‘म्याच फिक्सिङ’ हुुनुमा राज्य पनि दोषी


Saturday, 17 Oct, 2015 2:38 PM
दिनेश दाहालः
वास्तवमा नै म नेपाली फुटबलको डाईहर्ट फ्यान हुँ । सुरुमा ‘म्याच फिक्सिङ’ को खबर सुन्दा मलाई विश्वास नै लागेन । विश्वको चर्चित दश गोलभित्र पर्ने खालको एकताका सागर थापाले गरेको गोल सम्झिए । यस्ता खेलाडीबाट ‘म्याच फिक्सिङ’ जस्तो अपराध कसरी हुन सक्छ  ? मनमा अनेक प्रश्न तेर्सिए । छिनभरमै यो खबर विश्वभर फैलियो । विहिबार उक्त काण्डमा संलग्न खेलाडीले पनि ‘म्याच फिक्सिङ’ स्वीकार गरेको खबर विभिन्न सञ्चारमाध्याममा आएपछि त मेरो मन धुरुधुरु रोयो । तैपनि एक मनले उनीहरुलाई आममाफी दिनुपर्छ भन्दै छ भने अर्को मनले मुलुक र जनतामाथि गद्धार गर्ने खेलाडीलाई कडा भन्दा कडा सजाँय दिनुपर्छ भनिरहेको छ ।

किनकी यो माग मेरो मात्र होइन, समग्र फुटबलप्रेमी नेपालीको पनि हो । हो, नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाएर राष्ट्रिय गान गाउँदै मुलुकका लागि लड्ने र जित्ने कसम खाने यि खेलाडीले मुलुककै धज्जी मात्र उडाएका छैनन्, राष्ट्रिय एकता, नेपालीको स्वाभिमान र आत्मसम्मानमा समेत चोट पुर्‍याएका छन् । पैसाकै लागि मुलुक र जनताप्रति गद्धार गर्ने यि खेलाडीलाई छाडिनु हुन्न भन्ने आमनेपालीको माग हो । अपराध अनुसन्धान महाशाखा प्रहरीको सक्रियतामा बुधबार नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्व खेलाडीहरु अञ्जन केसी, विकाससिंह क्षेत्री तथा नेपाली राष्ट्रिय फुटवल टोलीका खेलाडी रितेश थापा, क्याप्टेन सागर थापा र खेलाडी सन्दीप राईलाई ‘म्याच फिक्सिङ’ को आरोपमा पक्राउ गरिएको छ । यदि उनीहरुको अपराध पुष्टि भएमा कुनै पनि हालतमा कारवाही गरिनुपर्छ । प्रहरीले राज्यबिरुद्ध अपराध अन्तर्गत खेलाडीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ, जुन सह्रानिय छ ।

बैशाख १२ गतेको महाभूकम्पले मुलुकको अबस्था निकै नाजुक बनिरहेका बेला यो दुस्खत समाचारले प्रत्येक नेपालीलाई दुस्खित बनाएको छ । महाभूकम्पमा सम्पूर्ण नेपालीले जुन धैर्यता, शाहस, सहयोगी भावना र एकअर्कालाई सघाएको विषयले विश्व नै चकित भयो । अब यो ‘म्याच फिक्सिङ’ काण्डले विश्वसामु नेपालको छवि धुमिल हुने निश्चित छ । नेपाली फुटबलको इतिहासमा यो कालो दिनका रुपमा रहिरहने छ । भारतीय नाकाबन्दीले कष्टकर जीवन विताइरहेका जनता र फुटबलप्रेमी नेपालीको मनमा यो दुखत खबरले गम्भिर आघात पुगेको छ, मन विचलित भएको छ । यसको मतलब यो पनि होइन कि सबै नेपाली फुटबलर विश्वासघाती हुन् र भविश्यमा नेपालले फुटबलमा केही सक्दैन । केही महिनाअघि सम्पन्न युवा टोलीको साफ ‘अण्डर नाइन्टिन’ फुटबलको उपाधी जितेर करिब २२ बर्षपछि खुसि फर्काएका हुन् । यतिखेर, पक्राउ परेका खेलाडीहरुलाई सामाजिक सञ्जालभर मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेको