मधेसमा दुई प्रदेश असम्भवः गच्छदार


Monday, 11 Jan, 2016 8:43 AM


२७,पुस ,काठमाडौं ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले मधेसमा दुई प्रदेश असम्भव रहेको दावी गरेका छन । 
मुलुकमा विद्यमान समस्या समाधानकोलागि दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले वुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘ मधेसमा दुई प्रदेश असम्भव छ । झापा, मोरङ्ग र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन । यी जिल्ला दुई नम्बर प्रदेशमा जाने सम्भावना छैन । त्यहाँ म पनि छु । दुई प्रदेशले मधेसको समस्या समाधान गर्दैन । तराईमा तीन सहित आठ प्रदेश बनाए त्यसले सबैको माग संबोधन गर्छ ।’  गच्छदारले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा र उदयपुर जिल्लालाई समेटेर एक प्रदेश र पश्चिममा अर्घाखाँची,पाल्पा, रुकुम र रोल्पालाई बर्दिया प्रदेशबाट हटाएर कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर सीमांकन गरे समस्याको समाधान हुने दावी गर्दै आफ्नो यो प्रस्तावमा प्रमुख दलका शिर्ष नेताहरुले अस्विकार नगरेको बताए । 
उनले भने,‘ तराईमा दुई प्रदेश हुनु पर्छ भन्ने एक्सट्रिम सोच हो । सात प्रदेशबाट आठ प्रदेश गरेर सीमांकनमा पुर्ननिर्धारणको आधार मधेसी मोर्चालाई दिनु पर्छ । यसले थारु र मुस्लिमको माग पनि पुरा गर्छ । पहिला नै मैले भने अनुसारको आठ प्रदेश भएको भए अहिलेको यो रक्तपात हुने नै थिएन । अहिलेको समस्याको समाधान आठ प्रदेशले गर्छ । तराईमा तीन प्रदेश भयो भने तीन वटा मधेसी मुख्य मन्त्री नै हुन्छ नि ।’
गच्छदारले काग्रेस र एमालेका नेताहरु अहिले आएर तपाईले ल्याएको आठ प्रदेशको प्रस्ताव ठिकै छ भन्ने गरेको सुनाउँदै एकीकृत नेकपा माओवादीले औपचारिक रुपमै समर्थन गरेकोमा अध्यक्ष प्रचण्डलाई धन्यबाद दिए ।  उनले भने,‘काग्रेसका नेताहरु पनि तपाईले भनेको त ठिकै हो भन्छन तर अहिले महाविधेशन भएकोले नभनौ भन्छन । अरु पनि कोठामा तपाईको फर्मुला ठिक छ भन्छन तर बाहिर भन्न सक्दैनन । मैले पाँच विकास क्षेत्र ठिक छ भने पाँच वटा प्रदेश बनाउ पनि भनेको हो तर उहाँहरु आटन सक्नु हुन्न ।
मेरो साईज ठूलो भएको भए नाकमा नथ्थी लगाएर ल्याउने थिए ।’ गच्छदारले सरकार निर्माणको बेला आफूसँग भएको आठ बुँदे सम्झौताको सीमांकन बाहेकको सहमति पुरा भईसकेको तर ११ बुँदे पुरा हुन्छ कि हुँदैन आफूलाई थाहाँ नभएको बताउँदै भने,‘ समावेशी समानुपातिक लगायतको विषय संविधान संसोधनमार्फत अघि बढीसकेको छ । त्यो सकारात्मक छ । झुठा मुद्दा फिर्ता लिने विषयमा प्रधानमन्त्रीले गृहमन्त्रीलाई प्रक्रिया अगाडि बढाउन भनिसक्नु भएको छ ।
सोमबार गृहमन्त्री र कानूनमन्त्रीसँग बसेर प्रक्रिया अगाडि बढछ । संविधानसभाबाट जारी भएको संविधान अब खारेज गर्न सकिदैन अब सबैको अपनत्व गराएर संसिोधन गरेर समस्याको समाधान गर्नु पर्छ तर संसोधनकोलागि राष्ट्रिय एकताको आवश्यकता छ । सँगसँगै देश बचाउन पनि एकताको आवश्यकता छ भन्ने कुरा सबैले बुझ्नु पर्छ ।’ सहमतिको लागि आफूले मध्यममार्गी बाटो लिदा निक्कै आलोचित समेत भएको उल्लेख गर्दै गच्छदारले संविधानसभाबाट शहीदको सपना, जन आकांक्षा बमोजिम बनेको संविधान उत्कृष्ट भएकोले त्यसमा केही विषय बाहेक आफूहरु समर्थन रहेको स्पष्ट पारे । उनले भने,‘ मेरो असहमति कायमै छ तर संविधानमा असहमति होईन, केही विषयमा मात्रै हो । संविधान अग्रगमनकारी छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशीलाई सुनिश्चित गरेको छ ।’


global ime

runner bike

राजनीति

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको विरोध प्रदर्शन

८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि बुधबार प्रदर्शन गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यति होल्डिङ्सलाई गोकर्ण रिसोर्ट कौडीको मूल्यमा दिएको भन्दै नेविसंघले प्रदर्शन गरेको छ ।  नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै यती होल्डिङ्सलाई थप २५ वर्षका लागि दिइएको भन्दै चर्को आलोचना भइरहेको छ ।  यस्तोमा नेविसंघका विद्यार्थीहरु प्रदर्शनका लागि गोकर्ण रिसोर्ट अगाडि पुगेका नेता नवराज त्रिपाठीले जानकारी दिए । 

अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा नागरिक खबरदारी

८ माघ, काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । नागरिक खबरदारी भन्दै काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो । हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ । अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो ।

​राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गरौं : निर्वाचन आयोग

८ माघ, काठमाडौं । निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। ५९ सदस्यीय राष्ट्रियसभामा पहिलो वर्षमा गोला प्रथाद्वारा रिक्त १८ स्थानका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभामा दुई वर्षे पदावधि समाप्त भकाहरुको स्थानमा निर्वाचन हुन लागेको छ। निर्वाचनमा सम्बिन्धत प्रदेशसभा, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुले मतदानमा भाग लिने छन् । निर्वाचन हुन लागेको १८ स्थानमध्ये सत्ताधारी नेकपाको १६ स्थानमा जित सुनिश्चित देखिन्छ । तर प्रतिपक्ष नेपाली कांग्रेसले ७ र समाजवादी पार्टीले एक स्थान गुमाउने देखिएको छ ।

अन्तर्राष्ट्रिय

अमेरिकामा सुरु भयो राष्ट्रिय जनगणना

८ माघ, काठमाडौं । अमेरिकामा हरेक १० वर्षमा हुँदै आएको जनगणना सुरु भएको छ । जनगणना २०२० को सुरुवात अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूक बेबाट जनगणना सुरु भएको हो । अमेरिकी जनगणना व्यूरोका प्रमुख स्टिभन डिलिङ्घमले टोक्सूक बेका आदिबासी नेता ९० वर्षका लिजी चिमिएक नेन्गुरिअरलाई भेटेर जनगणनाको औपचारिक सुरुवात गरेका हुन् । हेरक १० वर्षमा हुने जनगणना अन्तर्गत अधिकांश क्षेत्रमा मार्चको मध्यमा गणना हुनेछ । तर अलास्कामा भने चाँडै नै गणना सुरु हुन्छ । जनवरीमा अलास्कामा हिउँ जमेर मानिस हिँड्न मिल्ने भएका हुन्छ, त्यसैले यहि बेला गणना गरिन्छ ।

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top