huwai hospital
nlic

एक दशकपछि फेरी ‘गैंडा कूटनीति’ ! राजाहरुले दिन्थे उपहार


Friday, 13 Jul, 2018 9:47 AM
२९ असार, काठमाडौं । बिहिबार नेपाल सरकारले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनलाई एक जोडी गैंडा उपहारस्वरुप प्रदान गर्यो । राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका थिए । दुबै गैडा मंगलवार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो । सरकारले पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखेको छ । गैडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको अरु देशसँगको मित्रतालाई सुदृढ गर्दै लैजाने लक्ष रहेको बताए । नेपालका लागि चीनका राजदुत यु हङले गंैडाका लागि नेपालजस्तै चीनमा पनि अनुकुल वातावरण रहेको बताउदै उपहारमा प्राप्त गैंडालाई आफ्नै परिवारसरह पालनपोषण गरिने बताइन ।

तात्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ वैशाखमा पहिलोपटक नेपाल सरकारले एक जोडी गैंडा उपहार दिएको थियो । यसपछि सुरु भयो नेपालमा ‘गैंडा कूटनीति’। एक दशक अघिसम्म नेपालले नौवटा मुलुकलाई गैंडा उपहार दिएको थियो विभिन्न राजनीतिक घटनाक्रमका कारण एक दशक रोकिएको ‘गैंडा कूटनीति’ फेरि चर्चामा आएको छ । 
पछिल्लो पटक सन् २००६ मा तात्कालीन युवराज पारसले अस्ट्रिया सरकारलाई एक जोडी गैंडा उपहार दिएका थिए । त्यसपछि एक दशकसम्म गैंडा कूटनीतिमा पूर्वविराम लागेको थियो । वनमन्त्री शक्तिबहादुर बस्नेतले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्न गैंडा उपहार दिइएको बताए । ‘दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्नका लागि पनि हो,’ तात्कालीन वनमन्त्री अग्नीप्रसाद सापकोटा २०७३ सालमा चीन जाँदा चिनियाँ वनमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले गैंडा दिन आग्रह गरेका थिए ।
वन्यजन्तु उपहार दिन मिल्ने नमिल्नेबारे राष्ट्रिय कानुनमा कुनै पनि व्यवस्था छैन । वनस्पति तथा वन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) मा वैज्ञानिक र शैक्षिक प्रयोजनका लागि दिन मिल्ने व्यवस्था छ । नेपाल साइटिसको पक्ष राष्ट्र हो र यससम्बन्धी कानुन अझै बनेको छैन । कानुन मौन बसेकाले नै मन्त्रिपरिषद्ले गैंडा उपहार दिने निर्णय गरेको हो । उपहार पनि दुवै देशका वैज्ञानिक निकायले अध्ययन गरेको प्रतिवेदनका आधारमा दिइन्छ ।

बच्चाको स्वामित्व कसको ?
गैंडा विज्ञहरुले गैंडा दिएकोमा आपत्ति त जनाएका छैनन् । तर त्यसले जन्माएको बच्चाको स्वामित्व भने नेपालकै हुनुपर्ने तर्क गर्छन । यति मात्र नभई त्यसले दिने आम्दानीको केही अंशको अंशियार पनि नेपालले पाउनुपर्नेमा उनीहरुको जोड छ । तर सरकारले अहिले कूटनीतिक फाइदा मात्र हेरेको विज्ञहरु टिप्पणी गर्छन । ठूलो लगानी गरेर संरक्षण गरिएका जन्तु दिँदा प्रत्यक्ष फाइदा पनि हेर्नु पर्ने भन्दै अहिले परिवेश फेरिएकाले कूटनीतिले मात्र नपुग्ने उनीहरुको तर्क छ । 
यता पूर्व वनमन्त्री अग्नीप्रसाद सापकोटाले भने चीन सरकारले यसबापत भक्तपुरमा निर्माण गरिन लागेको प्राणी उद्यान, प्राणी अस्पताल र विधि विज्ञान प्रयोगशाला स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी उनले आफू मन्त्री हुँदा गरेको भ्रमणबाट फर्किएपछि चीनको वन मन्त्रालयले यसबाहेकका क्षेत्रमा पनि सहयोग गर्छौं भनेर इमेल गरेको बताए । इकोलोजिस्ट डा. महेश्वर ढकाल भन्छन, ‘छोरी दिँदा अभिभावकले ज्वाईंको योग्यता र क्षमता जसरी जाँच्छन, गैंडा दिँदा पनि त्यसैगरी त्यसको उपयुक्त वासस्थान र व्यवस्थापन क्षमता हेरिन्छ ।’

