syangyong
cg

यी चीजहरुको पनि म्याद सकिन्छ भन्ने सुन्दा अच्चम लाग्न सक्छ


Sunday, 3 Dec, 2017 4:18 PM
कुनै पनि खाद्यवस्तुको बिक्री मितिलाई हेरेर यदि उक्त मिति नागेको वस्तु भएको खण्डमा त्यसलाई डष्टविनमा फाल्नको लागि निकै नै हतार गर्ने गर्छौँ ।  हामीले प्रयोग गर्दै आएका घरायासी सामानहरुमा पनि म्याद सकिने खालका हुन्छन् । तर हामी मध्ये कसैले पनि यसको कहिल्यै ख्याल गरेका हुँदैनौं । त्यस्ता म्याद सकिएका वस्तुहरुलाई फाल्नुको सट्टा हामी त्यस्ता वस्तु पूर्ण रुपले नष्ट नभएसम्म प्रयोगमा ल्याइरहन्छौँ । हाम्रा घरमा प्राय धेरै प्रयोगमा आउने वस्तुहरुजस्तै ट्वाइलेट ब्रश, तकिया आदि नियमित रुपमा प्रतिस्थापित गर्नु निकै आवश्यक हुन्छ ।
तर हालै गरिएको एक अध्ययनले हामीले प्रयोग गर्ने अत्याधिक महंगा वस्तुहरुको पनि म्याद सकिने तथ्य फेला परेको छ । हामीले आरामको निन्द्राको लागि प्रयोग गर्दै आएको तकियाको त केही बर्षमा नै म्याद सकिन्छ भने ब्राले त कहिल्यैे पनि आफ्नो जन्मदिन देख्न पनि पाउँदैन । तल उल्लेख गरिएका वस्तुहरुलाई केही पैसाको लोभ गरेर प्रयोग गर्नुको सट्टा म्याद सदिने बित्तिकै फालिहाल्नु पर्दछ ।

चप्पल
लामो समयको कडा परिश्रम पछि विश्वमै सबैभन्दा विश्वसनीयता र आरामदायी चीज भन्नु नै त्यही पुरानो चप्पल नै हुन्छ र यो कुनै अनौठो कुरा पनि होइन ती पुराना फाटेका चप्पल फाल्न हामीलाई पटकै पनि मन लाग्दैन ।
यद्यपी हालै गरेको अध्ययनका आधारमा, हाम्रो त्यही आरामदायी जुत्ताबाट नै फंगल इन्फेक्सनको धेरै संभावना हुन्छ । यसको संक्रमणबाट बच्नको लागि हामीले प्रयोग गर्दै आएका चप्पलहरुलाई राम्ररी धोएर मात्र प्रयोग गर्नुपर्दछ । त्यसका साथै हामी प्रत्येक ६–६ महिनामा हाम्रो जुत्ता प्रतिस्थापन गर्नुपर्दछ ।

कस्मेटिक्स
प्राय महिलाहरूले आफ्नो कुनै पनि कस्मेटिक्स् उत्पादन त्यति बेलामा प्रतिस्थापन गर्छन् जब उनीहरुको कस्मेटिक्स उत्पादन साँचिकै सकिन्छ । खाद्य पदार्थहरु जस्तै कस्मेटिक उत्पादनहरुको पनि म्याद तोकिएको हुन्छ । अब भन्नुहोस् तपाईं कसरी आफुले प्रयोग गर्दै आएको कस्मेटिक्सको म्याद सकिएको छ कि छैन ? 
तपाईंले प्रयोग गर्दै आएको फाउन्डेशनको म्याद मात्र १८ महिना र ब्रोन्जरको म्याद २ बर्ष सम्मको हुन्छ । त्यसैगरी आइलाइनर र मस्काराको म्याद मात्र ३ महिना हुन्छ । तर के हामीले यी चीजहरुको म्याद सकिए फाल्छौँ त ?

