । उहाँलाई जे लिँदा सहज हुन्छ त्यसको नेतृत्व गर्नु पर्दछ । त्यसपछि बाँकी रहेको पदको नेतृत्व प्रचण्डले गर्नु पर्दछ । पद्दति, प्रणालीमा मिल्ने कुरा नै गरिरहेका छौं हामीले ।

एमालेभित्रको गुट–उपगुटको टकरावले पार्टी एकतामा बाधा पुगेको भन्दैछन् । तपाईंहरुले पनि त्यस्तै अनुभव गरिराख्नु भएको हो ?
हामी एमालेलाई सहयोग गर्न तयार छौं । गुट–उपगुटबाट कहीँ पुगिदैन भन्ने कुरा उहाँहरुले पनि बुझ्नु पर्दछ । हामीले पनि बुझ्नु पर्दछ । नेपालको सिंगो कम्युनिष्ट आन्दोलनमा लागेको सबै कमरेडहरुले बुझ्न जरुरी छ । सत्तरी बर्षको अन्तरालमा हामीले धेरै अभ्यास ग-यौ । गुट–उपगुटका कुराहरुले हामीलाई कहीँ पनि पु¥याएन । हाम्रो जनमत विकेन्द्रित भयो । हामीले समाजवाद ल्याउन सकेनौं । हामी टुटफुट र विभाजनको श्रृङ्खलाबाट नकारात्मक कुराहरुको महशुस कहीँ न कहीँ गर्नुप-यो । त्यो भएको हुँदाखेरी यो गुट उपगुटबाट अघि बढ्न सकिँदैन । एमालेभित्र त्यस्तो हो भने हामीले भन्ने कुरा भएन । अलग पार्टी भएको हँुदाखेरी । उहाँहरुले त्यसको सकुशल ‘म्यानेज’ गर्नुपर्दछ । सबै छरिएर रहेका, एमाले भन्दा बाहिरका वामपन्थीलाई समेट्ने गरी एमाले पंक्ति बाहिर आउनु पर्दछ । माओवादीभित्रका पनि गुट छन् भने त्यसलाई अन्त्य गरेर सिंगो वामपन्थीलाई समेट्ने गरी रिङ बाहिर आउनु पर्दछ । त्यसो गर्दामात्रै छरिएर रहेका वामपन्थीहरुलाई गोलबन्द गर्न सक्छौं ।

केपी ओली र प्रचण्डले बेलाबखत आन्तरिक र बाह्य शक्तिले पार्टी एकतालाई रुचाएका छैनन् भनेर भनिराख्नु भएको छ । त्यो आन्तरिक शक्ति भनेको दुवै पार्टीभित्रका दोस्रो तहका नेताहरु त होइनन् ? जसले अध्यक्षहरुलाई अघि बढ्नको लागि तगारो  हालेको ?
एकाध केही साथीहरुको रुची नहुन सक्छ । उहाँहरुको नाम अहिले नखोलौं । हाम्रो र मेरो व्यक्तिगत कुरा कुरा गर्नुहुन्छ भने हामी एकताको पक्षमा छौं । एकता पक्षधरहरुको कुरा के हो भने हामी कहाँ पर्छौ भन्ने विषय मुख्य होइन । हामी जिल्ला कमिटी, गाउँ वा नगर कमिटीमा परौंला । भोलि, एउटा प्रणाली सुनिश्चित गरिरसकेपछि त्यो प्रणालीमा आउन तयार हुनु पर्दछ । कुनै पनि पनि हैसियत नभएको ठूलो नेता हुनुभन्दा जनताले सम्मान गर्ने र जनताको सेवा गर्न पाए सक्ने, गर्व गर्न लायक पार्टीको सदस्य बन्नु ठूलो कुरा हो । त्यो भएको हुनाले एकता गर्नु पर्दछ भन्ने कुरामा हामी छौं । म व्यक्तिगत रुपमा पनि छु । बृहत ध्रुविकरणको कुरा, छरिएका वामपन्थी प्रगतिशील एकै ठाउँमा हुनुपर्दछ भन्ने कुरा उठाएको हुँदाखेरी नेतृत्वलाई परेका समस्या सहजिकरण गर्न, मद्दत गर्न कहाँबाट के गर्न सकिन्छ भन्ने कुरामा हामी तयार छौं ।

