धेरै अण्डा खाँदा मुटुसम्बन्धी रोग र असामयिक मृत्यु निम्त्याइरहनुभएको त छैन ?


Sunday, 24 Mar, 2019 8:45 AM
अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ।
 
उक्त अध्ययनका अनुसार दिनमा जम्मा दुईवटा मात्रै अण्डा खाँदा पनि त्यसले मुटुलाई नोक्सानी पुर्‍याउन र उमेर नपुग्दै मृत्यु हुन सक्छ। अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले खतरा देखिएको हो। एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो। तर उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको छ वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित विश्लेषण हो।
अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय मिलिग्राम कोलेस्ट्रोल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन्। उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा छ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन्। दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमश ः २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ। सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्ति सेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो।
 
“हाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिसले उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो,” अध्ययनकी एक लेखिका तथा नर्थवेस्टर्न यूनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन्।
 
पहिलाका अध्ययनसँग विरोधाभाष
 
पुराना अध्ययनहरूले अण्डा खानु र मुटुरोगको सम्बन्ध नरहेको देखाएकोमा नयाँ अध्ययन विरोधाभाषपूर्ण देखिएको छ। तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए।
यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटिह हुनसक्ने बताएका छन्। सहभागीले गएको महिना वा वर्षहरूमा अण्डा खाएकोबारे प्रश्नोत्तरमार्फत् जानकारी दिनुपर्ने भएकाले सो अध्ययनको निष्कर्ष अपूर्ण हुनसक्ने देखिएको छ।
 
अन्य विज्ञहरूले यो अध्ययनले अण्डाको खान्की र मुटुरोग बीचको सम्बन्ध देखाए पनि मुटुसम्बन्धी रोगको कारणकै रुपमा अण्डाको आहारलाई स्थापित गर्न नसकेको बताएका छन्।
 
“यो अध्ययनको बलियो पक्ष भनेको यसले अमेरिकी जनसङ्ख्याको जातीय विविधता र सामान्य अमेरिकीहरूले लिने आहारको प्रतिनिधित्व गरेको छ,” लण्डनको किङ्ग्स कलेजका पोषण तथा खानपिनसम्बन्धी प्राध्यापक टम स्याण्डर्सले भने। “यसको सीमितता भनेको यो आहार लिने एउटै आकलन विधिमा मात्रै निर्भर छ।”
 
कति खाने त अण्डा ?
 
त्यसो भए हामीले कतिवटा अण्डा खानुपर्छ त ? अध्ययनकर्ता एलेन हप्तामा तीनवटा भन्दा बढी खान नहुने सुझाउँछिन्। उनी अण्डा खान मन पराउनेहरूलाई दिने सुझाव चाहिँ अण्डाको सेतो भाग मात्रै खानु भन्ने हो। “मैले मानिसहरूलाई आफ्नो खानेकुराबाट अण्डालाई पूर्ण रूपमा हटाउन भनिरहेकी छैन,” उनले भनिन्। “म केवल मानिसहरूलाई ठिक्क मात्रामा खान भनिरहेको छु।”
 
टम स्याण्डर्सले भने यो अध्ययन अमेरिकी नागरिकहरूमा मात्रै केन्द्रित भएको ठान्छन्। “औसतमा अमेरिकीहरूले दैनिक खाने कोलेस्ट्रोल करिब छ सय मिलिग्रामसम्म हुनसक्छ जुन ब्रिटेनले प्रतिदिन लिने दुई सय २५ मिलिग्रामभन्दा धेरै बढी हो,” स्यान्डर्स भन्छन्।
 
वर्षभरि धेरै अण्डा खपत गर्ने विश्वका देशहरू (स्रोत) इन्टरन्याशनल एग कमिशन, २०१५०
देश‍ प्रतिवर्ष प्रतिव्यक्ति खपत हुने अण्डा
 
अण्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टरन्याशनल एग कमिशनको सन् २०१५ को तथ्याङ्कले अमेरिकीहरू विश्वमा धेरै अण्डा खानेमा पाँचौ देशमा पर्छन्। जसले प्रत्येक वर्ष प्रति व्यक्ति दुई सय ५२ खान्छन्। तर त्यहाँ २० प्रतिशत मृत्युको कारण मुटुरोग हो।
 
तर प्रतिवर्ष प्रतिव्यक्ति तीन सय २८ वटा अण्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन्। “हप्तामा तीनदेखि चारवटा अण्डा खानु ठिकै हुन्छ,” ब्रिटिश विज्ञले थपे। बीबीसी 


global ime

Ruslan

runner bike

राजनीति

विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री भट्टराई

२९ मंसिर, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्र्तक्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए । ‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’

२२ वर्षमा नभएका काम सरकारले २ वर्षमै गर्यो : मन्त्री बास्कोटा

२९ मंसिर, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ को नमोबुद्ध तिमाल समाजले नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।   मन्त्री बास्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न उहाँले पर्यटन व्यवसायीलाई आग्रह गरे । 

दाङ बारको चुनावमा नेकपा–कांग्रेसको संयुक्त प्यानल पराजित, विद्रोहीले बाजी मारे

२९ मंसिर, घोराही । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वा्चित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् । अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले अफगानिस्तानबाट ४ हजार सेना फर्काउँदै

२९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्ताबाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ ।ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो सम्बन्धी घोषणा अर्को साता हुन सक्नेछ ।  ट्रम्पले यस अघि नै केही हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न सकिने जनाएका थिए ।  १८ वर्ष अघिको युद्धपछि पनि अफगानिस्तानमा १२ देखि १३ हजार अमेरिकी सेना बस्दै आएका छन् । गएको अगस्टमा ट्रम्पले ८ हजार ६ सय सेना फिर्ता गर्ने र के हुन्छ हेर्ने बताएका थिए । ह्वाइट हाउस र पेन्टागनले भने सो विषयमा बताउन चाहेका छैनन् । 

भारतको असममा जारी आन्दोलन हिंसात्मक बन्दै, ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द

२९ मंसिर, काठमाडौं । नागरिकता संशोधन विधेयक (क्याब) विरुद्ध गत सातादेखि चर्किएको आन्दोलनले असमको अवस्था तनावग्रस्त बन्दै गएको छ । भाजपा नेतृत्वको केन्द्रीय सरकारले क्याब पारित गरेपछि पूर्वोत्तर भारतको असम, त्रिपुरालगायत राज्यमा थालिएको आन्दोलन हिंसात्मक बन्दै गएको हो । सामाजिक सञ्जालमा आन्दोलन भड्काउने तथा हिंसालाई प्रश्रय दिने सामग्री राखिएको भन्दै असम प्रशासनले ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरेको छ । असम पुलिस विभागका महानिर्देशक भास्कर ज्योति महन्तले असममा ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको दार्जि्लिङबाट प्रकाशित हिमालय दर्पणसँग कुराकानी गर्दै पुष्टि गरेका छन् ।

लेबनानमा हिंस्रक झडपहुँदा दर्जनौ घाइते

२९ मंसिर, काठमाडौं । लेबनानको राजधानी बेरुतमा शनिबार भएको झडपमा दर्जनौ मानिस घाइते भएका छन् ।  बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ । प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ ।प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए । प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन् । आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top