तकिया
बिज्ञहरुका अनुसार, तकिया कम्तीमा पनि २–३ बर्षमा एक पटक त बदल्नै पर्दछ । एउटा राम्रो तकियाले तपाईंको शिर राम्रो अड्याउँछ र तपाईंको काँध र हड्डीलाई बनाउनको लागि मद्दत गर्छ । यसमा राम्रोसँगले टाउको र काँध अड्डीने हुनुपर्दछ ।

टुथ ब्रश
हामी मध्ये प्रायले हाफ्नो टुथब्रश पूरै नबिग्रीए सम्म अर्को किन्ने सोच्दा पनि सोच्दैनौं । तर यसको लामो समयसम्म प्रयोग गर्दा यसले हाम्रो गीजामा हानी गर्ने गर्दछ । जसको परिणाम स्वरुप हाम्रो गीजामा अनेक प्रकारका रोगहरु लाग्ने गर्दछन् । नराम्रो र बिग्रेको ब्रशमा धेरै किटाणुहरुले संक्रमण गर्न सक्ने भएकाले हामीले प्रत्येक ३ महिनामा आफ्नो टुथ ब्रश परिवर्तन गनुपर्दछ ।

ब्रा
तपार्इं एउटा ब्राको प्रयोग कहिलेसम्म प्रयोग गर्नुहुन्छ भन्ने प्रश्नमा प्राय सबै महिलाहरूले जबसम्म यो च्यात्तिँदैन तब सम्म भन्ने उत्तर दिने गर्दछन् । तर ब्रा बिशेषज्ञहरुका अनुसार तपाईंको ब्राले आफ्नो जन्मदिन देख्न पाउनुहुँदैन । एउटा ब्राको प्रयोग मात्र ८ महिनासम्म गर्दा यसबाट कुनै पनि किसिमको संक्रमणको खतरा हुँदैन । 

नुहाउने जाली (लुफा)
यो सोच्न पनि मुश्किल हुन्छ कि हामीले नुहाउँदा प्रयोग गर्ने जालीले हामीलाई सफा गर्ने बाहेक अरु पनि केही गर्छ । तर बिज्ञहरुले यसलाई नियमित रुपमा परिवर्तन नगर्दा यसले निकै नै गम्भीर स्वास्थ समस्या निम्त्याउने चेतावनी समेत दिएका छन् । यसलाई हरेक २–२ महिनामा परिवर्तन गर्नै पर्छ । 

काँइयो
एउटा कपालको कूपमा ५० हजार रोगाणुहरु हुन्छन् र तपाईंको काँइियोको यसको बृद्धिमा प्रमुख भूमिका रहेको हुन्छ । काँइियोमा कपालमा प्रयोग गरिने उत्पादकहरूका अबशेष पनि बाँकी हुने हुँदा यो फोहोर पनि हुन्छ । हाम्रो छालामा अनेकौं प्रकारका ब्याक्टेरीयाहरु हुन्छन् जुन काँइयो मार्फतसजिलै अर्को मानिसमा सर्न सक्छ । त्यसैले यी रोगहरुबाट आफुलाई बचाउनको लागि कम्तीमा पनि हरेक ४ बर्षमा काँइयो परिवर्तन गर्नुपर्दछ ।

डेलीमेलबाट अनुवाद


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

विद्यमान ​शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको छ – अध्यक्ष दाहाल

२८ कात्तिक, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व 

अन्तर्राष्ट्रिय

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

​अमेरिका–जापान व्यापार सम्झौता “नमुना” हुन्छ –अमेरिकी उपराष्ट्रपति पेन्स

२८ कात्तिक, टोकियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले जापानसँग अमेरिकी व्यापार असन्तुलित किसिमको रहेको वासिङ्टनको धारणा रहेको दोहो¥याएका हुन् । “संयुक्तराज्य अमेरिकाको जापानसँग लामो समयदेखि व्यापार असन्तुलन रहिआएको

राष्ट्रपतिको निर्णयमा श्रीलंकाको सर्वोच्च अदालतको रोक

कोलम्बो । श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोक लगाएको हो ।अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुने गरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top