छ । तब मात्र नेपाली फुटवलप्रेमी दर्शकमाथि न्याय हुन्छ । अगामी दिनमा यस्ता डरलाग्दा घटना फेरि दोहरिन्न–फुटबलप्रेमी दर्शक र आमनागरिक भनिरहेका छन् । अवश्य पनि, यो माग जायज हो । एउटा खेलाडीले गरेको मुलुक र जनतामाथिको बदलामा यो केही पनि होइन । तर के यो समाधानको बाटो हो ? यो भनिरहँदा मेरा मनमा अनेक प्रश्न उब्जिएका छन् । यो घटना हुनु पछाडिका कारण खोतलिनु पर्छ भन्ने मलाई लागिरहेको छ । यस्ता घटना हुने बाताबरण कसरी तयार भइरहेको छ, गहिराईमा पुग्नुपर्छ । आखिर ‘म्याच फिक्सिङ’ जस्तो अपराध गर्न किन तयार भए नेपाली खेलाडी ?  स्वदेश तथा विदेशमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीले यति ठूलो अपराध गर्ने किन शाहस गरे रु कारण खोजिनुपर्छ । 

‘म्याच फिक्सिङ’मा दोषी को ?
दोस्रो संविधानसभाको चुनाबबाट चुनिएका जनताका प्रतिनिधिमार्फत नेपालको संविधान २०७२ जारी भइरहँदा विभिन्न दलका नेताहरु मुलुक टुक्राउने कुरा गर्दै कुर्लिरहेका थिए । मुलुक र जनतामाथि घात गर्दै विदेशीको एजेन्ट बनेर तिनै नेता अवैध रकम पचाउन जनतालाई दुःख दिइरहेका थिए । विभिन्न दलका नेताहरु सत्ता, शक्ति र पद हत्याउन खुलेआम विदेश जासुस संस्थासँग उठवस गरिरहेका थिए र छन् पनि । म नेपाली नागरिक हुँ भन्नेहरु सिमा पारी पुगेर नेपाललाई नाकाबन्दी गर्ने र नाकाबन्दी गर्न छिमेकीलाई गुहार्ने काममा पनि दलका नेताहरु नै सक्रिय छन् । आखिर उनीहरुमाथि चाहिं किन कारवाही भएन, हुँदैन ? के मुलुकको यस्तै बाताबरणले समाज र खेलाडीलाई समेत अनुशासनहिन त बनाएको छैन ? मुलुकको हित विपरित सन्धी सम्झौता गर्ने, विदेशी जासुसलाई खुलेआम भेट्ने, रकम बुझ्ने, मुलुकको संवेदनशिल सूचना बेच्ने, मुलुक टुक्राउँछु भन्ने, विदेशीको ईशारामा जातजातिका नाममा आतंक फैलाउने, धर्मको राजनीति गर्ने, मुलुकको ढुकुटी रित्याएर अर्वौं भ्रष्टाचार गर्न लालायित हुने, दलगत र ब्यक्तिगत स्वार्थका लागि विभिन्न आयोजना, नेपालीभूमि सुम्पिने, विदेशी सेनालाई नेपालीभूमिमा हतियारसहित आउन दिने, विदेशी नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिनुपर्छ भन्ने, अंगीकृत नागरिकताधारीलाई मुलुकको संवैधानिक निकायमा नियुक्ती पाउनुपर्छ भन्दै नाजायज माग राखेर मुलुकलाई बन्धक बनाउने नेताहरु चाहि कसरी राष्ट्रवादी भए ? के उनीहरुमाथि चाहिं कारबाही हुनु पदैन ? नेपालको संविधान २०७२ मा राज्यविरुद्धको अपराधको दफा ३ को उपदफा ३३ मा ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद’ हुने कानूनी व्यवस्था छ । यदि यो ऐन ‘म्याच फिक्सिङ’ गर्ने खेलाडीलाई मात्र आकर्षित हुने हो कि माथि उल्लेख भएका अपराध गर्ने नेताहरूलाई पनि रु मुलुकको बागडोर चलाउने नेताहरुबाट नै अवैध गतिविधि भएको देखेपछि नेपालको खेल र खेलाडी अछुतो रहन सक्ला ? 

