ghaderi
esewa

भूगोल र जनसंख्यामा सानो तर प्रविधिको प्रयोगमा विश्वमै अब्बल, जान्नुहोस् एस्टोनियाका केही तथ्य


Friday, 8 Feb, 2019 12:07 PM
एस्टोनिया उत्तरी यूरोपमा पर्ने एउटा देश हो । यसको सीमा उत्तरमा फिनल्याडंको खाडि, पश्चिममा बाल्टिक सागर, दक्षिणमा लातविया र पूर्वमा रुससंग जोडिएको छ । यो देशमा समशीतोष्ण जलवायू पाइन्छ । एस्टोनियामा लोकतांत्रिक संसदिय प्रणाली छ र यो १५ राज्यमा विभाजित छ । यो देशको राजधानी ट्यालिन्न हो जुन एस्टोनियाको शहरहरु मध्यकै ठुलो शहर हो । यो देशमा जम्मा १.४ करोड जनसंख्या रहेको छ । यो इयूको सबैभन्दा कम जनसंख्या भएको देश हो । कम जनसंख्या भएपनि आइटी क्षेत्रमा गरेको यो देशको प्रगतिले भने सबैलाई लोभ्याएको छ । नेपालमा पनि मुलुकलाई प्रविधिमैत्री बनाउने विषयमा धेरै कुरा हुन्छन् तर व्यवहारमा भने त्यस्तो पाइदैन । पछिल्ला दिनमा प्रविधिको क्षेत्रमा केही आशालाग्दा कदम देखिएपनि सरकारी क्षेत्रबाट सूचना प्रविधि क्षेत्रलाई जसरी प्राथमिकता दिनुपर्ने थियो त्यसो हुन सकेको छैन । आज हामीले उत्तरी यूरोपको एउटा सानो देश तर प्रविधिमा विश्वमै अब्बल एस्टोनियाका केही विशेषता प्रस्तुत गरेका छौँ । आर्थिक रूपमा  सम्पन्न रहेको यहाँको प्रविधि र त्यसको प्रयोग नेपाल जस्ता मुलुकका लागि ठुलो सिकाइ हुनसक्छ । 

१. विद्यालयमा प्रोग्रामिङ्ग 
एस्टोनियामा स्कुलहरू प्रविधिमैत्री छन् ।  सानै उमेरबाट बालबालिकालाई प्रविधिसँग परिचित बनाउने उद्धेश्यले एस्टोनियाले सन २०१२ मा एउटा कार्यक्रम लञ्च गरेको थियो, जसको नाम थियो  पाइलट प्रोजेक्ट   । यो प्रोजेक्ट अन्र्तगत कक्षा एक देखि १२ कक्षासम्म विद्यार्थीलाई कम्प्युटर सिकाउन थाल्यो । यो कार्यक्रममा २० विद्यालयले भाग लिए । एस्टोनियामा बच्चाहरूले ६ वर्षको उमेरबाट नै Scratch visual programming environment अन्तर्गत  गणित सिक्न शुरू गर्छन् । साथसाथै आफुले सिकेको गणितलाई कता प्रयोग गर्ने भनेर समेत सिक्छन् ।  


२. इलेक्ट्रोनिक पासपोर्ट
सन् २००२ बाटनै एस्टोनियाले इलेक्ट्रोनिक आईडीको वितरण शुरु गर्यो । तिनीहरु हेर्दा कार्ड जस्तो देखिन्छन् र तिनीहरुले वास्तविक र डिजिटल वातावरणमा व्यक्तिगत विवरण पहिचान गर्छन् । कार्डमा प्रयोग गरिएको चिपमा नागरिकको जानकारी र इलेक्ट्रोनिक हस्ताक्षर हुन्छ जुन कानुनी रुपमा म्यानुअलको बराबर हुन्छ । यो कार्डमा विभिन्न कागजातहरू संलग्न गर्न सकिन्छ र यसले इयुको यात्रा गर्दा पासपोर्टको रुपमा पनि काम गर्दछ । 

३. घरबाट नै मतदान गर्न मिल्ने 
 सन् २००५, जब एस्टोनियामा नगरको चुनाव भयो,उक्त चुनावमा देशका नागरिकले घर बाटनै इलेक्ट्रोनिक आईडीबाट आफ्नो हस्ताक्षर पहिचान गराई मतदान गर्न सक्ने भए । विश्वमा सर्वप्रथम विद्युतिय मतदान गर्न शुरुगर्ने मुलुक एस्टोनिया नै हो । एस्टोनियाले सन् २००७ को संसदीय चुनावमा विद्युतिय मतदान शुरु गर्यो । युरोपियन संसदको चुनावमा ३१ प्रतिशत एस्टोनियाका नागरिकले यस प्रणालीबाट नै मतदान गरेका थिए । 

४. निशुल्क सार्वजनिक यातायात 
सन् २०१३ मा, टालिनमा सबैको लागि निशुल्क सार्वजनिक यातायात सुविधा दिने विश्वको पहिलो शहर हो । यस कदमले देशका नागरिकलाई प्राइभेट कार छोडेर सार्वजनिक बस तथा ट्रलिबस तर्फ आकर्षित गर्यो । यातायात शुल्कलाई हटाउनुअघि एउटा जनमत संग्रह गरिएको थियो जसमा शहरका तिन चौथाई जनताले निशुल्क सार्वजनिक यातायातको लागि मतदान गरेका थिए । त्यसको ठिक एक वर्ष पछि, टालिनका अधिकारिहरुले यस कार्यक्रमले मुख्य सडकमा हुने गरेको ट्राफिकमा तिव्र रुपले कमी आएको घोषणा गरे ।

