huwai hospital
nlic

केसी र सरकारबीच दूरी झनै बढ्दो, १४ दिनदेखि अनसनरत केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै


Friday, 13 Jul, 2018 9:04 AM
२९ असार काठमाडौ । बिगत १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् पछि झनै जटिल बनिरहँदा सरकारसँगेको दुरी भने बढ्दै गएको छ । केसीको समर्थनमा रहेको चिकित्सक संघले आफुहरु सहजीकरण गर्न तयार रहँदा पनि सरकारले वार्ता टोली समेत गठन नगरेर दम्भ देखाएको आरोप लगाएको छ भने सरकारका पदाधीकारी केसी काठमाडौ आएपछि मात्र वार्ता हुने अडान राख्दै आएको छ । चिकित्सक संघले सरकार समाधानतिर नलागेर  दबाएर जाने भन्नेमा लागेको भन्दै आक्रोश व्यक्त गरेको छ। बिहीबार केसीका कतिपय मागहरुलाई सम्बोधन गर्ने ठानिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसंसदमा प्रस्तुत गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन शुरु गरेका डा. गोविन्द केसीको अनशन लम्बिंदै जाँदा उनको स्वास्थ्य स्थिति दिन प्रतिदिन कमजोर बन्दै गएका छन् । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले अहिले विभिन्न दलका प्रमुख नेताहरुलाई उनको स्वास्थ्य र मागबारे निकास खोज्न आग्रह गर्दै भेटघाट गरिरहेको छ। आफुहरु सरकार र डाक्टर केसीका बीचमा सहजीकरण गर्न तयार रहेको जानकारी दिएको संघले सरकारले वार्ता टोली समेत गठन नगरेर समस्या बल्झाएको आरोप लगाएको छ। विगतमा डाक्टर केसीले पटक पटक गरेका अनशन र सरकारसँग भएका वार्ताको उपलब्धि रुपमा हेरीएको चिकित्सा शिक्षा अध्यादेश समेत निष्कृय भैसकेको छ। तर डाक्टर केसीले भने अध्यादेश अनुरुपकै विधेयक ल्याउनु पर्ने माग राख्दै आएका छन्।
वर्तमान सरकारले परिमार्जन सहित विधेयक संसदमा लगेपछि त्यसको विरोध भएको थियो। त्यसमा लचिलो हुने र डाक्टर केसीका मागका सम्बन्धमा वार्ता टोली गठन गरेर छलफल गर्ने मनस्थितिमा सरकार देखिँदैन। शिक्षा मन्त्री गिरीराजमणी पोखरेल भन्छन्  ‘विगतमा पनि वार्ता टोलीमा रहेकाहरुले सहमति गर्नु भयो, उहाँले मान्नु भएन। उहाँको स्वास्थ्य स्थिति र अन्य परिस्थितिका कारण पहिले उहाँलाई काठमाडौं ल्याउँ, अनि अन्य कदम चालौंला’ । सरकारले वार्ता टोली गठन गरे केसीले जुम्लामा अनशन गर्दै गर्दा पनि वार्ताका लागि काठमाडौंमा उनको तर्फबाट छलफल गर्न टोली तयार रहेको उनका एकजना सहयोगी डा जीवन क्षेत्रीले बताए।
चिकित्सा शिक्षा विधेयकमाथि संसदमा पनि सहज ढंगले छलफल हुने अवस्था छैन। विधेयकमाथि विरोधको सूचना दर्ता गराएका कांग्रेस नेता गगन थापाले भने,मसँग संख्या छ त्यसकारण जस्तो विधेयक मैले चाहेको त्यस्तै अनुरुप मैले पारित गरेर जान्छु भन्ने सोचमा सरकार देखिन्छ। त्यस्तो बेलामा त्यसले अनपेक्षित मुठभेडको स्थिति पनि निम्त्याउन सक्छ’।
सरकार र अनशनरत डाक्टर केसी दुबै पक्ष आफ्नो अडानबाट पछाडि हटने मनस्थितिमा नदेखिंदा उनको अनशन लम्बिंदै जाने र देशभरका चिकित्सक समेत आन्दोलनमा उत्रने अवस्था सृजना हुँदै गएको देखिन्छ। केसीको अनशनप्रति ऐक्यवद्धता देखाउँदै चिकित्सकहरुले एक घण्टा काम छोडेर विरोध प्रर्दशन शुरु गरेका बेला सरकारले उनीहरुलाई समेत कारवाहीको चेतावनी दिएको र त्यसले समाधान नदिने चिकित्सक संघका पदाधिकारीहरुको भनाइ छ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति पुन

९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उनले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले 

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो 

प्रदेश नं १ : प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

८ फागुन, विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए । उनले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून 

अन्तर्राष्ट्रिय

भारतमा पाकिस्तानी कैदीको ढुङ्गाले हानेर हत्या

९ फागुन काठमाडौ । राजस्थानमा जयपुरको केन्द्रीय जेलका एक पाकिस्तानी बन्दी शकरुल्लाहको अन्य कैदीहरूले पीटीपीटी हत्या गरेका छन्। पाकिस्तानको सियालकोटका बासिन्दा शकरुल्लाह उक्त जेलमा जन्मकैद भोगिरहेका थिए। उनलाई जेलकै अन्य चार बन्दीले ढुङ्गाले हानेर हत्या गरेको आरोप लगाइएको छ। प्रहरीका अनुसार यो घटना बुधबार दिउसो भएको थियो। जयपुर प्रहरीका वरिष्ठ अधिकृत लक्ष्मण गौडले जेलको बाहिर जम्मा भएका पत्रकारसँग

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष

९ फागुन, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । बिहीबारको उक्त आदेशसँगै पुनरावेदन 

बांग्लादेशको राजधानी ढाकामा भिषण आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

९ फागुन काठमाडौं । बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेको हुँदा मृत्यु हुनेको संख्या बढ्ने बताइएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले  राति १० बजपछि आगो लागेको बताए । त्यहाँबाट १२ जनाको शव निकालिएको छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top