राष्ट्रिय महत्व र गौरवका आयोजनामा अबौं भ्रष्टाचार गर्ने, कशिसन बुझ्ने, पूर्व योजना मुताविक विदेशी कम्पनीलाई नागरिकता, पार्सपोर्ट बनाउन ठेक्का दिने, विदेशी सेना र सुरक्षाकर्मी नेपालमा घुस्दा आँखा चिम्लिने, नेपालीभूमि विदेशीले कब्जा गर्दा नदेखेंझै गर्ने, मधेस छुट्टै राज्य चाहियो भन्दै मुलुक टुक्राउने अभियानमा लागेका सीके राउत जस्ता पागललाई अभिब्यक्ति स्वतन्त्रताको नाममा पुजा गर्ने चाहिं राष्ट्रवादी नेता, मन्त्री अनि प्रधानमन्त्री रु मुलुकलाई यो दुर्दशा बनाउने नेतालाई चाहिं उन्मुक्ति दिन मिल्छ ? एउटा देशभक्त खेलाडीलाई ‘म्याच फिक्सिङ’ गर्नेसम्मको अवस्थामा पुर्‍याउने यो समाज, राज्य र सरकारले चाहिं जे गरेपनि उन्मुक्ति रु यसको मतलब ‘म्याच फिक्सिङ’ गर्ने खेलाडीलाई कारवाही गर्नु हुन्न भनेको होइन, अवश्य पनि कारवाही हुनुपर्छ, गर्नुपर्छ । के त्यसो भए विभिन्न समय र कालखण्डमा मुलुक र जनतामाथि घात गर्ने देशद्रोही नेता, मन्त्री र प्रधानमन्त्रीलाई चाहिं अब नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना ‘सल्यूट’ मार्दै बस्ने रु यहि हो हाम्रो स्वाधिनता, स्वाभिमान, लोकतन्त्र अनि न्याय रु के त्यस्ता देशद्रोहीमाथि अनुसन्धान गर्ने प्रहरीसँग आँट छ रु कारवाही गर्ने शाहस छ ? यदि छ भने हरेक नेपाली प्रहरीको साथमा हुनेछन्, एकपटक मनन गरियोस्, मनैदेखि सोचियोस् । 

म्याच फिक्सिङ’ एउटा प्रवृत्ति
नेपाल प्रहरीले ‘म्याच फिक्सिङ’ का नाममा खेलाडीलाई पक्राउ त गर्‍यो, मुलुकमा विद्यमान कानून अनुसार कारवाही पनि गर्ला । तर के यो प्रवृत्तिको अन्त्य होला रु जबसम्म हामीले समाजबाट यस्ता प्रवृत्तिलाई निर्मुल पार्न सक्दैनौं, तबसम्म मलाई त लाग्छ ‘म्याच फिक्सिङ’ भइरहन्छ । कहिले मुलुक टुक्राउने नाममा, कहिले नेपालीभूमि विदेशीलाई लिलाम गर्ने नाममा, कहिले मुलुकको सवैधानिक पदमा पुग्ने नाममा त कहिले नदीनाला विदेशीलाई सम्पने नाममा यस्ता प्रवृत्ति भइरहन्छन् । फुटबलमा भएको ‘म्याच फिक्सिङ’ पनि नेपाली राजनीतिमा देखिएको उदाङगो विकसित रुप हो । खेलाडीहरुलाई यहाँसम्म आइपुग्ने अबस्था बनाउने राज्य हो, जसलाई अनुशरण गर्न नेताहरुले नै बाध्य पारेका हुन् । यो केबल एउटा प्रवृत्ति हो । यस्ता प्रवृत्तिविरुद्ध आजैबाट सारा नेपाली जुँध्न थाल्नुपर्छ । विद्रोह गरियो, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न थालियो, अन्यायमा परेकालाई न्याय दिलाउन सकियो, भ्रष्टाचारी, देशद्रोहीलाई कानूनी कठघरमा उभ्याउन सकियो