syangyong
nlic

​डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपाली बजारमा


Monday, 12 Mar, 2018 6:54 PM
२८ फागुन, काठमाडौ । सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जीनियरिंग कर्पोरेशन (एनसीइसी) ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो । नेपालमा आफ्ना उत्पादनको बिक्री बितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइनाप्याकले परिमार्जित उपकरण भित्र्याएको हो ।

सन् २००८ देखि नेपाली बजारमा आफ्ना उत्पादनको बिक्री बितरण गरिरहेको डाइनाप्याकको आधिकारिक बिक्रेता इनसीइसी रहेको छ । एक कार्यक्रमका बिच एनसीइसीले परिमार्जित अत्याधुनिक प्रविधियुक्त परिमार्जित उपकरण भित्र्याएको हो । एनसीईसीका मुलुकभर रहेका बिक्रि र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्रीबितरण हुने छ । एनसीइसीले विगत ६० बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको छ । 

नेपाल कन्स्ट्रक्सन एण्ड इञ्जीनियरंग कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणि राज भण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए । उनले भने, ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ । साथै पछिल्ला संस्करणमा थपिएका सुरक्षा प्रविधिले हामी नेपालको बजारमा स्थापीत हुनेमा आशावादी छौं ।’ 

जर्मनीको वार्डेन बर्गमा मुख्य कार्यालय रहेको ड्यानप्याकले क्षेत्रीयबिक्रेता र सेवा केन्द्र, तथा वितरकसंगको साझेदारी मार्फत बिश्वभरमा आफ्ना उत्पादनको बिक्री बितरण गर्दै आएको छ । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमाउत्पादन प्लाण्टहरु रहेका छन् । फायाट ग्रुपको अंशका रुपमा रहेको डाइनाप्याकले भारतको क्षेत्रीय कार्यालय मार्फत नेपाल भित्रको सेवा संचालन गर्ने छ । 

‘नेपालको विकास निर्माण तथा पूर्वाधार निर्माणगर्ने राष्ट्रिय महत्वका आयोजनामा सहभागि हुन पाउँदा हामी गौरवान्वित भएका छौं ।’ फायाट ग्रुप, डाइनाप्याक इण्डियाका प्रबन्ध निर्देशक मुकुल चक्रवर्तीले भने । 

ड्यानप्याकका लागि रातो रंग सधै नै महत्वपूर्ण रङ साबित भएको बताएका चक्रवर्तीले सोही रंगका कारण ब्राण्डको भ्यालुलाई विशिष्ट र थप उपयोगी बनाएको बताए । ‘नयाँ रंगहरुले भविष्यको छवी र डाइनाप्याकको ब्राण्डको आत्मालाई समर्थन गर्छ ।’ उनले भने । 

फायाटले एट्लास कर्पोरेशनको  सडक निर्माण सामग्री बिभागलाई आफुमा विलय समेत गरेको छ । यस बिभागले रोलरको लागि आवश्यक डामर र माटोको उपयोग, मार्फत पेवर्स र प्लेनर्स उत्पादन गर्ने विज्ञप्तीमा उल्लेख छ । यो प्राप्तीसँगै ३७ देशमा रहेका बिक्रि र सेवा संचालन केन्द्र, चार देशका उत्पादन इकाई र उत्पादन साझेदार फायाट भारतको स्वामित्वमा आएका छन् । डाइनाप्याकको प्राप्तिले फायाट ग्रुपसडक निर्माण सामग्री उत्पादनमा रणनीतिक रुपमा थप मजबुत बनेको चक्रवर्तीले बताए ।
 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top