ghaderi
esewa

​छारे रोग के हो ? यस्ता छन् लक्षण र उपचार विधि


Tuesday, 2 Oct, 2018 1:47 PM
१६ असोज, काठमाडौं । तपाईं हाम्रो वरिपरि वा हामीमध्ये कसैलाई छारे रोग हुनसक्छ । गाउँघरमा कतिपयले यसप्रकारको रोगलाई ’छोपुवा व्यथा’ पनि भन्छन् । यसलाई निको गर्न झारफुक गर्ने प्रचलन पनि नभएको होइन । तर, छारे रोग नशा सम्बन्धी समस्या हो । यसका बारेमा सबैले जानीराख्नु उचित हुन्छ । 

छारे रोग भनेको के हो ? 
दिमागका रहेका नसाहरुमा तरंगको प्रवाह चाहिने भन्दा बढी हुँदा त्यसबाट शरीरमा उत्पन्न हुने असामान्य अवस्थालाई छारे रोग भनिन्छ । यसलाई मेडिकल भाषामा ‘इपिलेप्सी’ भनिन्छ । यो रोग विभिन्न कारणले गर्दा हुन सक्छ जसमा मस्तिस्कमा हुने ट्युमर, इन्फेक्सन, चोटपटक, मेनिनाजाइटिस, विभिन्न औसधी र विषालु पदार्थको नकारात्मक प्रभाव, जन्मजात हुने समस्या आदि प्रमुख कारणहरु हुन् । 

 यो रोगका लक्षण के–के हुन् ? 
▪ मुर्छा पर्ने 
▪ वेहोस हुने 
▪ हात, खुट्टा र शरीर अनियन्त्रित रुपले काप्ने
▪ आँखा फर्कने 
▪ मुख बांगीने
▪ जिव्रो टोक्ने र्याल काड्ने 
▪ केहि समय अचेत हुने र एकछिनमा होस खुल्ने
▪ स–साना बच्चाहरु झस्किने, एक्कासी टोलाउने 

यस्ता समस्याहरु देखिएमा तुरुन्त नजिकैको अस्पतालमा चिकित्सकसँग छारे रोग नै हो या हैन जानकारी लिनुपर्छ । यदि छारे रोग भएमा विभिन्न तरिकाबाट यसको उपचार सुरु गर्नुपर्छ । 

छारे रोगले विरामी मुर्छा परे तुरुन्त के गर्ने ? 
तपाईंको आफन्त, साथीभाई वा जोसुकैमा पनि यो समस्या भए दोस्रोपल्ट पनि दोहोरिने संभावना धेरै हुन्छ । त्यसैले हामी सबैले यसको प्राथमिक उपचारको वारेमा जारीराख्नु जरुरी छ । यदि कोहि मानिस छारे रोगबाट मुर्छा परिरहेको देख्नुभयो भने बिभिन्न प्राथमिक उपचारका विधीहरु पालना गर्नुपर्छ । 

विरामीलाई आगो, फलाम, लगायतका अन्य खतरापूर्ण वस्तुबाट जोगाउने । विरामीले सास फेरिरहेको छ वा छैन पत्ता लगाउने । तर, मुखमा कुनै वस्तु नछिराउने, किनभने विरामीले जिव्रो टोके त्यो मुर्छा पर्ने क्रमको सुरुमै हुन्छ र टोकिनबाट बचाउन सकिन्न । विरामीलाई वायाँपट्टि कोल्टे फेरेर सुताउने, ५ मिनटसम्म पनि मुर्छा पर्ने क्रम रोकिएन भने तुरुन्त अस्पताल लैजाने वा चिकित्सकको सहयोग खोज्ने । बिरामीलाई पूर्ण रुपमा होस नआएसम्म एक्लै नछोड्ने ।

यसको उपचार कसरी गर्ने ?
यसको निम्ति विशेषज्ञको निगरानीमा औषधि सेवन गर्न जरुरी हुन्छ । औषधि चिकित्सकको सल्लाह विना छोड्नु हुँदैन र नियमित ठिक समयमा सेवन गर्नुपर्छ । लामो समयको वा औषधिले ठिक नहुने छारे रोगलाई केहि शल्यक्रियाको विधीबाट पनि उपचार गर्न सकिन्छ । तर हाम्रो देशमा त्यो विधी त्यति विकसित रुपले आइसकेको छैन । ग्रामिण भेगमा यो रोगलाई लुकाउने, जुत्ता मोजा सुंघाउने, धामीझाक्रीलाई देखाउने जस्ता अन्धविस्वास रहेको पाइन्छ । औषधी सेवन नै यसको उपचारको एकमात्र विकल्प हो । 

छारे रोगका विरामीले ख्याल गर्नुपर्ने कुरा 
यो रोगको निम्ती कम्तीमा पनि २ वर्षसम्म नियमित औषधि सेवन जरुरी पर्छ । यस रोगले मानसिक रुपमा र दैनिक जीवनयापनमा पनि असर गरिरहेको हुन्छ । त्यसैले विरामीलाई मनोवैज्ञानिक परामर्श पनि आवश्यक पर्न सक्छ । औषधी सेवन गरिरहेको समयमा पनि मुर्छा पर्ने र वेहोस हुने समस्या जुनसुकै वेलामा देखिन सक्ने भएकाले खतरापूर्ण ठाउहरु जस्तै नदी, आगो, भिरालो पहाड आदिमा जाँदा कसैलाई साथमा लिएर जानु ठिक हुन्छ । साथै उक्त समस्या भएका विरामीहरुले साइकल, गाडी जस्ता सवारीसाधन पनि सकेसम्म नचलाउनु ठीक हुन्छ । ४–५ वर्षको अन्तरालमा मुर्छा पर्ने लगायतका लक्षणहरु नदेखिए फेरि दोहोरिने संभावना कम हुन्छ र त्यसपछि भने विरामीले सामान्य जीवन यापन गर्न सक्छन ।

छारे रोगको औषधि सेवन गरिरहेका महिलाहरुले गर्भवती भए तुरुन्त चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । किनभने यसको औषधीले बच्चाहरुमा नकारात्मक प्रभाव पार्ने सम्भावना हुन्छ । साथै छारे रोगमा प्रयोग हुने केहि औषधिहरुले गर्भवती हुन रोक्ने चक्कीको पनि असर कम गरिदिन्छ । त्यसैले यसको वारेमा पनि चिकित्सकको राय सुझाव लिन वुद्धीमानी हुन्छ । समाज र परिवारको राम्रो साथ, सहयोग र नियमित औषधिको सेवन गरेमा छारे रोग निको हुन्छ । अन्धविश्वास र कुरीतिहरु भन्दा पनि चिकित्सक र अस्पतालको निगरानीमा स्वास्थ्य उपचार गरे छारे रोगको विरामीले पनि अन्य सामान्य मानिसले जस्तै जीवनयापन गर्न सक्छन् ।

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधिलाई

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन । उनी आगामी सोमबार स्वदेश

ढल्यो २५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार

१० जेठ, भारत । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । मुख्यमन्त्री पवनकुमार चाम्लिङ

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top