esewa

अफ्रिकाभर विश्वंश मच्चाएर एसिया प्रवेश गरेको ‘अमेरिकी फौजी किरा’ नेपालमा पनि छिर्यो


Tuesday, 13 Aug, 2019 3:49 PM
२८ साउन, काठमाडौं । अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको हो । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले नेपालमा फौजी किरा प्रवेश गरेकोबारे थप अनुसन्धान गरेर केन्द्रलाई जानकारी गराएका थिए । वैज्ञानिकले अनुसन्धान गरेर नेपालमा फौजी किराको प्रवेश गरेको पुष्टि नै भए पनि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यसको थप परीक्षण सुरु गरेको थियो ।

परीक्षणका क्रममा ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाका मकैबालीमा देखिएको फौजी किराको नमुना परीक्षणका लागि भारत पठाइएको थियो । भारत पठाइएको मकैको बोट, पात र डाँठमा रहेको फौजी किराको नमुना परीक्षणका क्रममा पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको बैठकले नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरेको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए । 

‘वैज्ञानिकले फौजी किराको अनुसन्धानपछि नेपाल प्रवेश गरेको जानकारी गराउनु भएको थियो । हामीले थप अनुसन्धान र परीक्षणका लागि नमुना भारतको बेंग्लोर पठाइएका थियौँ’, केन्द्रका बाली संरक्षण अधिकृत सुवेदीले भने,  ‘भारतबाट पनि परीक्षण पुष्टि भएपछि नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरेका हौँ ।’ यो किराले मकैको पात, डाँठ, घोगाा र बोट नै सखाप पार्ने गरेको छ । मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्ने गरेको छ ।

फौजी किराको उत्पत्ति र फैलावट
मकैबाली सखाप पार्ने यो अमेरिकी रैथाने फौजी किरा हो । अमेरिकापछि यो किरा सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको थियो । त्यसको दुई वर्षमै यो किरा पूरा अफ्रिकाभर फैलिएको वैज्ञानिकहरुले बताएका छन् ।

अफ्रिकालगत्तै सन् २०१८ मा यो किरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यमा देखिएको थियो । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ । फौजी किराको यही क्षमताका कारण गएको वर्ष भारतका १९ प्रान्तमा फैलिसकेको थियो । भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा पनि यसको प्रकोप देखिएको वैज्ञानिकहरुले बताएका छन ।

त्यसलगत्तै सन् २०१९ को सुरुवातमा थाइल्याण्ड, चीन र भियतनाममा पनि देखिएको थियो । यसक्रममा नेपालका विभिन्न जिल्लामा समेत देखिएपछि नेपाल कृषि अनुसन्धान परिषद नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले अनुसन्धान सुरु गरेका हुन् । अनुसन्धानका क्रममा नेपालमा यो किराले मकैमा क्षति गरेको भेटिएको थियो । नार्कअन्तर्गतको किट विज्ञान महाशाखाले पत्रकार सम्मेलन गरेरै नेपालमा यो किरा प्रवेश गरेर मकैबालीमा नोक्सानी पुर्‍याएको घोषणा गरेका थिए ।
वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको रिपोर्ट बुझाएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि अनुसन्धान थाल्यो । झण्डै तीन महिना लामो अनुसन्धानका क्रममा केही नमुना संकलन गरेर केन्द्रले परीक्षणका लागि भारत पठायो ।भारतको बंग्लोरमा गरिएको परीक्षणमा पनि फौजी किरा नेपालमा रहेको पुष्टि भएपछि केन्द्रले सोमबार बैठक बसेर यसको औपचारिक घोषणा गरेको हो ।

कसरी नियन्त्रण गर्न सकिन्छ ?
नेपालमा पहिलो पटक देखिएको यो किराले मकै बाली पुरै सखाप पार्न सक्छ । मकै उम्रेदेखि नै आक्रमण सुरु गर्ने यसले बोट नै सखाप पार्ने गरेकाले घोगा लाग्ने सम्भावना निकै कम हुन्छ । यसको बढ्दो प्रकोप र नियन्त्रणका उपायका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आउँदो हप्ता छलफल गर्ने जनाएको छ । कृषि, मकैबाली तथा किरासम्बन्धीका सरोकारवाला, सरकारी अधिकारी, संघसंस्था र वैज्ञानिकबीच फौजी किराको प्रकोप नियन्त्रणबारे छलफल हुने केन्द्रका सूचना अधिकारीसमेत रहेका सुवेदीले बताए । 

‘अब नेपालमा फौजी किरा प्रवेश गरेको र नोक्सानी गरेको औपचारिक घोषण भयो । यासँगै यसको प्रकोप नियन्त्रण कसरी गर्ने भन्ने चुनौती पनि थपिएको छ’, उनले भने,  ‘यसका लागि छलफल सुरु गर्दैछौँ । छलफलबाट जे निष्कर्ष आउँछ । त्यहीअनुसार अगाडि बढ्छौँ ।’

तस्बिर : किट वैज्ञानिक सुदीपकुमार उपाध्यायको फेसबुकबाट

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ : मन्त्री लालबाबु पण्डित

३२ साउन, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे । ‘गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ’, उनले भने, ‘अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।’ 

विप्लव समुहका नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

३० साउन, दाङ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी देविलाल पुन तथा अन्य ५ जना जिल्ला सदस्य रहेका छन् । पक्राउ पर्नेहरुमा मोहनलाल कार्की, लिलाराम बुढा, धनबहादुर बिक, रामकुमार बुढा र हिका बुढा छ्न् । केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले वताए ।
 

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद बैठकमा छलफल हुने

३१ साउन, काठमाडौं । भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। शुक्रबार बिहान बस्ने सुरक्षा परिषद बैठकमा यसबारे छलफल हुनेछ । यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । यसैबीच विवादित क्षेत्र कश्मीरको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ । पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको बताएको छ । 
 

अबदेखि दक्षिण कोरियासँग कहिल्यै वार्तामा नबस्ने उत्तर कोरियाको घोषणा, यसकारण सन्किए उन

उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ। सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति 

भ्रष्टाचारलाई निर्मूल पार्न कस्मिरको विशेषाधिकार हटाएका हौं :मोदी

३० साउन दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कस्मिरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट कस्मिरलाई कुनै असर नगर्ने बताएका छन्। सो क्षेत्र पुनः आफ्नो पुरानो गौरवमा फर्किने मोदीको भनाइ रहेको छ। बिहीबार भारतको स्वतन्त्रता दिवसको अवसरमा संवोधन गर्दै उनले भने,‘हामी कस्मिरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’कस्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top