syangyong
cg

अविरल वर्षापछि घरमाथिको ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु


Thursday, 12 Jul, 2018 10:46 AM
२८ असार काठमाडौ । बुधबारदेखि जारी वर्षाका कारण घरमाथिको ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको ज्यान गएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो। टहरो घरमा सुतिरहेका घरमाथिको ढिस्को खसेर थिच्दा घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाकी बुवाआमा चाहिँ सोही ठाउँमा रहेको अर्को पक्की घरमा सुतेकाले बचेको बताइएको छ । केही व्यक्ति घाइते भएर अस्पतालमा उपचार गराइहेको प्रहरीले जनाएको छ। उद्धार जारी रहेकाले धनजनको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाउको छ । वर्षाका कारण वाग्मती र हनुमन्ते खोलामा आएको बाढीका कारणा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन्। हनुमन्ते खोलाको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन्। जगाती र बाराही क्षेत्रका वस्तीमा बाढीको पानी पस्दा स्थानीय बासिन्दाको  विजोग भएको छ।


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​नेकपाको सचिवालय बैठक मङ्सिर ६ गते

३ मङ्सिर, काठमाडौँ । झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति 

​सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ: अध्यक्ष यादव

३ मङ्सिर, लहान । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास र समृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै सांसद यादवले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्ने बताए। चुनावको बेला आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। “दलित, गरीब र असहायलगायतको नाममा राजनीति 

​अफ्रिका क्षेत्रीय बैठकः विकासका अनुभव आदानप्रदान हुने

३ मङ्सिर, काठमाडौँ । नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । ‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नाराका साथ हुन लागेको सो क्षेत्रीय बैठकमा अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञद्वारा अफ्रिका क्षेत्रका विकासका अनुभव आदानप्रदान हुनेछ । बैठकमा 

अन्तर्राष्ट्रिय

​गुजरात काण्डमा दोषी आरोपित नरेन्द्र मोदीबारे सर्वोच्च अदालतको कस्तो आउला फैसला ?

३ मंसिर, काठमाडौं । भारत गुजरातमा भएको हिंसाको घटनामा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई सफाइ दिएको विरोधमा दर्ता भएको अपिलमा सर्वोच्च अदालतले आज (सोमबार) सुनुवाई हुँदैछ । मोदी विरुद्धको अपिल कांग्रेसका पूर्वसांसद एहसान जाफरीकी श्रीमती जाकिया जाफरीले गरेकी हुन् । गएको मंगलबार न्यायाधीश एएम खानविलकरको 

खशोग्जीको हत्याका क्रममा दिएको यातनासम्बन्धी श्रव्यसामग्री म सुन्नै सक्दिनँः ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने बताएका छन् । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले खशोग्जीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्रीबारे आफूले जानकारी लिएको तर सुन्न भने नसक्ने बताए ।

​डोनाल्ड ट्रम्प क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा

२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् ।‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । डढेलोमा परेर एक हजारभन्दा बढी मानिस हराइरहेका छन् ।अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण प्याराडाइज नगर 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top