cg electronics
nlic

दिनमा १६ घण्टा प्रचारमा व्यस्त गगन भन्छन्– पार्टी, युवा र महिला चुनाव जित्ने मेरा अस्त्र


Sunday, 12 Nov, 2017 11:44 AM
चुनावी प्रचार अभियान कसरी अघि बढिरहेको छ ?
करिब दुई हप्ताजति हाम्रो घरदैलो कार्यक्रम सञ्चालन हुन्छ । त्यसपछि बल्ल सभाको कार्यक्रम गर्छाैं । अहिले बिहानदेखि साँझसम्म घरदैलो कार्यक्रममै छौं । 

दिनमा कति घण्टा प्रचारमा बिताउनु हुन्छ ?
बिहान ६ देखि राति १० बजेसम्म १६ घण्टा चुनावी प्रचार अभियानमै खटिरहेको छु । 

घरदैलोलाई प्राथमिकता दिनु भएको छ कि आमसभालाई ?
फरक–फरक ठाउँमा फरक–फरक कुरा प्रभावकारी हुने रहेछ । जहाँ हामीले आफ्ना केही विषयलाई स्पष्ट पार्नुपर्ने हुन्छ ती ठाउँमा स–साना समूह बनाएर छलफल गर्नु नै प्रभावकारी देखियो । आमसभा त मैले एक–दुईवटा मात्रै गर्छु । सानो समूह बनाएर गरिने छलफलमा मतदाताले प्रश्न सोध्न पाउँछन् । उहाँहरुले के सोचिराख्नु भएको छ भन्ने मैले पनि थाहा पाउँछु । यस्तो तरिकाले मतदाताको मन बुझ्न र सही बाटो तय गर्न मलाई सजिलो हुन्छ । 

तपाईंले मतदातालाई दिएका आश्वासन के–के हुन् ? 
यो पटक मैले पाँचवटा विषय भनेको छु । पहिलो : दुःखसाथ आएको संविधान कार्यान्वयनमा समस्या पर्नु हुँदैन र मेरो प्रमुख प्रयास यसैमा हुनेछ । दोस्रो : अघिल्लो संसदमा मैले जनताको शिक्षा र स्वास्थ्यको अधिकारको लागि जुन लडाईं लडेँ, अब निरन्तरता दिन्छु । अझै बढ परिणाममुखी बनाउँछु । तेस्रो : म सांसदहरुको समूह नै बनाएर युवाहरुलाई नेपालमा नै रोजगारीको अवसर सिर्जना गर्न संसदलाई सरकारमाथि  निरन्तर दबाब सिर्जनाका लागि नेतृत्व गर्छु । चौंथो : काठमाडौं उपत्यकाका जतिपनि समस्याहरु छन्, ती कुनै टोल विशेषको समस्या होइन । काठमाडौंमा कुनै पूर्वाधार समयमा बनेन भनेर भनिरहँदा कुनै एक ठाउँको समस्या मात्र होइन, सिंगो ‘भ्याली’कै समस्या हो । त्यसैले मैले योभन्दाअघि सुरु गरेको ‘बस्न योग्य काठमाडौ’ को जुन अभियान छ, त्यसलाई निरन्तरता दिन्छु । पाँचौ : ४ नम्बर  क्षेत्रमा मैले विकास निर्माणका कामहरु सुरु गरेको छु । केही भर्खरै प्रारम्भ भएका छन् । केही बीचमा पुगेको छ । केही अधुरै छ । तुरुन्त टुंग्याउने पर्ने र केही नयाँ कुराहरु थप्नु पर्ने छ । म त्यसको छिनोफानो गर्छु । 

 मतदाताले तपाईंलाई सबैभन्दा धेरै सोध्ने प्रश्न र गर्ने गुनासो के हो ?
ठाउँ–ठाउँमा पूर्वाधारका विषयहरु जुन अहिले निर्माणाधिन छन्, त्यो अलि छिटो सम्पन्न भए हुन्थ्यो भन्ने छ । कतिपय ठाउँहरुमा असाध्यै साना गल्छेडाहरु छन्, हिँड्न मिल्ने बाटाहरु बनाउन पर्यो भन्ने पनि छ । थुप्रै ठाउँमा खानेपानीको समस्याहरु मतदाताले सुनाउँछन् । कतिले सुझावको रुपमा राख्नुहुन्छ । केहीले अझै बढि अग्रसरता लिनु पर्यो भन्नुहुन्छ । 