भने मात्र यस्ता प्रवृत्ति रोकिन्छ । जबसम्म नागरिकमा अनुशासनसहित मुलुकमा सु–शासन हुन्न तबसम्म यो प्रवृत्तिको अन्त्य असंभवप्राय छ । फुटबल र खेलाडी त एउटा क्षेत्रका प्रतिनिधि पात्र मात्र हुन् । जरासहित जताततै फैलिएको विषबृक्ष रुखलाई जिवित राखेर पात झार्दैमा यो प्रवृत्तिको अन्त्य हुन्छ जस्तो मलाई लाग्दैन । वास्तवमा नै भन्ने हो भने नेपालका नेता, मन्त्री, प्रधानमन्त्री र कर्मचारीतन्त्रको तुलनामा नेपालका खेलाडी बढी राष्ट्रवादी छन् भन्दा फरक पदैन् । दुई चार जना खराब भए भन्दैमा सबै खेलाडी खराब भन्नु न्यायोचित हुन्न । 

यस कारण ‘म्याच फिक्सिङ’
नेपालमा ०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको आगमनपछि पनि खेल र खेलाडीप्रति राज्य कहिल्यै उद्धार भएन । राष्ट्रिय खेलाडीलाई अहिलेको अबस्थामा पेट पाल्न धौं–धां छ, परिवार पाल्न त कता–कताको कुरा  खेलाडी हितका लागि राज्यले कहिल्यै उद्धार नीति नै ल्याएको छैन्, प्रयत्नशिल पनि छैन् । एउटा राष्ट्रप्रेमी, देशभक्त खेलाडीले खेल जीवनको अन्त्यसँगै सबै कुरा घुमाउनु बाहेर प्राप्ती केहि छैन् । जब राज्यबाट पाएको तलब, सुविधा र सम्मान खेल जीवनको अन्त्यसँगै सकिन्छ, त्यो भन्दा ठूलो पीडा खेलाडीका लागि केही हुन सक्दैन् । मलाई लाग्छ यि बर्तमान परिस्थितिका बारेमा म्याच फिक्सिङ आरोपमा पक्राउ परेका सबै खेलाडी ज्ञात छन् । खेल जीवनको अन्त्यसँगै प्रायजसो राष्ट्रिय खेलाडीको जीबन नर्क सरह हुन्छ, भइरहेको छ, अनगिन्ति उदाहरण पनि छन् । कारणस् प्रायजसो राष्ट्रिय खेलाडीका दयनीय आर्थिक अबस्था र त्यसबाट श्रृजित पारिवारीक कलह । खेल जीवनपछि सरकारले खेलाडीको संरक्षण गर्ने नीति नै बनाएको छैन । मासिक भत्ता, उपचार वा सामाजिक सुरक्षा दिन पनि चुकेको छ । खेल जीवनभर मुलुकका लागि दिनरात मेडल ल्याउन ज्यान आहुती दिने एउटा देशभक्त खेलाडी विरामी पर्दा उपचार हुन नसकेर मृत्यु शैयामा छट्पटाउँदा पनि सरकार कानमा तेल हालेर बसेको कैयौं घटना छन् । यदि सञ्चारमाध्याममा यस्ता विषय नआउने हुन् भने राज्यले कुनै पनि सूचना पाउँदैन् । के यहि हो राष्ट्रिय खेलाडीको सम्मान रु यस्तै अबस्थाबाट आजपनि विविन्न खेलमा आवद्ध सयौं राष्ट्रिय खेलाडीहरु गुज्रिरहेका छन् । देशद्रोह र राष्ट्रघाती घोषणा गर्नु भन्दा पहिले लौन सरकार ति राष्ट्रिय खेलाडीका बारेमा पनि सोचदेऊ π जो दिनरात मुलुक, मुलुक भन्दै मुलुकको नाम जपेर खेल जीवनको अन्त्यसम्म मेडल ल्याउन प्रयासरत छन्, र लडिरहेका छन् । खेलाडीको