syangyong
nlic

​धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा कम्बल वितरण


Saturday, 13 Jan, 2018 5:39 PM
२९ पुस, सिरहा । विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका सिरहाको विभिन्न स्थानका दलित बस्तीमा धुर्मुस–सुन्तली फाउन्डेशनले आज कम्बल वितरण गरेको छ । 

फाउन्डेशनले गोलबजार नगरपालिका–१० धोवियाधार र धनगढीमाई नगरपालिका–१३ भर्लेनीमा रहेको मुसहर बस्तीमा कम्बल वितरण गरेको हो । 

गोलबजार नगरपालिका–१० मा ६० परिवार मुसहर र धनगढीमाई नगरपालिकामा १३ मा १०० मुसहर तथा असहाय परिवार गरी कूल १६० परिवारलाई प्रतिपरिवार एक थानका दरले कम्बल वितरण गरिएको धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जानकारी दिए । 

धुर्मुस–सुन्तली फाउन्डेशनले सञ्चालन गरेको ‘न्यानो कपडा वितरण’ कार्यक्रमका लागि गैरआवासीय नेपाली संघ ‘नेपालीका लागि नेपाली’ (एनआरएन आरसिसी चाइना) ले कम्बल उपलब्ध गराइएको जानकारी दिए । 

चिसोका कारण गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेको बेलामा कम्बल वितरण गरेर बिर्सनै नसकिने गुन लगाएको भन्दै मुसहर समुदाय व्यक्तिले धुर्मुसप्रति आभार प्रकट गरे । 

कम्बल वितरण कार्यक्रममा गोलबजार नगारपालिका–१० का वडाध्यक्ष देवनारायण महतो तथा धनगढीमाई नगरपालिका–१३ का वडाध्यक्ष सूर्यमान लामाको पनि सहभागिता थियो । हालसम्म सिरहामा शीतलहरका कारण सात जनाको मृत्यु भइसकेको छ । 

यस्तै सिरहाको मिर्चैया नगरपालिकाले वडा नं १ र २ मा रहेको दलित, गरिब र विपन्न परिवारलाई जाडो छल्नका लागि कम्बल वितरण गरेको छ । नगरपालिकाले वडा नं १ मा ५० र वडा नं २ मा ५० परिवार गरी जम्मा १०० दलित, गरिब र विपन्न घरपरिवारलाई कम्बल बितरण गरेको नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले जानकारी दिए । 
 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

१ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने 

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

१ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताइन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।निर्माण भएका ऐन कानूनलाई प्रभावकारी 

कांग्रेस महासमिति बैठक : भित्र बन्दसत्र, बाहिर हिन्दूराष्ट्रका लागि हस्ताक्षर संकलन

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र जारी छ । बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’ कोषाध्यक्ष सीतादेवी यादवले  ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक प्रस्ताव’ पेश गर्नुभएको छ । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको

अन्तर्राष्ट्रिय

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

२८ मंसिर, भोपाल । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथ ग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालैमात्र सो राज्यमा सम्पन्न विधान 

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

२८ मंसिर, नयाँ दिल्ली ।  उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top