गगन थापालाई टक्कर दिने राजन भट्टराई भन्छन्– ‘व्यक्तिगत हिरोइजमको संसदमा केही काम छैन’

 चुनावी घोषणापत्रबारे मतदाताको कुनै जिज्ञासा पाउनु भएको छ ?
अहिलेसम्मको अन्तरक्रियाहरुमा पार्टीको घोषणापत्र वा पार्टीको मुल विषयमा खासै चासो देखाएर छलफल गरेको पाएको छैन । आफ्नै वरिपरि घुमेका विषयहरुमा मतदाताले चासो राखेको पाएको छु । 

मतदाताको पहिलो रोजाई पार्टी हुँदो रहेछ या उम्मेदवार ? के पाउनु भयो ?
काठमाडौंमा यो एकदम मिश्रित हुन्छ । पहिला पनि मेरो त्यो अनुभव छ । मत माग्न जाँदाखेरि केही मतदाताहरुले हामी बाजेको पालदेखि काँग्रेस हो भन्ने पनि हुनुहुन्छ । केहीले खुलेर भन्नुहुन्छ– तपाईँलाई नै दिने हो, पहिला पनि दिएको हो, अहिले पनि भोट दिन्छौं भन्नुहुन्छ । योभन्दा अघिल्लो पटक पनि मैले काँग्रेसबाहेक एमाले, माओवादी मतदाताको पनि ठूलो संख्यामा मत प्राप्त गरेको थिएँ । त्यसकारण यो एकदम मिश्रित हुन्छ । कसैले पार्टीको कारणले हाल्नुहुन्छ, कसैले व्यक्तिलाई हेरेर ।

मत माग्न जाँदा अन्य प्रतिस्पर्धी दल र उमेद्वारको आलोचना गर्नुहुन्छ या आफ्नै कुरा राख्नु हुन्छ ?
म आफ्नै कुराहरु नै राख्छु । मेरो एजेण्डा के छ, कसरी जाने भन्ने कुरा नै राख्छु । 


अन्य प्रतिस्पर्धीहरुको चुनावी प्रचारलाई कसरी हेर्नुभएको छ ? 
दुईटा कुरा छ । एउटा, मसँग प्रतिस्पर्धा गर्ने साथी पनि मसँगै संसदमा हुनुहुन्थ्यो । तर, अहिले प्रतिस्पर्धामा जाँदैगर्दा गएको चार बर्षमा म पनि सांसद थिएँ भन्ने कुराको जिम्मेवारी लिने सवाल पूर्णरुपमा अस्विकार गरेको पाउँछु । बिभिन्न सन्दर्भमा मैले राखेका कुराहरु, ४० मिनेटको मेरो एउटा उद्घाटन कार्यक्रमको ‘स्पिच’ थियो । त्यो ‘स्पिच’बाट कुन अंश चाहिएको हो त्यही अंश मात्रै तानेर मेराविरुद्ध भिडियोहरु बनाइएका छन् । तर, केही छैन चुनाव हो त्यसलाई मैले सहज रुपमै लिएको छु । 

सबै उमेद्वारहरुले चुनाव प्रचारप्रसार महंगो भयो भनेर गुनासो गरेको सुनिन्छ, यहाँलाई कस्तो लागिरहेको छ ? 
सायद म नेपालकै सबैभन्दा भाग्यमानी उम्मेदवार हुँला । अघिल्लोपटक पनि यस्तै थियो, अहिले पनि यस्तै छ । घरदैलोबाट आयौ, सबैजना आ–आफ्नो घरतिर खाना खान जानुभयो । आफ्नै गाडी चढेर आउनु भएको थियो । हामीले लिएर आएको भनेको झण्डा र घोषणापत्र मात्रै हो । एक रुपैयाँ पनि खर्च नगरिकन हाम्रो हरेक दिनको कार्यक्रम सम्पन्न हुन्छ । 