आर्थिक अबस्था कमजोर भएका कारण दुर्दशा देख्दा लाग्छ अहिले भएको ‘म्याच फिक्सिङ’ राज्यले नै गर्न सिकाएको एउटा प्रवृत्ति हो । पद, सत्ता र शक्तिको पछाडि जहिले पनि दौडने नेताहरु मुलुक टुक्राउन वा बेच्न पनि तयार छन् । यि खेलाडीले त पेटका लागि लडाईं गरेका हुन्, आफ्नो भविश्य सुरक्षित गर्न खोजेका हुन् । त्यो नजरबाट खेलाडी ठिक छन् । 

खेलाडीको बास्तविकता
जुनसुकै खेलमा आवद्ध राष्ट्रिय खेलाडीलाई दैनिक अभ्यास गराउँदा होस वा खेलको तयारी गराउँदा राज्यले कुनै सुविधा नदिएको घाम जतिकै छर्लङग छ । खेलाडीलाई आवश्यक स्वच्छ पौटिक आहार, नियमित स्वास्थ्य जाँच, उपचार, यातायात सुविधालगायत सेवा समेत दिएको छैन् । खेलाडीलाई दिएको तलबले पकेट खर्च पनि पुग्दैन, परिवारको हेरचाह, विरामी पर्दा उपचार त परैजाओस् । मलाई लाग्छ, धन्न खेलाडीहरुले नेपालको ईज्जत धानेका छन्, सरकारको सहयोग र सुविधा विना । जो मुलुकका लागि मेडल ल्याउन दिनरात प्रयासरत छन् । नेपाली खेलाडी दिएको यो भन्दा ठूलो त्याग के हुन सक्छ मुलुकका लागि ?  खेलाडीका लागि आएका सुविधा, तलब, भत्ता, राशन, स्वास्थ्य सुविधा लगायतका बजेटमाथि भ्रष्टाचार गर्ने चाहिं देशप्रेमी ? खेलाडीको पेटमाथि लात हानेर मानबता मार्ने चाहिं राष्ट्रप्रेमी ? के म्याच फिक्सिङ जस्तो डरलाग्दो घटना हुनुमा सम्वन्धित निकायका अधिकारी दोषी छैनन् ?  यो त फुटबल खेलमा देखिएको विकृति हो । यस्ता घटना प्रायजसो सबै खेलमा भइरहेका हुन्छन् । खेलाडीका पेटमाथि लात हान्ने खेल अधिकारीलाई कारबाही हुनुपर्छ कि पदैन ?  उनीहरु राष्ट्रघाती, देशद्रोही हुन कि होइनन् ? खेल नै नबुझेका हरिलठ्ठकलाई खेलकुदसँग सम्वन्धित विभिन्न निकायमा भर्ति गर्ने, पार्टीका कार्यकर्ता पोस्ने, खेलाडीका भाग खोस्ने, सुखसयल लुट्ने, खेलकुदको विकास गर्न नचाहनेलाई नियुक्ती दिने सरकारले अब यो घटना जिम्मा लिनुपर्छ कि पदैन् ? यो काण्ड घट्नुमा खेलाडी जति दोषी छन्, त्यतिकै सरकार पनि छ । राष्ट्रियस्तरका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको ‘एक्पोजर’ का लागि आजका दिनसम्म सरकारले के गरेको छ ?  खेलाडीको जीवनस्तर उकास्न के दान वा उपदान दिएको छ ?  राजनीतिक आस्थासँगै घुँडा टेक्ने, चाकडी गर्ने, पैसाको लागि मरिहत्ते हाल्ने, बेईमान र अनुशासनहिनलाई खेल क्षेत्र सुधार गर्ने ठेक्का दिएपछि खेलको विकास कसरी हुन्छ रु खेलाडीको मर्म, भावना, पीडा, दुस्ख नबुझ्नेले नै खेलाडीको मानमर्दन गरेपछि खेल उधोगति नलागेर कता लाग्छ त ? 