त्यसो हो भने पार्टीभित्रबाट कुनै रोकावट आयो भने त्यसलाई चिरेर अघि बढ्न दुबै पार्टीका अध्यक्षहरु स्वतन्त्र र सक्षम छन् अहिलेको स्थितिमा ?
एमालेभित्रको कुरा उहाँहरुले  जान्ने हो । माओवादीभित्र हामीले यतिधेरै अधिकार दिएका छौं  अध्यक्ष प्रचण्डलाई, जे सहज हुन्छ त्यही रुपमा निर्णय गर्नुहोस भनेर भनेका छौं । यद्यपी निर्णयहरु गर्दा कमिटीमा आएर कमिटीको स्वीकृतीमा जाने कुरा त विधि–पद्दतिको रुपमा अपनाउनु पर्दछ । तर फेरी पनि एकता टुंग्याउन सरकारलाई वामपन्थीको नेतृत्वमा अगाडि बढाउन, विकास निर्माण र समृद्विको पहल गर्नका निम्ती कसरी जाँदा ठिक हुन्छ हामी सहयोग गर्न तयार छौं भनेर अध्यक्ष प्रचण्डलाई भनेका छौं ।

एमाले र माओवादीलाई संसदीय गणितले नयाँ गठबन्धन बनाउने सुविधा पनि दिएको छ र त्यही सुविधाले गर्दा नयाँ सम्भावनाको खोजीमा दुवै पार्टी रहेकाले पनि एकता प्रक्रियाले गति लिन नसकेको भनेर टिप्पणी सुरु भएको छ नि ?
यो जनअनुमोदित विचार होइन । जनताले त पार्टी एकता गर, एउटै पार्टी बनाएर आउ, स्थायी सरकार बनाएर विकास निर्माण र समृद्विको नेतृत्व गर भनेर आदेश दिएको छ । अब ‘साइड’मा कतिपय ‘ललिपप’हरु प्रलोभन आएका हुन सक्छन् । त्यसकारण जनताको यो आदेशलाई आत्मसाथ गर्न आवश्यक छ । गणितीय रुपमा सदनमा उपस्थित भएको संख्यालाई आधार मान्ने कुरा भन्दा पनि जनताको मुख्य जनमतलाई आधार मानेर अगाडि बढ्ने कुरा नै अहिलको आवश्यकता हो ।

त्यसो भए माओवादीले नयाँ गठबन्धनको बारेमा सोचेको छैन ?
अहिले हामी त्यो ठाउँमा पुगेका छैनौं । भोलि अपवादमा अर्कै स्थिति पैदा भएछ भने सोच्ने कुरा त बेग्लै हो । पार्टी एकता, स्थायी सरकार र समृद्धिको नेतृत्व नै अहिले हाम्रो पहिलो प्राथमिकता हो ।

तपाईंहरुको पहिलो प्राथमिकता सरकार निर्माण वा पार्टी एकीकरण वा यी प्रक्रियालाई सँगसँगै लैजानु पर्छ भन्ने हो ?
हाम्रो चाहना र हाम्रो निर्णय भनेको पहिला पार्टी एकता त्यसपछि सरकार अनि ‘डेलिभरी’ हो । हामीले यसरी सूत्रबद्ध गरेका छौं । किनभने पार्टी एकता सहि रुपमा भयो भने सरकार निर्माण पनि सहि हुन्छ । हाम्रो मात्रै चाहना भन्ने कुरा भएन । त्यसो हुन सकेन भने सरकार र पार्टी एकता एकैचोटी भनेका छौं ।

पार्टी एकता संयोजन समितिको बैठक पनि बस्न सकेको छैन । यसरी दिनहरु लम्बिँदै गए भने पार्टी एकताको स्पिरिट कमजोर हुने खतरा पनि त बढ्ला नि ?
लम्बिँदै गयो भने आशंकाहरुको बीचबाट अर्कै स्थिति पैदा हुन सक्छ । यसलाई छिटो भन्दा छिटो सहजीकरण गरेर छोट्याउने दिशातर्फ जानु पर्दछ । र संभवत केही दिन भित्र त्यो समाचार आउने छ ।

 


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top