syangyong

फुटबलको महाकुम्भ आजबाट : के इतिहासले रुसमा कसले जित्छ भन्न सक्छ ?


Thursday, 14 Jun, 2018 8:08 AM
रुसमा आयोजित विश्वकप २०१८ मा बत्तीस राष्ट्र सहभागी हुँदैछन्। तिनमध्ये एउटा टोली विजेता हुनेछ। तर तपाईँ केका आधारमा विजेताको पूर्वानुमान गर्नुहुन्छ ?  विगतका प्रतियोगितामा देखिएको प्रवृत्ति र तथ्याङ्कको विश्लेषण गरेर बीबीसी स्पोर्टले ३१ वटा टोलीलाई हटाएर विश्वविजेताको उपाधि कसको पोल्टामा जाला भनेर निष्कर्ष निकालेको छ। यहाँ सन् २०१८ विश्वकप जित्नेले गर्नुपर्ने कुरामा र उसमा हुनुपर्ने गुणहरूको चर्चा गरिएको छ।

वरियतामा पर्नु

सन् १९९८ मा विश्वकप ३२ टोलीमा विस्तार भएपछि वरियतामा परेकाहरू टोलीहरू नै विजेता बनेका छन्। सन् १९८६ मा डिएगो म्याराडोना र उनको ईश्वरीय हात को सहयोगमा विश्वकप जित्दा आर्जेन्टिना वरियतामा थिएन। आर्जेन्टिना नै वरियतामा नभए पनि विश्वविजेता बन्ने अन्तिम टोली थियो। यसलाई आधारमा मानेर हामीले २४ टोलीलाई हटाएका छौँ र आठ टोलीमा सीमित भएका छौँ।

आयोजक नहुनु

आयोजक राष्ट्रले स्वत : विश्वकप खेल्न पाउने ४४ वर्षे परम्पराका कारण रुस अहिले प्रतियोगिता सहभागी हुँदैछ। विश्व वरियताको ६६ औँ स्थानमा रहेको रुस आयोजक नभएको भए शीर्ष आठमा पर्नसक्ने थिएन। पहिले कुनै बेलामा जस्तो आयोजक हुँदैमा सफलता सुनिश्चित हुँदैन। सन् १९३० देखि १९७८ सम्मका ११ प्रतियोगितामा पाँच चोटि आयोजक देश विजेता बनेका थिए। त्यसपछि आयोजित नौ प्रतियोगितामध्ये सन् १९९८ मा फ्रान्सले मात्रै गृहमैदानमा विजेता बन्ने अवसर पाएको थियो।

संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया वा दक्षिण अफ्रिका कसैले पनि विश्वकप जित्लान् भन्ने सोचिएको थिएन। सन् १९९० मा इटली, सन् २००६ मा जर्मनी र चार वर्षअघि ब्राजिलमा विश्वकप खेलिएको थियो। तर आयोजक हुँदैमा उनीहरू लाभ भएन। 

कसिलो खेल

बत्तीसवटा टोलीबीच प्रतिस्पर्धा हुन थालेपछि पाँच विजेताले खेलेका आफ्ना सात खेलमा चारभन्दा बढी गोल खाएका छैनन्। हामीले छानेर बाँकी रहेका सात टोलीमध्ये पोलन्डको रक्षापङ्क्ति सबैभन्दा कमजोर देखिएको छ। छनोट चरणमा उसले प्रतिखेल १ दशमलव ४ गोल खाएको थियो।

जर्मनी र पोर्चुगलले चाहिँ औसतमा प्रतिखेल ० दशमलव ४, बेल्जियम एवम् फ्रान्सले ० दशमलव ६, ब्राजिलले ० दशमलव ६१ र आर्जेन्टिनाले ० दशमलव ८८ गोल खाएका छन्।

युरोपबाट हुनु

हालसम्म युरोप र दक्षिण अमेरिकी राष्ट्रहरू मात्र विश्वकप विजेता बनेका छन्। केही अघिसम्म युरोपेली टोलीहरूले धेरै माथिसम्म जान सक्दैनथे। तर दक्षिण अफ्रिकामा स्पेनको सफलता र ब्राजिलमा जर्मनीको विजयले परम्परा फेरिएको छ। युरोपेली प्रतियोगिताहरूमा प्राय ः आयोजक राष्ट्र नै विजेता बन्ने गर्छन्। युरोपेली राष्ट्र आयोजक रहेका विगतका १० वटा प्रतियोगितामध्ये सन् १९५८ मा स्वीडनमा ब्राजिलले जितेबाहेक अरूमा उपाधि बाहिरिएको छैन।