प्रवृत्तिको अन्त्य गरौं
यो गम्भिर प्रवृत्ति हो । अपराध हो भने यो मुलुकका कुनै पनि नेता राज्यविरुद्धको अपराधका अन्तर्गत कारबाही भए कोही बाँकी रहदैनन् । किनकी यो भन्दा गम्भिर प्रकृतिका अपराध मुलुकका नेताहरुले गर्दै आइरहेका छन् । त्यसैले खेल बुझेका अनुशासन भएका खेलाडीलाई सम्बन्धित खेल विकासका लागि खटाइनु पर्छ । नैतिकरुपमा आचरण राम्रो भएका, आदर्शवादी, स्वच्छ, राष्ट्रप्रेमी खेलाडीलाई नै सम्बन्धित खेलको अभिभारा सुम्पने परम्परा विकास गरिए सायदै यस्ता घटना होला । प्रतिभावान खेलाडीको क्षमता र योग्यता कदर गर्दै स्वच्छ प्रतिस्पर्धामार्फत अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी चयन गर्ने परिपाटी बसालिनु पर्छ । खेलाडीका लागि राज्यले दिएको सुविधाले खेलाडीका घरपरिवार त परैजाओस आफै पनि पालिने अबस्था छैन् ।
त्यसैले राज्यले राष्ट्रियस्तरका खेलाडीलाई पर्याप्त सुविधा दिनुपर्छ । खेल जीवन अन्त्यसँगै अवकाश प्राप्त खेलाडीलाई सामाजिक सम्मान र खेल विकासका लागि उनीहरुबाट सल्लाह, सुझाव लिने परिपाटीको पनि थालनी हुनुपर्छ । खेलाडीका आबश्यकतामाथि राज्यले खोजीनीति गर्ने परम्पराको पनि सुरुवात हुनुपर्छ । खेल जीवनको अन्त्यसँगै पेट पाल्नका लागि एउटा राष्ट्रिय खेलाडी ज्याला–मजदुरी गर्नुपर्ने अबस्था आउँछ भने फुटबलमा भएको ‘म्याच फिक्सिङ’ जस्ता घटनाले फेरि रुप लिनेछन् । सरकारले राष्ट्रिय खेलाडीका आर्थिकस्तर उकास्न वा खेल जीवनपछि समाजिक सुरक्षा, भत्ता, निशुल्क उपचार जस्ता आधारभूत कुराको सुनिश्चितता गर्नुपर्छ । साथै जो जुन खेलसँग सम्बन्धित छ, अवकाशपछि सोही खेलको विकास गर्न सम्बन्धित निकायमा आवद्धता गराउनुपर्छ ।

नत्र खेलाडीलाई मात्र दोष थुपार्दैमा केही हुन्न् । राष्ट्रियता, स्वाधिनता र बफादारिताको कुराले मात्र खेलकुद विकास हुन सक्दैन् । सरकारले आफ्नो कमजोरी लुकाउन खेलाडीलाई बलीको बोका बनाए भोलीका दिनमा खेलप्रतिको रुची नयाँ पुस्तामा कम हुनसक्ने संभावना जिवितै छ । यो ‘म्याच फिक्सिङ’ काण्ड खेल र खेलाडीप्रति राज्यले हेर्ने गलत दृष्टिकोण, विभेद र अन्यायको परिणाम हो । सरकारले राष्ट्रिय खेलाडीलाई आफ्नो पेट आफै पाल्न सक्ने सुविधा नदिनु अहिलेको जटिल समस्या हो भने पेट पालिन सक्ने सुविधा बनाइदिनु आजको प्रमुख आवश्यकता हो । आशा गरौं, गल्ती गर्नेलाई मुलुकमा विद्यमान कानून अनुसार कारबाही हुनेछ । यो नै नेपाली खेलाडीको पहिलो र अन्तिम भूल हुनेछ । अबका दिनमा यस्ता प्रवृत्तिको अन्त्य हुनेछ । नेपाली युवा खेलाडीले फेरि नेपालको नाम साउथ एशियामा मात्र नभई विश्वभर चम्काउने छन् । जसको प्रारम्भ भइसकेको छ अण्डर नाईन्टिन साफ च्याम्पियनसिप उपाधी जितेर ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top