esewa

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्छ : मुख्यमन्त्री पौडेल


Tuesday, 23 Apr, 2019 3:17 PM
१० वैशाख, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताएका छन । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर अघि बढ्नुपर्नेमा जोड दिए। 

मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारभन्दा प्रदेश सरकार नयाँ भएकाले यो एकवर्ष संरचना र ऐन नियम बनाउन लागिएको बताए । सरकार गठन हुँदासम्म कहाँ बस्ने र कोसँग शपथ लिने भन्नेसम्मको अन्यौलता रहेको उनले बताए । अहिले आवश्यक पर्ने ऐन, नियमको निर्माण भइरहेको उनले बताए ।

उनले भने, ‘सबै चुनौती सामना गर्दै अहिले हामी यो अवस्थामा आइपुगेका छौँ ।’ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट) ले अपेक्षाकृत काम गर्न नसकेको उनले औँलाए । नास्ट परिणाममुखी काममा लाग्नुपर्नेमा उनको जोड छ । नास्टले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने उनले औँलाए । 

सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज जिसीले अहिले नेपालमा एक तिहाइ युवा जनसङ्ख्या हुनु देश विकासका लागि सम्भावनाका रुपमा रहेको औँल्याए । विज्ञान र प्रविधिका क्षेत्रमा अनुसन्धान गर्नका लागि प्रदेशस्तरमा संरचना आवश्यक रहेको उनले बताए । उनले भने, ‘संरचना निर्माण गर्न र सञ्चालनका लागि सङ्घ र प्रदेश सरकार दुबैको समन्वयको खाँचो छ ।’

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेश सरकारले एक वर्षमा थोरै भए पनि उल्लेखीय काम गरेको जानकारी दिए । उनले भने, ‘विश्वविद्यालयको ज्ञानलाई व्यवहारसँग जोड्न त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।’ 

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक संसद् रामेश्वर फुँयालले योग्यताअनुसारको काम र कामअनुसारको दामका लागि सरकार तयार भएको बताए । प्रदेश सांसद रमा आलेमगरले प्रदेश नं ३ ले अरु प्रदेशका सकारात्मक कुरा अवलम्बन गरिरहेको बताइन् ।

प्रा डा रामेश्वर अधिकारीले देश विकासमा युवा वैज्ञानिकको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । देशभरका युवा वैज्ञानिक सहभागी रहेको सम्मेलन भोलिसम्म चल्नेछ ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सामाजिक सुरक्षा योजनालाई उद्योगी नेताहरुले नै सहयोग गरेनन् : मन्त्री विष्ट

८ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योगी नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताए । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वाहनामात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वयनमा समस्या सिर्जना भएको दाबी गरे ।

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

८ भदौ, बुटवल । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका 

सरकार सफल भएमात्र संघीयता सुदृढ हुन्छ : पर्यटनमन्त्री भट्टराई

७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । 
 

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

८ भदौ, काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शनिबार छोटो दूरीका दुई वटा ब्यालेस्टिक मिलाइल परीक्षण गरेको हो  दक्षिण कोरियाका ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ ले भनेका छन्, ‘सेनाले दुई अज्ञात प्रक्षेपास्त्रहरु देखेको छ । ती छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु हुन सक्ने अनुमान गरिएको छ ।’

कश्मीर पुग्न नपाइ विमानस्थलबाटै फर्काइएपछि के भने राहुल गाधीले ?

भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मू–कश्मीर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलबाटै फर्कायो । गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएपछि उनीहरु त्यहाँबाट फर्किए । आफूहरुलाई त्यहाँका नागरिकसँग भेट गर्न नदिएपछि राहुलसहितका नेताहरुले पत्रकार सम्मेलन गरे । 

कश्मीर विवाद : धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

७ भदौ, काठमाडौं । भारत प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन् । सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए । शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो । प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो । कम्तीमा दुईजना घाइते भएका छन् । तीन साता अगाडि भारत सरकारले जम्मू(कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top