५. स्टार्ट अपको देश
तत्कालको डाटा अनुसार,एस्टोनिया प्रति व्यक्ति स्टार्टअप उच्चतम भएको युरोपको तेस्रो मुलुकमा परेको छ । यो मुलुकले स्टार्टअपको लागि मनपर्ने अवस्था सिर्जना गरेको छ । नयाँ व्यवसाय दर्ता १५ मिनटमा हुन्छ र त्यहाँ आयमा कुनै पनि किसिमको कर्पोरेट आयकर छैन ।   


६. इन्टरनेट 
के तपाई घना जंगलमा इन्टरनेटको कल्पना गर्न सक्नुहुन्छ ? यो एस्टोनियामा सम्भव छ । एस्टोनियामा इन्टरनेट निशुल्क छ । जता गए पनि इन्टरनेट जोडिन्छ चाहे होटल होस वा सार्वजनिक स्थान जस्तै पार्क, गल्लि, क्याफे, रेस्टरेन्ट, रेल्वेस्टेसन, एयरपोर्ट वा वेन्च । यहाँ तपाई घना जंगलमा गएपनि इन्टरनेटकै पहुँचमा हुनुहुन्छ ।  


७. जो कोहि एस्टोनियाको बासिन्दा हुन सक्छ 
धेरै मेहनत नगरि नै एस्टोनियाको इ रेसिडेन्ट हुन  जो कोहिले पनि सक्छ । यसले देशमा नबसि विभिन्न कार्य गर्न अवसर दिन्छ जस्तै नयाँ व्यवसाय शुरु गर्न, यात्रा गर्दागर्दै कम्पनी व्यवस्थापन गर्न, डकुमेन्टलाई सहि गर्न र कर भुक्तानी गर्न । यो सब अनलाईनबाट नै गर्न सकिन्छ । ई रेसिडेन्सिले मूख्यतया व्यापारीहरूलाई लाभदायक छ किनभने उनीहरूले निर्यातमा मात्र कर भुक्तान गर्नुपर्ने हुन्छ । इयु भन्दा बाहिरका व्यवसायीलाई यसले एस्टोनिया र इयुमा व्यवसाय सञ्चालन गर्न बाटो खोलिदिएको छ । 

८. प्रविधिमैत्री
अहिले एस्टोनियामा चार हजार भन्दा बढि सेवाहरू अनलाईनमा उपलव्ध छ चाहे त्यो कर भुक्तानिका लागि होस या रुख कटानको लागि अनुमति लिन होस । लगभग २० मिनेटमा, एस्टोनियाबासीले आफ्नो कार्डबाट नयाँ कम्पनी खोल्न सक्छन् । यो प्रविधिले गर्दा लाईन बस्नुपर्ने, पेपर कलेक्ट गर्ने, डकुमेन्ट, सहि, छाप जस्ता झन्झटबाट मुक्त छन् । जसले गर्दा यो समयलाई उनीहरुले आफ्नो परिवार संग बिताउन सक्छन् ।
 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

१० वैशाख, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताएका छन । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर अघि बढ्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारभन्दा प्रदेश सरकार नयाँ भएकाले यो एकवर्ष संरचना र ऐन नियम 

प्रचण्डको आग्रह-मुलुकमा फेरि विद्रोह हुने भ्रम नपाल्नु

१० वैशाख, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी/जनजाति समूदायलाई आग्रह गरे। उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको जिकिर गरे।मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले 

प्रधानमन्त्री ओली भन्छन्-समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वास चाहिन्छ

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन्। प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए। ‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही 

अन्तर्राष्ट्रिय

फिलिपिन्समा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

१० वैशाख, फिलिपिन्स । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो। उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन। हिजो सोमबारमात्र फिलिपिन्समा ६ दशमलब

फिलिपिन्समा शक्तिशाली भूकम्प

९ वैशाख, मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले 

युक्रेनको नयाँ राष्ट्रपतिमा हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की

९ वैशाख, युक्रेन । देशको कार्यकारी पद सम्हालेको अभिनय गर्ने कलाकारले साँच्चै त्यही जिम्मेवारी पाए भने के गर्लान् ? धेरै कलाकारले यो प्रश्नको उत्तर खोजिराख्नु पर्दैन। किनकी उनीहरू त्यो अभिनयलाई कामको अंगमात्र ठान्छन्। कलाकारिता छोडेर सक्रिय राजनीतिमा आउँदैनन्, आए पनि चुनाव जित्न सक्दैनन्। तर पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार भोलोदमिर जेलेन्स्कीका लागि भने अब यो प्रश्नको उत्तर नखोजी सुख छैन। किनकी केही समयअघिसम्म टेलिभिजनमा संयोगवस राष्ट्रपति बनेको पात्रको भूमिका निर्वाह गरिरहेका उनी साँच्चै युक्रेनको राष्ट्रपति

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top