siddhartha

महाभूकम्प १९९० : माघ २ को त्रासदीपूर्ण त्यो दिन


Tuesday, 16 Jan, 2018 10:47 AM
केही दिन अगाडि दिनरात गरी ४१ इन्च पानी परेको थियो । बिहानीपख हुस्सु लागेको थियो । अघिल्लो दिन संक्रान्ति मनाएकाले भोलिपल्ट पनि चाडबाडको हावा अडिरहेको थियो । सोमबारे औँसी परेकाले आइमाईहरू न्वाही धोई पूजापाठ गरी व्रत बसिरहेका थिए । चाडबाड मनाइसकेका दुनियाँ खेतमा काम गरिरहेका थिए ।

बिहानपख हुस्सु लागे पनि घामको तेज करिब ६० डिग्री चढाउ भएको थियो । तैपनि, आँगन, कौसी र सडकमा समेत घाम तापिरहने धेरै थिए । सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । गाउँले आफ्ना उब्जाउ बेच्न आएकाले सहरका बजारतिर भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो । पल्टन कवाज खेलिरहेका थिए ।

ठीक २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो । २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर इमारत लड्न गए । एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टएिको देखियो । जमिन कस्तो जोडले काँपेछ भने रूख, बोट हुरीमा परेझैँ लच्के । साना–साना बोटका टुप्पाले जमिन छोला–छोलाजस्तो भयो ।

पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । पोखरीका पानी ठूला–ठूला छालझैँ उछिट्टिन लाग्यो । घरको गाहारा हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि गर्दा धमाधम घर लड्न थाले । अग्लाअग्ला पुर्जा गजुर पनि खसे । तोपको बढाइँझैँ घर भत्केको भयंकर आवाज आउन थाल्यो । धूलोले गर्दा अन्धकार भयो । आठदस हात अगाडि पनि देखिन नसक्ने भयो । सहरको धूलाले गर्दा टुँडिखेलजस्ता खुला जग्गामा पनि धूलोको कुइरीमण्डल हुन थाल्यो ।

सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई ठाडो रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले । कोही छिँडीमा लुके, कोही चोकमा दौडे, औ कोही बारीतिर कुदे कहीँ कहीँ आमाहरू आफू खुलामा आइसकेपछि छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे । धूलोले अन्धो पारे तापनि अतासले गर्दा सबै मानिस दौडिन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारैतर्फबाट शब्द निस्कन थाल्यो । सो शब्दघर भत्केको आवाजसँग मिल्दा कस्तो भयंकर आवाज आयो होला, विचार गर्नुहोस् । खास गरी स्त्रीहरू धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने कोसिस नगरी पानी भर्ने वा औँलाले जमिन छुनेजस्ता रकम–रकममा काम गरे । तर, भाग्ने मानिसले पनि सुख पाएनन् । सहरका ससाना सडक र गल्लीहरू धराप बन्न गए । हजारौँ घरले थिचिई मृत्युको गाँसमा परे । हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरै जस्ता जमिनमा घोप्टो परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लिन गयो ।

सोही बखत धरहरा र घन्टाघर दुवै करौँतीले काटेका रूखझैँ चिराचिरा पर्न गई दुईतीन टुक्रा भई ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर इमारत पनि त्यस्तै किसिमले ढलेका थिए । भूकम्पमा घर त्यसै ढलेर भत्कन्छन् भन्ने विचार धेरै दृष्टान्तले सिद्ध भएन ।

खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८–१० हात माथिसम्म पानी फोहोरझैँ जमिनबाट फुटी आयो । धेरै जस्ता खेत पानीले जलथल भए । जमिन फाँटिदा तातोपानी र बालुवासमेत बाहिर आएको देखियो । बालाजू र शंखमूल नजिकमा सडक ठाउँ ठाउँमा एकदुई हातसम्म भासिन गए । चिरान परेका ठाउँको गहिराइ ९देखि ५० हातसम्म पनि हुन गयो, लम्बाइको त कुरै छाडून् ।

