अभिभावकको ढाड सेक्दैछ सरकार


Friday, 18 Mar, 2016 5:12 PM
गणेश प्रसाद खतिवडा
अहिले देशभरका विद्यालयहरू आफ्नो विद्यार्थीहरूको वार्षिक परिक्षा तथा एसएलसी परिक्षाको तयारीमा जुटिरहेका छन् । वार्षिक परिक्षा र त्यसपछि तरून्त सुरू हुने नयाँ विद्यार्थी भर्नाका लागि जुट्नुपर्ने समयमा संस्थागत विद्यालयमा राज्य आतंक फैलिएको छ । हरेक वर्ष शुल्कको विषयलाई लिएर राज्यले सताउने गरेको कुरा नौलो विषय होइन । तर यसवर्ष भने फरक तरिकाले उनिहरूको टाउको दुखिरहेको छ । 
हरेकवर्ष शुल्क वढि भयो भन्ने सरकार यसवर्ष भने वढी शुल्क उठाउन दवाव दिइरहेको छ । शिक्षा ऐन र शिक्षा नियमावलीलाई समेत कार्यान्वयन गर्न नसकेको सरकारले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ र त्यसको कार्यान्वयन गराउन नसक्दै पुनः संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ल्याएर कार्यान्वयनको दवाव दिन थालेको छ । 
यी सबै ऐन नियम र निर्देशिका कार्यान्वयन हुने हो भने हाल संञ्चालनमा रहेका ८० प्रतिशत भन्दा वढी संस्थागत विद्यालयहरू बन्द हुने निश्चित छन् । अभिभावक, मिडिया, विद्यार्थी तथा शिक्षकहरूको दवाबमा पर्ने गरेका संस्थागत विद्यालयहरूलाई आफ्नो अभिभाकत्व दिनुपर्ने सरकार समेत विरूद्धमा उत्रिएपछि आफ्नो करोडौको लगानी मात्र होइन, इज्जत समेत नबँच्ला भन्ने कुरामा त्रसित छन् । यसबाट लाखौ अभिभावक, विद्यार्थी तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्यालयबाट रोजगारी प्राप्त गरेका मानिसहरू मारमा पर्ने देखिन्छ । 
पुरा गर्नै नसकिने र अव्यवाहारिक कुराहरू यसरी हतारमा लागु गर्न उद्यत हुनुमा धेरैले गलत विचारको प्रतिफलको रूपमा यसलाई लिएका छन् । सामुदायिक विद्यालयको कमजोर प्रतिफललाई ढाकछोप गर्न एक्कासी एसएलसी परिक्षामा अक्षराकं पद्धती लागु गर्न लागेको सरकारले विगतको कथित जनयुद्धको समयमा बुर्जुवा शिक्षा भन्दै विद्यालयमा धम्की र चन्दा आतंक मच्चाउने सिमित कर्मचारीहरूको योजनामा यस्तो निर्देशिका ल्याएको हो भन्नेहरूको पनि कमी छैन । 
आफुले उचित अनुगमन र मुल्याङ्कन गर्न नसकेरनै संस्थागत विद्यालयमा विभिन्न दलका भातृ संगठनहरूलाई पुनः धम्की र चन्दा आतंक फैलाउनकै लागि विद्यार्थी संगठ्न, शिक्षक युनियन र अभिभावक संघको आवरणमा विद्यालयमा सरकारले नै आधिकारीक अनुमति पत्र प्रदान गरि पठाउन लागेको धेरैको बुझाई छ ।  
यहाँका संस्थागत विद्यालय बन्द गराएर विद्यार्थीहरूलाई छिमेकी मुलुकतर्फ पढाई त्यहाँबाट मोटो कमिशन हात पार्न लागेको अनुमान समेत गर्न थालिएको छ । महाभुकम्प र नाकाबन्दीको कठिन परिस्थिती झेलेलगत्तै आएको यस्तो निर्णयले विद्यालय र अभिभावकलाई राहतको सट्टा आहत उपहार दिएको छ । 
सरकारले तोके अनुसारको न्युनतम तलब तथा सुविधा पाउनुपर्ने हामीजस्ता संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई खुसी दिने प्रयास गरेको भएपनि वेरोजगारीले आक्रान्त मुलुकमा सुविधा प्राप्त गर्नु अगावै रोजगारी गुम्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । शिक्षा ऐन अन्र्तगत रहेर सञ्चालनमा रहेका विद्यालयहरूलाई विद्यालयको विरोध हँुदाहुँदै जवरजस्ती कम्पनी अन्तर्गत समेत लैजाने त्यही सरकारले कम्पनी अन्र्तगतका कुनै पनि कुरा लागु गर्न दिएको छैन । विद्यालय सञ्चालकहरू माथी यसरी चौतर्फी आक्रमणमा उत्रिएको सरकार यसपटक भने विद्यालयको माध्यमबाट अभिभावकहरू माथी समेत खनिज पुगेको छ । 
विद्यालय निरिक्षक र श्रोत व्यात्तिमार्फत भत्ता आतंक फैलाउँदै सधै मिडियाले देखेकोजस्तै संस्थागत विद्यालयलाई यसपटक भने साँच्चै अभिभावकत्वको ढाड सेकाउने अभियानमा लागेको छ । यत्तिका संस्थागत विद्यालय सञ्चालन हुँदासमेत भर्ना नपाउने सामुदायिक विद्यालयहरूमा अरू वढी विद्यार्थी लिन सक्ने अवस्था भविष्यमा समेत नरहला । 
भुकम्पले भवन भत्किएका सामुदायिक विद्यालयलाई सरकारले दिएको पाल समेत च्यातीसकेको यो परिपेक्ष्यमा उनीहरूका लागि चिन्तीत बन्नुपर्ने सरकारले आफ्नो प्राथमिकता विर्सेर संस्थागत विद्यालय र त्यसका अभिभावक माथी केन्द्रित भएको परिस्थिती साँच्चै हाँसो उठ्दो छ । आफु अन्र्तगतका विद्यालयलाई सुधार गर्ने वित्तिकै संस्थागत विद्यालय स्वतः बन्द हुनसक्ने गतिलो बाटो हुदाहुदै आफ्नो सिमित स्वार्थपुर्तीका लागि उत्रिएको कर्मचारीतन्त्रको रवाफले कि त विद्यालय बन्द गर्ने कि त अभिभावक ढाड सक्ने अभिप्राय छ । 



global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top