कसलाई कति गैंडा ? 
गैंडालाई संकटापन्न वन्यजन्तुको रूपमा साइटिसको अनुसूची १ मा राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (चौथो) संशोधनमा पनि यो दुर्लभ वन्यजन्तुको सूचीमा छ । नेपाल र भारतमा मात्र पाइने एकसिंगे गैंडा लोप भएपछि चीनले नेपालसँग दुई जोडी गैंडा मागेको हो । जसअन्तर्गगत पहिलो जोडी पठाइएको छ । 
चीन सरकारलाई आफ्ना देशका एक सिंगे गैंडा जोगाउन नसकेकोमा धेरै पश्चाताप छ । चीनको वैभवमा गैंडाको अनुपस्थित खड्किएको छ । त्यसो त गैंडाका लागि चीन सरकारले आफ्नो दूतावासमार्फत धेरै पहिलेदेखि नेपाल सरकारसँग आग्रह गरिरहेको थियो ।
सरकारले सबैभन्दा धेरै गैंडा अमेरिकालाई दिएको छ । अमेरिकाका विभिन्न चिडियाखानालाई गरेर तीन जोडी गैंडा विभिन्न समयमा उपहार दिइएको छ । चिडियाखानालाई प्रत्यक्ष रूपमा दिन नमिलेपछि सरकार–सरकारबीचको उपहारका रूपमा दिइएको हो । दक्षिणी छिमेक भारतलाई पनि दुई जोडी गैंडा दिइएको थियो । त्यसबापत सरकारले भारतबाट १८ वटा हात्ती ल्याएको थियो । ती हात्ती ल्याइएपछि चितवन राष्ट्रिय निकुञ्जमा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो । यद्यपि त्यतिबेला भारतबाट ल्याइएका हात्ती स्वस्थ नभएको चर्चा थियो । सरकारले अहिलेसम्म अमेरिकालाई ६, भारतलाई ४, अस्ट्रियालाई २, बेलायतलाई २, जापानलाई २, जर्मनीलाई २, पाकिस्तानलाई २, बर्मालाई २ र थाइल्यान्डलाई २ गरी २४ गैंडा दिइसकेको छ । तर, यसको विस्तृत विवरण र तिनको अवस्थाबारे सरकारका सरोकारवाला निकाय बेखबर छन् । 
गणतन्त्र आउनुपूर्व (२०६५ जेठ १५ अघि) राजालगायत राजदरबारका अन्य सदस्यले विभिन्न मुलुकसँग मित्रता गाँस्ने नाममा गैंडा उपहार दिन्थे । दरबारको निर्देशनमा महेन्द्र प्रकृति संरक्षण कोषले उपहारको सबै चाँजोपाँजो मिलाउँथ्यो । कोषको अध्यक्ष राजकुमार हुने व्यवस्था थियो । सन् २००६ अघि सम्म यसरी नै उपहार दिइँदै आइएको थियो 

नेपालमा कति छन् गैंडा ? 
पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४८ गैंडा छन् । तीमध्ये चितवनमा ६ सय ५, बर्दियामा ३५ र शुक्लाफाँटामा ८ वटा छन् । विश्वकै दुर्लभ एक सिंगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छ । दुई देशमा गरी यसको संख्या करिब २५ सय हाराहारीमा छ ।




Ruslan

ktm stell

ime

citizens bank

राजनीति

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति पुन

९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उनले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले 

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो 

प्रदेश नं १ : प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

८ फागुन, विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए । उनले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून 

अन्तर्राष्ट्रिय

भारतमा पाकिस्तानी कैदीको ढुङ्गाले हानेर हत्या

९ फागुन काठमाडौ । राजस्थानमा जयपुरको केन्द्रीय जेलका एक पाकिस्तानी बन्दी शकरुल्लाहको अन्य कैदीहरूले पीटीपीटी हत्या गरेका छन्। पाकिस्तानको सियालकोटका बासिन्दा शकरुल्लाह उक्त जेलमा जन्मकैद भोगिरहेका थिए। उनलाई जेलकै अन्य चार बन्दीले ढुङ्गाले हानेर हत्या गरेको आरोप लगाइएको छ। प्रहरीका अनुसार यो घटना बुधबार दिउसो भएको थियो। जयपुर प्रहरीका वरिष्ठ अधिकृत लक्ष्मण गौडले जेलको बाहिर जम्मा भएका पत्रकारसँग

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष

९ फागुन, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । बिहीबारको उक्त आदेशसँगै पुनरावेदन 

बांग्लादेशको राजधानी ढाकामा भिषण आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

९ फागुन काठमाडौं । बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेको हुँदा मृत्यु हुनेको संख्या बढ्ने बताइएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले  राति १० बजपछि आगो लागेको बताए । त्यहाँबाट १२ जनाको शव निकालिएको छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top