उत्कृष्ट गोलरक्षक
गोलकर्ताले विश्वकप जित्छन् भन्ने तपाईँलाई लाग्नसक्छ। तर सन् १९८२ यता दुईचोटि मात्रै विजेता टोलीका खेलाडीले गोल्डन बुट पाएका छन्। सन् २००२ मा ब्राजिलका रोनाल्डो र सन् २०१० मा अरू टोलीका तीन खेलाडीसँगै स्पेनका दाभिद भिया सर्वाधिक गोलकर्ता थिए।

वास्तवमा विश्वकप विजेताको निर्धारण गोलरक्षकद्वारा हुन्छ। विगतका पाँच गोल्डन ग्लोभ पुरस्कारमध्ये चारवटा आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउने उत्कृष्ट गोलरक्षकले पाएका छन्।

बाँकी रहेका चार टोलीबाट यसपालि मानुएल नोयर (जर्मनी), युग्यो ल्योरिस (फ्रान्स) र टिबो कोट्वा (बेल्जियम) मध्ये एक जना उत्कृष्ट गोलरक्षक ठहरिन्छन् भनेर सजिलै अनुमान गर्न सकिन्छ। पोर्चुगलका रोई पेत्रिसियो चाहिँ गोल्डन ग्लोभको स्पर्धामा छन् देखिँदैनन्। सन् १९९८ देखि ३२ टोली सहभागी हुन थालेपछि विश्वकप विजेता टोलीहरूले निरन्तर थप अनुभव सँगाल्दै आएका छन्।

त्यतिबेला विजेता फ्रान्सको टोलीमा औसतमा २२ दशमलव ७७ खेल खेलेका सदस्य संलग्न थिए। चार वर्षअघि जर्मन टोलीमा औसत ४२दशमलव २१ खेलको अनुभव भएका खेलाडी थिए। यसबीचमा अनुभवमा क्रमश विकास हुँदै गएको देखन्छ। सन् २००२ मा ब्राजिलको औसत खेल २८ दमलव ०४, सन् २००६ मा इटालीको ३२ दशमलव ९१ र सन् २०१० मा स्पेनको ३८ दशमलव ३० रहेको थियो।

हामीसँग बाँकी तीन टोलीले आफ्ना खेलाडीहरू घोषणा गर्दा फ्रान्सका खेलाडीको औसत खेल अनुभव घटेर २४ दशमलव ५६ र जर्मनी तथा बेल्जियमका खेलाडीको क्रमश ः ४३ दशमलव २६ र ४५ दशमलव १३ देखिएको छ।

साबिक विजेता नहुनु

विश्वकप विजेताको उपाधि रक्षा गर्न सहज छैन। ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेको भए पनि त्यो कीर्तिमान अरूले दोहोर्‍याउने सकेका छैनन्।

ब्राजिलको त्यो कीर्तिमानपछि १३ वटा साबिकका विजेतामध्ये सन् १९९० मा आर्जेन्टिना र सन् १९९० मा ब्राजिलबाहेक अरू क्वार्टर फाइलनभन्दा अगाडि जानसकेका छैनन्। सन् १९७४ मा ब्राजिलले चौथो चरण पार गरेको थियो। तर त्यतिखेर दुइटा समूह चरणको खेलेपछि त्यसपछि फाइनल हुन्थ्यो।

विश्वकपमा जर्मनीको इतिहास लोभलाग्दो छ। पश्चिम जर्मनीले खेलेका खेलहरू समेत गणना गर्दा पछिल्ला नौ विश्वकपमा उनीहरूले दुई पटक उपाधि जितेका छन्, थप तीन पटक फाइनलमा पुगेका छन् र अरू दुई अवसरमा तेस्रो चरण पार गरेका छन्।

तर रसियामा पुन :विजय हासिल गर्न भने इतिहास जर्मनीको अनुकूल छैन। अब एउटै टोली बाँकी रह्यो। त्यसको अर्थ बेल्जियम विश्वकप विजेता बन्दैछ। अरूले नजिते सम्म। जुन सम्भव छ...। स्टिभन शेमिल्ट
बीबीसी स्पोर्ट


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​चिकित्सा शिक्षा विधेयकमा राय लिइँदै

३ भदौ, काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले उक्त विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारभएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिएका

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top