खेललाई व्यावसायिक बनाउने हो भने खेलकुद शिक्षाको व्यवस्था गरिनुपर्छ


Monday, 8 Aug, 2016 2:11 PM

अचुतम लामिछाने,खेलविज्ञ


तपाई त खेल विज्ञ हुनुहुन्छ, नेपालको खेलको अवस्थालाई कसरी नियाली रहनु भएको छ ? 

खेल मुख्यतया दुइ तरिकाले खेलिन्छ । औपचारीक र अनौपचारीक जुन एसउटा स्वास्थ्यको लागि र अर्को पेशागत रुपमै खोलाडी बन्नको लागि । खेलाडी बन्न , सोबाट आयआर्जन गर्ने शैक्षिक हिसाबबाट ज्ञान लिएर खेलिन्छ भने तयो औपचारीक हो र अर्को शैक्षिक हिसाबले नभई अनौपचारीक हिसावले  स्वास्थ्यको लागि मात्र खेलिन्छ भने त्यो अनौपचारिक भयो ।  नेपालमा शैक्षिक रुपले  खेलकुदलाई अगाडी बढाएको पाइदैन र जबसम्म शैक्षिक पाटोलाई वेवास्ता गरिन्छ तबसम्म नेपालमा  खेलकुद क्षेत्रको सन्तोषजनक विकास सम्भव छैन् । 

तपाइ आइसकेपछि सान ( स्पोर्टस साइन्स एकेडेमी अफ नेपाल ) शुरु भयो  कसरी गइरहनु भएको छ सान मार्फत

खेलकुद योजनामा शैक्षिक पृष्ठभुमिका मान्छे भएको तर  पुर्ण एकेडेमिक क्रियाकलाप गर्न नपाएकाले  पनि छोटो अवधिको कोर्ष बनाएका छौ । तालिम पनि सोही अनुसारको दिन्छौ एक महिना ,दुई महिना, ६ महिनाको । 

तपाइले पनि अनुभव गर्नुभएकै होला नेपालमा खेलकुद जगतमा आउने तर धेरै टिक्न नसक्ने किन भइरहेको छ ? 

वास्तवमै शैक्षिक हिसावले ज्ञान लिएर आएका खेलाडीहरु धेरै समयसम्म टिक्छन् । फेरी अर्को कुरा नेपालमा खेलाडी बनेर जीविकोपार्जन गर्न सक्ने अवस्था छैन् । दुबै कतार जानेहरुले नै महिनामा कम्तीमा ३० हजार जति बचाउँछन तर नेपालमा त्यस्तो छैन अझ भन्ने हो भने खेलकुद जगतमा । जो राष्ट्रिय स्तरको अन्र्तराष्ट्रिय स्तरको खेलाडी छ उसलाई ७ /८ हजार दरमा दिएको छ । जबसम्म शैक्षिक हिसाबले र आयस्रोतको हिसाबले खेल जगत बन्दैन तबसम्म आउने जाने प्रक्रिया रहन्छ । यसमा कुनै अचम्म मान्नुपर्ने अवस्था । 



तपाइले भनेजस्तै हाम्रा कोचहरु नै एकेडेमिक रुपले आएका हुदैनन् भने उनीहरुले सिकाउने खेलाडीबाट कस्तो अपेक्षा गर्ने त ? 

शैक्षिक क्रियाकलाप अन्र्तगत नै खेलकुद पनि विशुद्ध पाटो भएकाले यसलाई कसरी खेलाउने ,शारीरिक खेल खेल्दा कस्तो परिवर्तन आउनुपर्छ भन्ने कुराको ज्ञान प्राप्त भयो भने उसले पनि सहि खालको खेलाडी उत्पादन गर्न सक्छ । शैक्षिक ज्ञान नलिएको कोच राम्रो खेलाडी पनि बन्छ र उ कोच पनि हुन्छ उसले आफु जसरी खेलाडी भयो त्यसै अनुसारको खेलाडी बनाउन खोज्छ जुन मिल्न जादैन ।  किनभने हरेक  खेलाडीको बढी स्ट्रक्चरहरु फरक हुन्छ अर्थात स्पोर्टस पर्सनालिटी फरक फरक हुने  गर्छ त्यसलाई कुन तरिकाले सिकाउने भन्ने कुरा उसले ज्ञान राख्दैन र उसले कोच जिवनमा जे अनुभव गर्यो त्यही मात्र प्रयोग गर्न जान्छ ।
अनि यो बजारमा राखिएको  फ्रि साइजको कपडा जस्तो हुन्छ । जुन सबैलाई मिल्छ भनेर  लगिन्छ कोचले पनि आफुले पाएको ज्ञान सबैलाई मिल्छ भनेर अघि बढ्छ । उ आफु राम्रो खेलाडी भएपनि उसले आफ्नो कोच जीवनमा राम्रो खेलडी उत्पादन गर्न नसकेर असफल हुन्छ ।
 
खेल विज्ञानमा पहिलो शैक्षिक विज्ञ जसले मास्टर्ससम्म दक्षिण कोरियामा अध्ययन गर्यो र अहिले पिएचडी पनि त्यहिबाट गर्दै हुनुहुन्छ  कोरियाको र नेपालको खेल संस्कृतिमा कस्तो भिन्नता छ ? 