भूकम्प बन्द हुनासाथ सबै नातापाताको खोजतलासमा लागे । बेपत्ता भएकाहरूको नाम पुकार्दै सडकमा दौडन थाले ।

आ–आफ्ना घरतिर दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकीनसकी घरको रासन खोस्रन थाले । सबै आ–आफ्नै नाताहरूको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्ने पूरा सामथ्र्य भएन । यस्ताका नाताको दिल कस्तो भयो हो, कल्पना गर्न सकिँदैन ।

यस्ता मानिस पल्टन भएका ठाउँमा अथवा काठमाडौँको टुँडिखेलमा आई कराउन थाले । एकैछिनमा सबै खुला ठाउँमा यी आत्तिएका स्त्री–पुरुषहरूले भरिए । केही बेरमै चिफसाहेब, लाठसाहेब र अरू जर्नेल अफिसर जम्मा भए । पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने भयो । त्यसपछि तिनीहरूलाई ठाउँ ठाउँमा पठाउने काम गरियो ।

श्री ५ का छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर त्यहीँ आयो । सिपाहीको गठ–गठ गरी सहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो । तिनीहरू गई सहरमा धेरै पुरिएकालाई बचाइदिए । आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो तापनि पल्टनिया जवानहरू आफ्ना कर्तव्यको सोझो रहे । खटाइएका ठाउँमा केही गाह्रो नमानी गए यस्तो देख्दा खुसी पनि लाग्यो । दया पनि उठ्यो ।

त्यस बखत तीन सहरमा करिब ९ हजार ५ सय सिपाही थिए । घाइतेका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन्ड ढाक्यो । कोही आमा आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आशाले डाक्टरलाई देखाउन आएको अपसोची दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला भएकाले घाइतेलाई औषधी र्पुयाउने काम मलाई पर्न आयो । त्यस बखत सहरभित्र कोही(कोही सज्जनले दुस्खी घाइतेको स्याहारसम्भार गरे तापनि धेरैजसो अत्यासले होसहीन भई बसिरहे ।

श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट आफ्ना नारायणहिटी दरबारमा सवारी भई विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन र्फियो । चलनबमोजिम छाउनी पास गरिबक्सँदा एक तोपको सलामी दिए । नागार्जुन दरबार पनि भत्केकाले पालमै राज भयो ।

सहरका कोही घर र दरबारमा समेत भत्केका घरका काठपात आगामा पर्दा आगलागी हुन गयो तर हावाको जोर पनि कम भएकाले सम्हाल्न सके । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो तर फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुन गयो । आगलागी नहुनु एक भाग्यको कुरा सम्झनुपर्छ । त्यस बखतको अवस्थामा तपसिलको एक बयानबाट राम्रोसँग अनजाम गर्न सकिन्छ ।

होसहतास हराएको दुई मिनेटपछि आँखा खोलेर हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउन र कराउन लागेको देखियो, सुनियो । मानिसको ता के कुरो मानिसका शरणमा परेका चराचुरुंगी पनि च्याँच्याँ र चँुचुँ गरेर आकासमा कराउन लागेका थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका पाएन, जहाँको तहीँ थिचिएर मर्नुपयो ।

छोराको सबै शरीर किचिरहेछ, मुख पक्कपक्क बाएको इँटका अन्तरबाट अलिअलि देखिन्छ आ...मा... भनेको मलिन आवाज अलिअलि सुनिन्छ, इँटकाठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस, जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन पनि भएको छैन, १५ वर्षकी बाहुनी विधवा भई, यसले छाती पिटीपिटी रोएको करुण क्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँच्चिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् । कसैलाई पोल्न लगिसके । घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ । कात्रो किन्न जाने पसल छैन । दाउरा किन्ने पैसा छैन । घर भत्केका काठपातले मुर्दा पोलिए । बाबु म¥यो, छोराले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन । घरले किचिएको छ वा कहाँ छ पत्तो छैन । किरियापुत्रीले नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुर्पयो । सारा सहर भत्क्यो, पसल भत्के केही किन्न पाइँदैन । रात प¥यो । माघे झरी पर्ने डर छ, ओत छैन ।

