esewa

​दोलखाको त्रिकुटेश्वर मावि किर्नेमा चरम अनियमीतता, विद्यालयको पैसा अध्यक्षको खल्तीमा


Wednesday, 14 Aug, 2019 4:23 PM
२९ साउन काठमाडौं । विद्यालयमा शौचालय निर्माणको लागि हिमाल पावर लिमिटेडले दिएको रकम दोलखाका त्रिकुटेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शम्भु फुयाँलले आफैंले राखेको रहस्य बाहिर आएको छ । 

दोलखाको तामाकोसी गाउँपालिका–५ शहरेमा रहेको त्रिकुटेश्वर माध्यमिक विद्यालय किर्नेमा शौचालय निर्माणको लागि आर्थिक सहयोग माग गरेपछि कम्पनीले नगद दिन नसक्ने र कवाडी सामान बिक्री गरेर निर्माण गर्न भन्दै केहि सामानहरु दिएको थियो । कवाडी सामान बिक्रीवापत करिब १० लाख रुपैयाँभन्दा बढी आम्दानी भए पनि के कति आयो भन्ने सार्वजनिक नगरिएको स्थानीयबासीको आरोप छ । 

कम्पनीले दिएको कवाडीका सामान विद्यालयले बिक्री गरेपनि त्यसबापत आएको सबै रकम अध्यक्ष फुयाँल आफैँले राखेको खुलासा भएको हो । विद्यालयको नाममा आएको सहयोग रकम विद्यालयको खातामा जम्मा हुनुपर्नेमा अध्यक्ष आफैँले राखेको भन्दै केही स्थानीयहरुले विरोध जनाउदै आएका छन् । 

 फुयाँलले राजनीतिक दलको आडमा अनियमितता गर्दे स्थानीयस्तरमा दादागिरी देखाएको आरोप लाग्ने गरेको छ । उनी प्रदेश सांसद विशाल खड्काका पिए समेत हुन् । विद्यालयका प्राधानध्यापक हरिशंकर फुयाँलले पटक–पटक सो रकम विद्यालयको खातामा राख्न अनुरोध गरेपनि अटेर गर्दै आएको जानकारी दिए । ‘विद्यालयको नाममा आएको रकम विद्यालयकै खातामा हुनुपर्ने हो, प्रअ फुयाँल भन्छ्न, ‘तर अध्यक्षज्यूले भोलि–भोलि भन्दै टार्दै आउनु भएको छ।’ 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुयाँलले भने विद्यालयमा शौचालय निर्माण भइरहेकोले सो रकम त्यसैमा खर्च गरिएको जानकारी दिए । ‘काम गर्नेहरुलाई तत्कालै पैसा दिनु पर्ने भएकोले खातामा पैसा जम्मा गर्न नभ्याएको हो’, अध्यक्ष फुयाँलले भने,‘भदौमा निर्माण सकिएपछि सार्वजनिक सुनुवाइ गरेर फरफराक गर्छु ।’  कम्पनीका प्रशासन शाखाका चमन विकले विद्यालयलाई कवाडी सामान दिएको स्वीकार गरे । उनले नगद रकम दिन नसक्ने अवस्था रहेकोले आफुहरुसँग रहेको कवाडीका सामानहरु दिएको जानकारी दिए ।

यसैबीच सहरेका स्थानीय भुवन केसीले विद्यालयको नाममा आएको रकम अध्यक्षको खातामा राख्नु गम्भीर लापरबाही भएको भन्दै सम्बन्धित निकायले छानविन गरेर गर्नुपर्ने बताए ।  लामो समयअघि विद्यालयको नाममा आएको रकम अध्यक्षले आफ्नो गोजीमा राखेर मनोमानी ढंगले खर्च गर्न नहुने उनको भनाइ छ ।

विद्यालयमा शौचालय निर्माण गरिएको भएपनि हाल सो शौचालय भत्किसकेको स्थानीयहरुको भनाइ छ । विद्यालयको नाममा आएको कवाडीका सामानहरु लिलामीमा प्रधानध्यापकको स्वीकृती बिना बिक्री वितरण गर्न नसक्ने भन्दै प्रधानाध्यापकको पनि संलग्नता भएको हुन सक्ने स्थानीयहरुको आरोप छ ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ : मन्त्री लालबाबु पण्डित

३२ साउन, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे । ‘गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ’, उनले भने, ‘अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।’ 

विप्लव समुहका नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

३० साउन, दाङ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी देविलाल पुन तथा अन्य ५ जना जिल्ला सदस्य रहेका छन् । पक्राउ पर्नेहरुमा मोहनलाल कार्की, लिलाराम बुढा, धनबहादुर बिक, रामकुमार बुढा र हिका बुढा छ्न् । केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले वताए ।
 

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद बैठकमा छलफल हुने

३१ साउन, काठमाडौं । भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। शुक्रबार बिहान बस्ने सुरक्षा परिषद बैठकमा यसबारे छलफल हुनेछ । यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । यसैबीच विवादित क्षेत्र कश्मीरको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ । पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको बताएको छ । 
 

अबदेखि दक्षिण कोरियासँग कहिल्यै वार्तामा नबस्ने उत्तर कोरियाको घोषणा, यसकारण सन्किए उन

उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ। सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति 

भ्रष्टाचारलाई निर्मूल पार्न कस्मिरको विशेषाधिकार हटाएका हौं :मोदी

३० साउन दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कस्मिरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट कस्मिरलाई कुनै असर नगर्ने बताएका छन्। सो क्षेत्र पुनः आफ्नो पुरानो गौरवमा फर्किने मोदीको भनाइ रहेको छ। बिहीबार भारतको स्वतन्त्रता दिवसको अवसरमा संवोधन गर्दै उनले भने,‘हामी कस्मिरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’कस्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top