कोरियामा पनि १९८८ मा ओलम्पिक भयो त्यो भन्दा अगाडी सम्म त्यति धेरै राम्रो रुपले अगाडी बढेको थिएन यद्यपी अवार्ड भने धेरै ल्याइसकेको थियो । एसियन खेलहरु पनि खेलेका  कारणले गर्दा केही सुधार थियो  ।
खेलकुदमा कोरिया पुरुषभन्दा महिला बढी सक्रिय भएको देश हो । यहाँ महिलाहरु पनि स्वास्थयमा धेरै सुसुचित छन र उनीहरु खेलकुद जीवन जिउनका लागि आवाश्यक क्रियाकलाप हो भन्ने ठान्छन् । साँस्कृतिक हिसाबले पनि परम्परागत खेलकुदलाई जगेर्ना गर्दै  आएका छन् । तर हामी खेललाई स्वास्थ्यको लागि भन्दा पनि  जीविकोपार्जनको लागि सोच्ने भएकाले सबैले खेलकुद प्रति ध्यान दिदैनौ । विभिन्न खालको अभावले गर्दा  यो क्षेत्रलाई प्रोत्साहन गर्न सकएिन । 

उसो भए नेपालमा खेल क्षेत्रको समस्या समाधान गर्ने उपाय के त ?

पहिलो कुरा शैक्षिक हिसाबले हामी  खेलमा अघि बढ्नु जरुरी छ । हामीले खेलाडीलाई लगानी पनि गर्न सकेका छैनौ । एक दुइ हजारलाई राज्यले सिमित सुविधा दिएर पढ्ने वाताबरण बनाइदिनुपर्यो  । हरेक स्कुलमा अतिरिक्त सुविधा थप्नुपर्ने आवाश्यकता छ जुन खेल हो । एक जना शिक्षकलाई खेल शिक्षाको रुपमा राखिदिएर खेल शिक्षालाई अनिवार्यता प्रदान गरियो भने स्पोटर्स साइन्सलाई अन्य शिक्षा सँगै लगिदियो भने त्यहीबाट समस्या समाधान हुन्छ ।

खेलविज्ञलाई राज्यले के गरिदियोस भन्ने लाग्छ ? 

राज्यको हेर्ने दृष्टिकोण  र उपल्लो तहमा बसेका नै खेलकुदबारे राम्ररी जान्ने हुनुपर्छ । उहाँहरु आफैले बुझन सक्ने अवस्था नभएको बेला सम्मानको आश पनि त गर्नुभएन् । राज्यमा बिडम्बना नै  भनौ राजनीतिक हिसाबले खेलकुदको विकास सँग सँगै हुनुपर्ने हो त्यो छैन र  शिक्षामा जति लगानी गरिरहेका छौ अर्थात  स्वास्थ्यमा गर्ने लगानी शिक्षामा गरिने लगानीबाट केही छुट्याएर खेलकुदमा लगाउँदा व्यक्ति स्वस्थ बन्छ  नै । राम्रा खेलाडी उत्पादन हुन सहयोग पनि पुग्छ ।

प्रस्तुती तथा फोटो : गगन अर्याल



Nmc

bijuli

paicho

bussewa

राजनीति

​सल्यानमा १११ वटा मतदान केन्द्र तोक्न सिफारिस

१३ चैत, सल्यान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्द्र सिफारिस गरी पठाइएकोे छ । संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो । प्रमुख जिल्ला 

​मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन्– महासचिव पोख्रेल

१३ चैत, पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले देशमा राजनीतिक सङ्क्रमणको 

​सानेपामा कांग्रेसको बैठक जारी, केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले  २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रवास/अन्तर्राष्ट्रिय

​इराकको मोसुलमा हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु

१३ चैत, इराक । उत्तरी इराकको इस्लामिक स्टेट (आईएस) जिहादी समूहको प्रभाव क्षेत्र पश्चिम मोसुलमा सरकारी सुरक्षा कारबाहीका क्रममा पछिल्ला केही दिनमा दर्जनौँ सर्वसाधारणको समेत मृत्यु हुन पुगेको इराकी अधिकारीले शनिबार बताएका छन् । सेनाको हवाई आक्रमणमा मोसुल 

बंगलादेशमा दुई वटा बम विस्फोट, तीन जनाको मृत्यु

१३,चैत । बंगलादेशको शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । ज्यान जाने अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी 

अन्ततः ट्रम्प विधेयक फिर्ता लिन बाध्य, आफ्नै पार्टीका सिनेटरले समर्थन गरेनन्

१२,चैत ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिएका छन्। पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top