लास जलाउनलाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सत्गत् गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको कुरै छोड्नु । वीरगन्जसम्मको एक्लो टेलिफोन लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर लिई घोडचढी गए । बाटो बिग्रेकाले भादगाउँ र वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी (सरकारी ढुकुटी) झेलखाना, तोपखाना र ठूलठूला दरबारमा पालो थप गरियो । खोरका थुनुवाहरू भाग्न कोसिस गरेकामा सिपाहीको मद्दतले भाग्न सकेनन् । हिउँदको छोटो दिनरात चाँडै प¥यो तर बिजुलीबत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन ।

ससाना कम्पनहरू रातभर गइरहे । तिनको गन्ती भएन । ठूलादेखि सानासम्म सबैका खेतबारी या खुला मैदानमा बास भयो । हजारौँले ओत नपाई खुला मैदानमा बसे । त्यस रातमा खान पनि थोरैले मात्र पाए । पानी जम्न थाल्यो । त्यो रात जरोको निद्राझैँ बित्यो ।

भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीलाई ठाउँठाउँमा पठाए । धेरै जिउँदा मानिस निस्के । एकै ठाउँमा ४०–५० जनासम्म पुरिए । अफिसरहरू गाउँगाउँमा बुझ्न गए । दृष्टान्तका लागि एक भूकम्प सेवक पं प्रेमराजको बयान यस्तो थियो ।

’म घुमेका ठाउँमध्ये सानागाउँ र लुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । १५००–२००० छाना अघि जुन ठाउँमा थिए, आज त्यही ठाउँमा चार–पाँचवटा छाना पनि देखिँदैन । अघिको झिँगटीका छानाले भरिभराउ भएको बस्ती अहिले पटपटी फुटेको नांगो डाँडो देखिइरहेछ ।’

वीरगन्जसम्मको टेलिफोनको लाइन भोलिपल्टै खुल्यो । परन्तु, रक्सौलभन्दा परको खबर केही पाइएन । वीरगन्ज स्वाहा भएको छ । रक्सौलदेखि माथिसम्म रेल लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको खुट्टा टुटेकाले हिन्दुस्तानपट्टीको केही खबर छैन ।

महाभूकम्प गएको दिनैदेखि हररोज साना–साना भूकम्प जान थाले । ४ माघ राती अर्को निकै ठूलो कम्प गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीनचार दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछि–पछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानी पर्न गयो ।
(ब्रह्मशमशेर जंगबहादुर राणाको पुस्तक  ‘नेपालको महाभूकम्प १९९० साल’ बाट साभार)

 


Ruslan

paicho

bussewa

राजनीति

​काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

९ फागुन, काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

संघीय संसदका सांसदको सपथग्रहण फागुन २० गते

९ फागुन, काठमाडौं । संघीय संसदका सांसदहरुको सपथग्रहण फागुन २० गते हुनेभएको छ । संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी फागुन २० गते अपरान्ह ४ बजे संघीय संसदको प्रतिनिधिसभा बैठक कक्षमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने जनाएको छ । संघीय संसदमा प्रतिनिधिसभाका

मन्त्रालय भागवण्डा गर्न ओली प्रचण्ड छलफलमा

९ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठकलाई पूर्णता दिन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रस्ताविन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय समेत रहेका ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाँडको

अन्तर्राष्ट्रिय

​रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे म्यानमारमा द्विपक्षीय बैठक

९ फागुन, एजेन्सी । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ । यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् । 

सिरियामा हवाई हमला, बालबालिकासहित ७७ जनाको मृत्यु

८ फागुन, काठमाडौं । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ ।  ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । 

अमेरिकी राष्ट्रपति बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा

८ फागुन,वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाएका छन् । नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उनले समर्थन गरेका हुन् । ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत 

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top