esewa

स्थानीय तहले राजा हुँ भन्ने भावना छोड्नुपर्छ : मुख्यमन्त्री पौडेल


Wednesday, 12 Jun, 2019 1:52 PM
२९ जेठ, मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहका सरकारले आफू त्यहाँको ‘राजा’ हुँ भन्ने व्यवहार त्याग्न आग्रह गरेका छन् । अहिले स्थानीय सरकारले प्रदेश तहबाट गएका योजनाका काम समेत हुन नदिने सम्मका कुरा आएकाले यस्तो प्रवृत्ति छोड्नका लागि उनले निर्देशन समेत दिए ।

प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषदको दोस्रो बैठकको अवसरमा बोल्दे उनले स्थानीय तहलाई बलियो बनाउनका लागि आफू लागि परेको स्मरण गर्दै उनले भने,  ‘प्रदेशले स्थानीय तहलाई कुनै पनि हालतमा कमजार बनाउन दिँदैन ।’

अहिले प्रदेश र स्थानीय तहबीचमा भएको समस्या हल गरिनुपर्ने उनले बताए । अबको समयमा कुन तहका योजना कुन सरकारले गर्ने भनेर तय गरिनुपर्ने बताउँदै उनले भने ‘सँधै योजना चाहियो भनेर फाइल बोकेर हिँडिराख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अहिलेको जटिलता भनेको नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर गैरहेको छ । यसबाट सच्चिनुपर्छ ।’

संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरुको कुरा मान्नै नहुने ब्याख्या गलत भएको उनले बताए । मुख्यमन्त्री पौडेलले एक अर्कालाई स्वीकार नगर्ने हो भने सरकार सफल नहुने बताए । उनले भने ‘हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले अब पुरानो शासन सत्तालाई परिवर्तन गर्नुपर्छ ।’

‘संविधानले स्पष्ट ढंगबाट हाम्रा अधिकारको सूचि तयार गरेको भए पनि हामी किन अझै अन्योलग्रस्त छौँ ?’, उनले प्रश्न समेत गरे । उनले प्रदेश र स्थानीय मिलेर जानुपर्ने र  एउटै रथको पाङ्ग्रा मिलेमात्र रथ अघि बढ्ने बताए । 

‘संविधानले स्वायत्तता अधिकार दिएको भन्दैमा एक अर्कालाई मान्नै पर्दैन भन्ने त हैन नि ?’, उनले भने ‘स्थानीय तहले कानुन बनाउछ तर प्रदेश सरकारलाई थाहा हुँदैन यसरी कसरी सरकारबीच सहकार्य हुन्छ ?’


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रधानमन्त्री सिङ्गापुर गएपछि नेकपाको बाँकी काम प्रचण्डको अध्यक्षतामा गरिने

५ भदौ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर गएपछि नेकपाको बाँकी काम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गरिने भएको छ ।पार्टीका प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सिङ्गापुर गएपछि ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले

लोकतन्त्रमा संकट आए सरकार जिम्मेवार : डा. कोइराला

४ भदौ, विराटनगर । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले सरकारकै कारण लोकतन्त्र संकटमा पर्ने खतरा बढेको बताएका छन् । दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा राजसंस्था र विप्लव समूहले चलखेललाई बढाएको उनको दाबी छ । आज विराटनगरमा रमा–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा नेता डा. कोइरालाले भने, ‘सरकारको असफलतासँगै विरोधी तत्वहरुको चलखेल बढेको छ ।
 

नेकपा सचिवालय बैठक बस्दै

४  भदौ काठमाडौ । गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारुी

अन्तर्राष्ट्रिय

काश्मीर मामिलामा भारतलाई बंगलादेशको समर्थन

४ भदौ, काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशले काश्मीर मामिलालाई लिएर भारतको समर्थन गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर बंगलादेशबाट नेपाल आइनपुग्दै बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी भारतको समर्थन गरेको हो । संविधानको धारा ३७० लाई निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको समेत वक्तव्यमा जनाइएको छ । उसले वक्तव्यमा क्षेत्रीय शान्ति र स्थिरताका लागि त्यसले मद्दत गर्ने समेत बताएको छ । 
 

इरानी पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टरद्धारा अस्वीकार

२ भदौ, काठमाडौं । गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो । ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

 

हङकङमा प्रदर्शन थामिएन, चिनियाँ सेना परिचालन गर्ने तयारी

२ भदौ, काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top