siddhartha

यस्तो रहेछ गाँजा र सेक्सबीचको सम्बन्ध


Sunday, 29 Oct, 2017 9:45 AM
यदि धुँवा छ भने आगो पनि पक्कै छ, यो भनाइको प्रयोग यसपटक गाँजा र सेक्सबीचको सम्बन्धका बारेमा बताउनका लागि गरिएको छ । एउटा अध्ययनका अनुसार गाँजा सेवन गर्नेहरु अन्य व्यक्तिको तुलनामा बढी सेक्स गर्ने गर्दछन् ।

अमेरिकामा स्टैनफर्ड युनिभर्सिटीको स्कुल अफ मेडिसिनका अध्ययनकर्ताहरुले गाँजा र सेक्सबीच सम्बन्ध खोज्ने प्रयास गरेका छन् । शुक्रबार प्रकाशित जर्नल अफ सेक्सुअल मेडिसिनमा सेक्सको आवृक्तिसँग जोडिएको यो खोजको नतिजाको जिकिर गरिएको छ । क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले २५ देखि ४५ वर्षका अमेरिकी नागरिकहरुमा सन् २००२ देखि सन् २०१५ को बिचमा गरिएको परीक्षणमा यो नतिजा आएको हो । यो परीक्षण नेशनल सर्वे अफ फ्यामिली ग्रोथले गरेको हो ।

सर्वेमा सहभागीहरुलाई उनीहरुले विगत १२ महिनामा कतिपटक गाँजाको धुँवा सेवन लिएर साथै यो पनि सोधिएको थियो कि विगत चार हप्तामा उनीहरुले कतिपटक विपरीत लिङ्गीसँग सेक्स गरे । दैनिक गाँजा सेवन गर्ने महिलाहरुले चार हप्तामा औषतः ७.१ पटक सेक्स गरेको बताए भने जुन महिलाले विगत एक वर्षमा गाँजा सेवन गरेका थिएनन् उनीहरुले औषत ६ पटक सेक्स गरेका थिए । यसरी नै पुरुषमा यो आँकडा गाँजा सेवन गर्नेमा ६.९ र सेवन नगर्नेमा ५.६ पटक थियो ।
 
स्टैनफर्डमा युरोलजीका प्रोफेसर माइकल आइजेनबर्ग पनि यो अध्ययन टोलीमा समावेश थिए । उनले भने–अर्को शब्दमा भन्ने हो भने गाँजाको प्रयोग गर्ने व्यक्ति अन्य व्यक्तिको तुलनामा २० प्रतिशत बढी सेक्स गर्दछन् ।

आइजेनबर्गका अनुसार औषतः जोडीहरु सातामा एकपटक सेक्स गर्दछन् र यसलाई यस हिसावमा हेर्ने हो भने हरेक वर्ष २० पटक सेक्स हुनेछ । आइजेनबर्गले भने–मेरो विचारमा यदि तपाई कुनै महिला वा पुरुषसँग सोध्नु हुन्छ भने २० पटक सेक्स भनेको धेरै हो ।

सामान्यतः मानिन्थ्यो कि अधिकांश जोडीले यौन सम्बन्धपछि गाँजा सेवन गर्ने गर्दछन् । तर, आइजेनबर्गका अनुसार अध्ययनमा यो ठिक उल्टो देखियो । यो सबै नश्ल, उमेर, शैक्षिकस्तर, आय, धर्म, स्वास्थ्य, विवाहित वा अविवाहित र सन्तान भएपछि वा नभइकन सबै स्थितिमा लागु हुने गर्दछ ।

अमेरिकाको २९ राज्इ र कोलम्ब्यिा जिल्लामा वयस्कका लागि मेडिकल र मनोरञ्जनका लागि गाँजाको प्रयोग कानुनी रुपमा वैध छ । गैलप पत्रिकाले गराएको एउटा सर्वेअनुसार अमेरिकामा करिब ६४ प्रतिशत नागरिक वयस्कका लागि ड्रग्स सेवन वैध गर्नुपर्ने मान्यता राख्दछन् । यद्यपि आइजेनबर्गले चेतावनी दिँदै भने–अध्ययनको नतिजाले यो कदापि भनेको छैन कि यदि तपाई बढी गाँजा सेवन गरेर बढी सेक्स गर्न सक्नुहुनेछ । एजेन्सी
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top