 चुनावी खर्च कसरी जुटाउनु भएको छ ?
हामी पोष्टर टाँग्दैनौं, गाडीमा माइकिङ गर्दैनौं । हामी र्याली  गर्दैनौ । घरदैलो गर्छौं । स–साना कार्यक्रम गर्छौं । सबैजसो ठाउँमा कि हामी घर गएर खाना खान्छौं, कि स्थानीय साथीले घरमै बोलाउनु हुन्छ । त्यसैले खर्चको कुनै जोहो गर्नु परेको छैन । 

१२.कुन तप्का र वर्गका मतदाताबाट यहाँलाई बढी आशा लागेको छ ?
त्यस्तो ‘स्पेसिफिक’ भन्ने छैन ।  सहरी मध्यम वर्गकै जमात भएको ठाउँ हो यो । तर, मेरो पुरानो अनुभवमा जाँदाखेरि त्यस्तो विशेष पाउँदिनँ । ‘रेन्ज’ फराकिलो छ । खासमा युवा साथीहरु मेरो ठूलो आधार हुन् । महिलाहरुको पनि उत्तिकै साथ छ । मेरो आफ्नो पुरानो अनुभवको आधारमा भन्दैछु, कतिपय ठाउँम श्रीमान् एउटा फरक पार्टीको मतदाता हुनुहुन्छ, तर परिवारका सदस्यहरुले मलाई मत हाल्नु भएको छ । त्यो मेरा ‘स्ट्रेन्थ’ हो । ‘इकोनोमिक क्लास’का आधारमा हेर्ने हो भने सबैतिर मेरा मतदाता छन् । 

१३. मुख्य प्रतिस्पर्धी कसलाई ठान्नु भएको छ ?
मुलतः अहिले नेकपा एमाले नै हो । योभन्दा पहिले पनि प्रतिस्पर्धा एमालेसँगै भएको थियो । यो ठाउँमा प्रतिस्पर्धा काँग्रेस र एमालेकै बीचमा हुने हो । 
१४. तपाईंको जितको आधार के हो ?
एउटा त म नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार हुँ । यो ठाउँमा प्रजातान्त्रिक बिचार राख्नेहरुको बहुलता छ । त्यो नै मुख्य आधार हो । दोस्रो, गएको चार बर्ष, संविधानसभाको सदस्य, यहाँको सांसद र मन्त्री भएर निर्वाह गरेको भूमिका मतदाताले हेर्ने हो । तेस्रो कुरा, मैले गरेको कामको आधारमा अबको  पाँच बर्ष संसदमा गएर जे काम गर्न खोज्दै छु । योभन्दा अघिल्लो पटक मैले काम गर्न खोज्दै गर्दा मप्रति एउटा आशा थियो, त्यसलाई प्रमाणित गरेको थिइनँ । अहिले त मैले चार बर्ष संसदमा काम गरेर आएको छु । मन्त्री भएर आएको छु । त्यो नै जित्ने आधार हुन्छ भन्नेमा विश्वस्त छु ।

यो पनि पढ्नुहोस् 
गगन थापालाई टक्कर दिने राजन भट्टराई भन्छन्– ‘व्यक्तिगत हिरोइजमको संसदमा केही काम छैन’


Ruslan

sponserworldcup

राजनीति

​नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

६ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने 

हेटौडामा जारी कांग्रेस भेलामा भाँडभैलो, केन्द्रिय सदस्यले धमाधम हेटौडा छाड्दै

६ असार हेटौडा । मकवानपुरको हेटौडामा जारी कांग्रेस जिल्ला सभापतिहरूको भेलामा सहभागी हुन पुगेका केन्द्रीय सदस्यहरू यता न उता भएका छन् ।  उनीहरूलाई भेलामा कसले र किन बोलाएको भन्ने स्पष्टन नभएपछि उनीहरूको बिचल्ली परेको हो । आफुहरूको भूमिका केही नभएको भन्दै धेरैजसो केन्द्रिय सदस्यहरूले हटौडा बाइबाइ भन्दै फर्पिसकेका छन् । भेलामा केन्द्रिय सदस्यहरूको कुनै भूमिका नदेखिएपछि नेताहरू धमाधम बाहिरिएका हु्न् । 

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

६ असार, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका हुन् । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका छन्। विभिन्न

अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top