syangyong
nlic

तपाई जिमेल प्रयोग गर्नुहुन्छ ? अब जिमेल एकाउन्टको पनि एक्पायरी हुने


Monday, 16 Apr, 2018 4:14 PM
३ बैशाख काठमाडौं । अबदेखि ईमेलको पनि एक्सपायरी डेट अर्थात समाप्त मिति हुने भएको छ । जिमेल एकाउन्टमा   नै ईमेलको एक्सपायरी डेटसहित ईमेल प्रयोग गर्न सकिने सुविधा आउन लागेको हो । जीमेलले प्रयोगकर्ताहरुको सुरक्षालाई अझ ससक्त बनाउने गरि ईमेललाई रीडिजाइन गरिरहेको छ । जसले गर्दा जीमेल प्रयोगकर्ताहरुको ईमेल पढ्ने बित्तिकै निश्चित समयपछि स्वत डिलिट हुने बताइएको छ । गूगलले  एक्पायरी डेट भएको ईमेल सेवा शुरु गर्न लागेको हो । यो फीचर प्रोटोनमेल को जसरी काम गर्नेछ जसले केहि समयपछि आफैं हराउँछ । यस्तो ईमेल प्रयोगकर्ताले पढीसकेपछि वा निश्चित अवधिपछि आफैं हराउने र पढ्न सकिने किसिमको हुन्छ । यसको लागि गूगलले कम्पोस स्क्रीनमा लक आईकन राखेको छ जसलाई कन्फिडेन्सियल मोड भनिन्छ । यस्तो ईमेल पाउने व्यक्तिले अन्य साथीहरुलाई ईमेल फरवार्ड गर्न, कपी र पेस्ट गर्न, डाउनलोड अथवा प्रिन्ट गर्न नसक्ने किसिमको हुन्छ ।

प्रयोगकर्ताले आफैं यसको एक्सापयरी डेट तोक्न सक्नेछ, जसमा एक साता, एक महिना, कयौं वर्षहरु लगायत छन भने तपाईँले ईमेल पठाउन लाग्नु भएको साथी जसले ईमेल प्राप्त गर्दछ त्यसको परिचय समेत गोप्य राख्न सक्नुहुनेछ । यस्तो किसिमको ईमेल प्रापकको खाताबाट स्वत हराउँछ भने ईमेल पठाउने प्रेषकको आउट बक्स खाताबाट समेत डिलिट हुन्छ । हाल यो सुविधा सामान्य जीमेल प्रयोगकर्ताहरुका लागि उपलब्ध छैन भने यो कहिलेसम्म आउँछ भन्ने एकिन भने छैन । 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति पुन

२ पुस, काठमाडौं । संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व मुस्लिम समुदाय परिषदद्धारा संयुक्त रुपमा ‘नेपालको समावेशी विकासमा 

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : राप्रपा अध्यक्ष थापा

२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उनले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो 

सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल

२ पुस, काठमाडौं । एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गरेका हुन् । सन् २०१८ मा १० लाख एक हजार तिन सय बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि 

अन्तर्राष्ट्रिय

साप्पोरोमा भएको विस्फोटका बारेमा प्रहरी छानबिन शुरु

२ पुस, टोकियो । जापान प्रहरीले आइतबार राति साप्पोरोस्थित एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन थालेको जनाएको छ । उक्त विस्फोटबाट ४२ जना घाइते हुनुका साथै वरिपरिका केही भवनमा क्षति भएको थियो । स्थानीय अधिकारीहरुले साप्पोरोस्थित एक रेष्टुराँमा रातिपख आगो सल्किएको र त्यसलगत्तै भएको विस्फोटबाट आसपासका केही घरमा क्षति पुगेको बताएका छन् । उनीहरुले दर्जनौं स्थानीयबासीलाई अस्थायी टेन्टमा राखिएको छ । प्रहरीले उक्त विस्फोटको 

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

२ पुस, सोल । उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो । यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो । तर पनि 

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top